आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले नै पाउछौँ : शेरबहादुर
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी विधानअनुसार विशेष महाधिवेशन बोलाउन सदस्यहरूको सनाखत अनिवार्य रहेको बताएका छन्। बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै देउवाले आधिकारिक रूपमा सदस्यको पहिचान नगरी नामावलीका आधारमा मात्रै विशेष महाधिवेशन बोलाउन नमिल्ने बताएका हुन्। पार्टी सभापतिलाई जानकारी नै नदिई विशेष महाधिवेशन आह्वान गर्न नसकिने उनको भनाइ छ। पार्टी विधानमा…




