तीन हजारकाे सामान किनेकी सन्तमायाले जितिन् १० लाख रुपैयाँ
काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको पुरस्कार घोषणा गरिएको छ। यसअन्तर्गत नुवाकोटकी सन्तमाया तामाङले १० लाख रुपैयाँको पुरस्कार जितेकी छन्। काठमाडौंको न्युरोडस्थित विशाल बजार परिसरमा आइतबार आयोजित कार्यक्रममा पुरस्कार घोषणा गरिएको हो। एसएस फेन्सी हाउसबाट तीन हजार रुपैयाँको सामान खरिद गरेकी तामाङले १० लाख रुपैयाँको पुरस्कार जितेकी हुन्। पुरस्कार विजेता तामाङलाई…



