सहसचिव नारायण भट्ट सचिवमा बढुवा
काठमाडौँ। सरकारले सहसचिव नारायण भट्टलाई सचिव पदमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बढुवा गर्दै कोशी प्रदेशको मुख्यसचिवका रूपमा पदस्थापन गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
काठमाडौँ। सरकारले सहसचिव नारायण भट्टलाई सचिव पदमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बढुवा गर्दै कोशी प्रदेशको मुख्यसचिवका रूपमा पदस्थापन गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
काठमाडौं । मन्त्रिपरिषद् बैठकका मुख्य ७ वटा निर्णयहरू सार्वजनिक गरिएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकका मुख्य निर्णयहरू सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय एसियाली विकास बैंकबाट भोटेकोशी बाढी प्रभावित जनताको जीवनरक्षा तथा तत्कालीन आपतकालीन उद्धार तथा राहत कार्यका…
काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले घटनाको १३औँ दिनको पुण्यतिथिमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। उनका अनुसार सो दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा…
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज दिउसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा रसुवा बाढी र सरकारका नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबाट भएको क्षति तथा सरकारले गरिरहेको उद्धार, राहत र पुनःस्थापनाका कामबारे जानकारी गराएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा समय माग गरेर प्रधानमन्त्री शाहले भोटेकोशी बाढीपछि सरकारले गरेका कामकारबाहीबारे विस्तृत जानकारी गराएका हुन्। उनले बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सरकारले तत्कालै विभिन्न संयन्त्र परिचालन गरेको जानकारी…
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको बीमा दाबीको भुक्तानी सरल र सहज बनाउन निर्देशन दिएका छन्। रसुवा बाढीका कारण भएको क्षतिपछिको बीमा दाबीको अवस्था तथा यसको सरल भुक्तानी प्रक्रियाको सन्दर्भमा सोमबार बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा भएको उच्चस्तरीय छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। “बाढीका कारण देश शोकमा छ। यो कठिन अवस्थामा…
काठमाडौँ । नेपालमा गत भदौ १० गते आएको भीषण बाढी र पहिरोका कारण ठुलो जनधनको क्षति भइरहेका बेला छिमेकी मुलुक चीनले एक सनसनीपूर्ण खुलासा गरेको छ । चीनले नेपालमा आएको प्राकृतिक विपत्तिबारे घटना हुनुभन्दा १२ दिनअघि नै चेतावनी दिएको दावी गरेको हो । बाढी र प्राकृतिक प्रकोपको समयमा आवश्यक तथ्याङ्क तथा पूर्वसूचना साझा नगरेको भन्दै…
काठमाडौं । रसुवा जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाले करिब ३० अर्ब रुपैयाँ बराबरको सहयोग प्रतिबद्धता जनाएका छन्। बाढीपछि सरकारले गरेको आह्वानसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी तथा विदेशी निकायबाट ठूलो परिमाणमा आर्थिक तथा प्राविधिक सहयोगको प्रतिबद्धता आएको हो। विश्व बैंकले मात्रै करिब २५ अर्ब रुपैयाँसम्म सहयोग…
ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए। कांग्रेसले सरकारले राहत तथा उद्धार कार्यलाई थप तीव्र बनाउनुपर्नेमा जोड दिएको छ। विशेषगरी सुरुङमा फसेका नागरिकको उद्धारलाई प्राथमिकतामा राख्दै खोज तथा उद्धारलाई परिणाममुखी…
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित पाँच जिल्लामा खोज, उद्धार र तत्काल राहत कार्यलाई प्रभावकारी बनाउन प्रभावित १५ वटा स्थानीय तहलाई विपद् व्यवस्थापन कोषबाट सरकारले रकम उपलव्ध गराइएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको भदौ ११ गते निर्णयअनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका प्रभावित पालिकामा ६ करोड ७५ लाख रकम प्राधिकरणका कार्यकारी…
काठमाडौँ । भोटेकोशी बाढी प्रभावितहरूको उद्धार तथा राहतका लागि प्रधानमन्त्री राहत कोषमा ५ अर्ब रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का अनुसार विभिन्न ९ वटा वाणिज्य बैंकका खाताहरूमा हालसम्म ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भइसकेको छ। यसबाहेक हिमालयन र लक्ष्मी बैंकका खातामा थप १८ लाख…
