‘उद्योगी – व्यवसायी थुन्ने नीतिले ध्वस्त पार्दैछ अर्थतन्त्र’

काठमाडौं । सरकार  ‘निजी क्षेत्र अर्थतन्त्रको साझेदार हो। लगानी बढाउनुपर्छ, उद्योग विस्तार गर्नुपर्छ, रोजगारी सिर्जना गर्नुपर्छ र अर्थतन्त्रलाई गतिशील बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण’  भनिरहेको छ । तर, व्यवहारमा भने  सरकारले निजी क्षेत्रलाई साझेदारभन्दा शंका गर्दै त्रासको घेरामा राखिरहेको  देखिन्छ। अर्थतन्त्र उकास्न लगानीको वातावरण बनाउने दाबी गर्दै आएको सरकार नै उद्योगी- व्यवसायीलाई पक्राउ गर्ने, झन्झटिलो…

Read More

गभर्नर सिक्न आउने पद होइन, तीन वर्षे कार्यकाल उपयुक्त हुन्छ : सांसद भण्डारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद नीतिमा भण्डारीले नेपाल राष्ट्र बैंकका गभर्नरको नियमित कार्यकाल तीन वर्ष कायम गरी कार्यसम्पादनका आधारमा थप दुई वर्ष निरन्तरता दिन सकिने व्यवस्था उपयुक्त हुने बताएकी छन्। बुधबार बसेको प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदनमाथिको छलफलमा भण्डारीले यस्तो धारणा…

Read More

रेडक्रसमा विवाद चर्किँदा नेतृत्वमाथि सदनमै उठ्यो प्रश्न, छानविन गर्न सांसद राईको माग

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा देखिएको संस्थागत बेथिति, आन्तरिक विवाद र कार्यसमितिका निर्णयमाथि प्रश्न उठाउँदै सांसद निष्कल राईले वर्तमान नेतृत्वको भूमिका छानबिन गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले विपद् र आपत्का बेला नागरिकले सबैभन्दा पहिले सम्झने रेडक्रस आफैं संस्थागत संकटमा फसेको भन्दै नेतृत्वसँगै सम्बन्धित सरकारी निकायको भूमिकामाथि समेत प्रश्न उठाएका हुन्। “रगत…

Read More

सरकारी कर्मचारी र रेडक्रस नेतृत्वको किर्ते प्रकरण: राजेश देसेमरुले दिए अख्तियारमा उजुरी

काठमाडौं। नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद तथा पास प्रक्रियामा आफ्नो नाम जोडेर झुटा आरोप लगाइएको दाबी गर्दै राजेश देसेमरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । उनले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा आफूले दिएको बयानमा हस्ताक्षर गरेपछि अंक तथा व्यहोरा थपघट गरिएको दाबी गर्दै त्यसको फरेन्सिक परीक्षणसहित सम्बन्धित कर्मचारी तथा अन्य व्यक्तिमाथि छानबिन गर्न माग…

Read More

‘प्रधानमन्त्रीको सचिवालयमा छोरा छ’ भन्दै नियामकमाथि लामिछानेको दबाब, प्रभु बैंकमा मनपरी

काठमाडौं । प्रभु बैंककी लिमिटेडकी सञ्चालक अम्बिका शर्मा लामिछानेले प्रधानमन्त्री कार्यालयमा कार्यरत सुवास शर्मा आफ्नो छोरा भएको भन्दै नेपाल राष्ट्र बैंकका अधिकारीहरूमाथि प्रभाव पार्न खोजेको पाईएको छ । प्रधानमन्त्री कार्यालयमा बालेन शाहका स्वकीय सचिवका रूपमा कार्यरत सुवास शर्मा र लामिछानेका छोराको नाम एउटै भएको फाईदा उठाएर प्रभाव जमाउन खोजिएको राष्ट्र बैंक स्रोतले जनाएको छ। लामिछानेले…

Read More

रेडक्रसमा नेतृत्वको मनोमानी, कर्मचारीदेखि साझेदारसम्मै असन्तुष्ट

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको वर्तमान नेतृत्वको कार्यशैलीलाई लिएर संस्थाभित्र असन्तुष्टि चुलिएको छ। विशाल भण्डारी नेतृत्वमा आएपछि कार्यसमितिका निर्णय, प्रशासनिक गतिविधि, कर्मचारी व्यवस्थापन तथा साझेदार संस्थासँगको समन्वयमा विवाद बढ्दै गएको छ। प्राप्त जानकारीअनुसार कार्यसमितिका बैठक तथा महत्वपूर्ण निर्णयमा पर्याप्त संस्थागत प्रक्रिया र पारदर्शिता अपनाइएको छैन। बैठकबाट भएका कतिपय निर्णय सार्वजनिक गर्दा पनि समान मापदण्ड नअपनाइएको…

Read More

पूँजी बजार उकास्न नयाँ प्याकेज ल्याउने तयारी, लयमा फर्किएला त बजार ?

काठमाडौँ। विगत लामो समयदेखि दबाबमा रहेको नेपालको अर्थतन्त्रलाई भीषण हिमपहिरो र बाढीले थप समस्यामा धकेलेपछि सरकारले अर्थतन्त्र उकास्न पाँच मोर्चामा एकसाथ काम अघि बढाएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेको नेतृत्वमा पुँजी बजार सुधारदेखि निजी क्षेत्रको पुनरुत्थान, पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय स्रोत जुटाउने र वित्तीय प्रणाली सुधार्नेसम्मका विशेष योजना अघि सारिएका छन्। अहिलेको चुनौती केवल बाढी र पहिरोबाट…

Read More

रसुवा बाढीको असर उपभोग्य बजारसम्म, दसैँमा महँगी बढ्ने चिन्ता

काठमाडौं । यहि भदौ १० गते रसुवामा आएको बाढी र पहिरोका कारण काठमाडौं उपत्यकाको आपूर्ति शृङ्खला नराम्ररी प्रभावित भएको छ। पृथ्वी राजमार्ग अवरुद्ध हुँदा उपत्यका भित्रिने हजारौँ ट्रक तथा कन्टेनर बाटोमै रोकिएका छन्। चीनसँगको प्रमुख रसुवागढी नाका पनि बन्द रहेकाले आयात तथा व्यापारमा समेत असर परेको छ। बाढीका कारण भन्सार क्षेत्रमा रहेका कतिपय कन्टेनर र सामानसमेत…

Read More

भोटेकोशी बाढीको असर: बीमा कम्पनीहरूमा २५ अर्ब ८७ करोडको दाबी, कुनमा कति ? (सूचिसहित)

काठमाडौं । यहि भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण भएको क्षतिको हालसम्म २५ अर्ब रुपैयाँ भन्दा बढीको दाबी परेको छ । सोमबारसम्म विभिन्न १५ वटा निर्जीवन बीमा कम्पनीहरूमा ५८३ वटा बीमालेखबाट २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको हो । बीमा प्राधिकरणका अनुसार रकमका आधारमा दि ओरियन्टल इन्स्योरेन्समा…

Read More

एक बर्षमै राष्ट्र बैंकबाट बाहिरिए २ डेपुटी गभर्नर र ६ कार्यकारी निर्देशकसहित ३० जना अघिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट गत आर्थिक वर्ष गत आर्थिक वर्ष २०८२/८३ मा दुई डेपुटी गभर्नर, छ कार्यकारी निर्देशकसहित ३० जना कर्मचारी बाहिरिएका छन्। उमेरहद, सेवा अवधि र पदावधि पूरा भएपछि उनीहरू राष्ट्र बैंकबाट बाहिरिएका हुन्। गत आर्थिक वर्षमा राष्ट्र बैंकको उच्च व्यवस्थापन तहबाट मात्रै ८  जना बरिष्ठ अधिकारी बाहिरिएका छन्। डेपुटी गभर्नर डा. नीलम…

Read More

मार्जिन कारोबारलाई व्यवस्थित गर्दै धितोपत्र बोर्ड, नयाँ नियमावलीको मस्यौदामा राय–सुझाव माग

काठमाडौं। नेपाल धितोपत्र बोर्डले मार्जिन ऋण कारोबार सञ्चालनका लागि तयार पारेको मस्यौदा नियमावलीमा लगानीकर्ताले पाउने ऋणको सीमा र कुनै एक धितोपत्रमा लिन सकिने जोखिमको सीमा निर्धारण गर्ने विषयमा सार्वजनिक राय–सुझाव मागेको छ। बोर्डले ग्राहकगत तथा धितोपत्रगत ऋण सीमा कति तोक्ने भन्ने विषयलाई सरोकारवालाको सुझावका लागि खुला गरेको हो। बोर्डले सार्वजनिक गरेको ‘मार्जिन ऋण कारोबार नियमावली’को मस्यौदामा…

Read More

चालु आर्थिक वर्षको पहिलो ३४ दिनमा १ खर्ब राजस्व संकलन

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारले १ खर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। आर्थिक वर्षको पहिलो ३४औँ दिनसम्म सरकारको ढुकुटीमा १ खर्ब रुपैयाँ राजस्व जम्मा भएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार कुल राजस्वमध्ये भन्सार महसुलबाट १४ दशमलव ५५ प्रतिशत, अन्तःशुल्कबाट १५ दशमलव ४६ प्रतिशत र आयकरबाट २२…

Read More

‘व्यवसायीलाई अपराधी होइन, आर्थिक समृद्धिका साझेदार बनाऔँ’

काठमाडौँ। आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका अनिवार्य छ। तर, नेपालमा उद्यमी तथा व्यवसायीप्रतिको सामाजिक दृष्टिकोण विरोधाभासपूर्ण बन्दै गएको देखिन्छ। एकातिर मुलुकका रोजगारी सिर्जना, उत्पादन वृद्धि, विदेशी लगानी आकर्षण, करको दायरा विस्तार र पूर्वाधार विकासका लागि निजी क्षेत्रको पूँजी परिचालन अतिआवश्यक छ। अर्कोतिर, उद्यमी, सफल व्यवसायीप्रति शंका गर्ने र ठूलो सम्पत्तिलाई नै गलत कामको प्रमाणका…