काठमाडौं । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । यस्ता छन् मन्त्रिपरिषद् बैठकक निर्णय नेपाल–चीन सीमा रसुवागढी एवं भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लाहरूमा क्षति पुगेका व्यक्ति तथा व्यवसायिक संस्थाका लागि सहुलियत तथा पुनर्स्थापना…
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पहिलो ६ घण्टामै २७ करोड ३३ लाख रुपैयाँ बराबर रकम संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार सबैभन्दा धेरै गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ सहयोग गरेको छ । कुमारी बैंकले ३ करोड प्रदान गरेको छ । एनसेलले १ करोड रुपैयाँ प्रदान गरेको अर्थ मन्त्रालयले जनाएको छ । एनआईसी…
सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीबाट ३ जना महिला मन्त्री नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा मिलन खड्का, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कल्याणी खड्का र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा जुम्कित लामा नियुक्त भएका हुन् । यी ३ वटै समानुपातिक कोटाबाट सांसद बनेका हुन् ।
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य कुसुम थापाले शेर बहादुर देउवा समूहका नेता दीपक खड्कालाई पैसा छ भन्दैमा अदालतका कर्मचारीदेखि श्रीमानसम्म मिलाएको छु भन्दै नहिँड्न चेतावनी दिएकी छन्। कांग्रेसको आधिकारिकताका बिषयमा देखिएको विवादमा पूर्वसभापति शेरबहादुर देउवाको तर्फबाट सर्वोच्चमा मुद्दा लैजान भूमिका खेलेका खड्काले महाधिवेशन रोक्न समेत अदालतसम्मै साँठगाँठ मिलाइसेको भन्दै गरेको बृफिङ्गलाई लिएर थापाले यस्तो…
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जनभन्दा बढी स्टार्टअपहरूसँग छलफल गर्दै छन् । बबजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको आयोजनामा यो छलफल हुन लागेको हो । छलफल अर्थ मन्त्रालयको सभाहलमा केहीबेरपछि सुरु हुँदैछ । छलफलमा मुख्यतया सूचना प्रविधि क्षेत्रको विकासमा सरकारले बजेटमार्फत लिएको नीति, यसको प्रभावकारी कार्यान्वयन, युवा उद्यमीहरूले…
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेशसभामा सोमबार भएको मतदानमा मुख्यमन्त्री कार्कीको पक्षमा ५७ मत परेको हो । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रदेशसभा सदस्यले उनको पक्षमा मतदान गरेका थिए । कोशी प्रदेशसभामा नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ जना प्रदेशसभा सदस्य छन् । दुवै दलका…
काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले सरकार र नीति निर्माण तहमा लघुवित्त क्षेत्रलाई बुझ्ने क्षमताको चरम अभाव रहेको बताएका छन् । शुक्रबार ‘लघुवित्त क्षेत्रको पुनर्संरचनाः नीति, चुनौती र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले अर्थ मन्त्रालयलाई राजस्व उठाउने र ठूला आयोजनामा बजेट विनियोजन गर्ने मात्र ‘टेन्सन’ हुने गरेको भन्दै लघुवित्त क्षेत्र…
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दामा जमानत बसिदिएका डा. मनोहर प्रधानलाई पार्टीको महत्त्वपूर्ण पद अर्थात् कोषाध्यक्ष बनाएका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकबाट सभापति रवि लामिछानेले प्रधानलाई कोषाध्यक्ष पदमा मनोनीत गरेका हुन् । बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन मुद्दामा प्रधानले लामिछानेलाई थुनामुक्त गर्न ३० लाख रुपैयाँ जमानत…
काठमाडौँ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले बैंक छाडेको दुई वर्षसम्म नेपाल राष्ट्र बैंकको गभर्नर पदमा नियुक्ति लिन नपाउने भएका छन्। प्रतिनिधिसभाको अर्थ समितिले शुक्रबार यस्तो व्यवस्था गरेको हो । विधेयकको दफा २१ (ग) संशोधन गर्दै यस्तो व्यवस्था गरिएको छ । समितिबाट पारित उक्त दफामा गभर्नर बन्ने अयोग्यतामा भनिएको छ, ‘वाणिज्य बैंक तथा…