Read More

लगानी बोर्डको सीईओ नियुक्तिमा नयाँ खुलासा: मापदण्ड नै याङकीअनुकूल बनाइएको आरोप

काठमाडौं । लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिबारे गम्भीर खुलासा भएको छ । उक्त पदका लागि आवेदन माग गरी खुल्ला प्रतिस्पर्धाको दाबी गरिएको भए पनि निश्चित व्यक्तिलाई अनुकूल हुने गरी मापदण्ड तयार पारिएको बिषय सार्वजनिक भएपछि सीइओ नियुक्ति प्रक्रियाको निष्पक्षता र पारदर्शितामाथि आलोचना सुरु भएको हो। सरकारले याङकी उक्यावलाई लगानी बोर्डको नयाँ सीईओ…

Read More

नेपाल टेलिभिजन खरिदमा अनियमितता पुष्टि, कारबाहीका लागि सिफारिस

काठमाडौं । नेपाल टेलिभिजनमा भएका उपकरण तथा सेवा खरिदमा अनियमितता, कानुनी त्रुटि र आर्थिक दायित्व सिर्जना भएको निष्कर्षसहित गठित छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ। सूचना तथा सञ्चार मन्त्रालयद्वारा गठित समितिले डिजिटल ट्रान्समिटर, अडियो–भिजुअल तथा ग्राफिक्स प्रणाली, प्लेआउट अटोमेसन र अनलाइन प्लेटफर्म खरिद प्रक्रियामा नियमविपरीत निर्णय, कानुनी त्रुटि तथा आर्थिक भार बढाउने प्रकृतिका काम भएको…

Read More

प्रभु बैंक नातावादको अखडा: डेपुटी सीईओ बन्दै संचालक अंगिरमानका ‘ज्वाईं’

काठमाडौं। प्रभु बैंक लिमिटेडले प्राइम कमर्सियल बैंक लिमिटेडका डेपुटी जनरल म्यानेजर प्रशान्त डंगोललाई डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) को महत्त्वपूर्ण पदमा नियुक्त गर्ने तयारी गरेको छ। बैंकिङ क्षेत्रबाट सेवा अवधि सकिनै लागेका कनिष्ठ कर्मचारीलाई बैंकको महत्वपूर्ण कार्यकारी जिम्मेवारीमा ल्याउने तयारी गरेको बिषयले बैंकभित्रै लामो समयदेखि योग्यता र क्षमताका बावजुत पनि नेतृत्वकै कारण चेपुवामा पर्दै…

Read More

सरकार अब हरेक दिन नागरिकलाई लखपति बनाउँदै, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख उपहार

काठमाडौं । सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउने भएको छ। सरकारको नयाँ कार्ययोजनाअनुसार अब मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका तथा एक सय रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिकहरू यो योजनामा सरिक हुन पाउनेछन्। अब आफूले १०० रुपैयाँभन्दा बढीको सामान किन्दा…

Read More

ज्योति विकास बैँकको बद्मासी: रोक्का जग्गा खुसुक्क बिक्री, सरिताले गुमाईन् झन्डै ७५ लाख रुपैयाँ

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको लापरवाही एवम्  मिलेमतोका कारण चौदण्डीगढी नगरपालिका निवासी सरिता कार्की ७४ लाख ७० हजार रुपैयाँ बराबरको ठगीको शिकार भएको तथ्य सार्वजनिक भएको छ। अदालतमा रोक्का भएको जग्गा समेत झुक्याएर तेस्रो पक्षलाई बिक्री गरिदिएपछि आँफुले पाउनु पर्ने लाखौँ रुपैयाँ गुमाएपछि कार्कीले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेकी छन् । घटना…

Read More

नयाँ सरकारको नीति पनि उस्तै: ऋणै लिने – खर्च धान्ने

काठमाडौँ । अदालत आदेश गर्ने, सरकार कार्यान्वयन नगर्ने ! सन्दर्भ राजश्व उठाउनका लागि अदालतबाट पटकपटक भएको आदेश र सरकारबाट नभएको कार्यान्वयनको हो । देशभरको तीन तहको अदालतले विभिन्न व्यक्ति तथा फर्मबाट लाखदेखि अर्बसम्म राजश्व उठाउन सरकारको नाममा आदेश जारी गरेको छ । जसको एउटा जल्दोबल्दो उदाहरण भाटभटेनी सुपरमार्केट नै हो । चार अर्ब ४५ करोड रुपैयाँ…

Read More

दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, कस्तो आउला आदेश ?

काठमाडाैँ । व्यवसायी दीपभ भट्ट, सुलभ अग्रवाल लगायतविरूद्धको सम्पत्ति शुद्धीकरण मुद्दामा थुनछेक बहस सकिएको छ। आज बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासमा बयान सकिएपछि सुरु भएको थुनछेक बहस भएको थियो। प्रतिवादी बनाइएका भट्टमाथि सम्पत्ति शुद्धीकरण वापत २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार, ५९ रुपैयाँ…

Read More