सुदूरपश्चिम प्रदेशले मध्यरातमा ल्यायो ३७ अर्बको बजेट, प्रतिपक्षी दलद्वारा बहिस्कार

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । सोमबार बेलुका ५ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएको भए पनि सत्तारुढ दल नेकपा एमालेले नै बजेटमा असन्तुष्टि जनाउँदा बैठक मध्यान्ह राति सम्म धकेलिएको थियो । आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले…

Read More

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, पुरानै योजना प्राथमिकतामा ( पूर्णपाठ)

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कर्णाली ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको छ । कर्णाली सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट चालु आर्थिक वर्षको तुलनामा ७.२८ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको…

Read More

चालु आर्थिक वर्षको ११ महिनामा पुँजीगत खर्च ३२.५३ प्रतिशत मात्रै, पुरानै प्रवृतिको पुनरावृत्ति

काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिना बितिसक्दा पनि सरकारको पुँजीगत खर्च लक्ष्यको एकतिहाइभन्दा कममा सीमित देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार ११ महिनामा केवल ३२.५३ प्रतिशत अर्थात् एक खर्ब ३२ अर्ब ६६ करोड रुपैयाँ मात्रै पुँजीगत खर्च भएको छ, जबकि यस वर्ष चार खर्ब सात अर्ब ८८ करोड रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखिएको…

Read More

कसले चुहायो इभीमा कर बढ्ने गोप्य सूचना, छानविनको दायरा आउलान् त अर्थमन्त्री ?

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटअघि विद्युतीय सवारी (ईभी) मा भन्सार दर बढ्ने सूचना व्यापारीसम्म पुगेको आशंकापछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिनको माग उठेको छ। बजेटअघि ठूलो संख्यामा ईभीको भन्सार प्रक्रिया सम्पन्न गरिएको विषय सार्वजनिक भएपछि करसम्बन्धी गोप्य सूचना चुहिएको हुन सक्ने भन्दै राजनीतिक तथा प्रशासनिक वृत्तमा प्रश्न उठ्न थालेका छन्। यसै सन्दर्भमा नेकपा एमालेका…

Read More

राइड सेयरिङ अब करको दायरामा : कालो नम्बर प्लेट अनिवार्य, भ्याट र आयकर लागू

काठमाडौं। अन्ततः नेपाल सरकारले राइड सेयरिङ सेवालाई औपचारिक नियमन तथा करको दायरामा ल्याउने निर्णय गरेको छ। आर्थिक विधेयक २०८३ मार्फत यस क्षेत्रमा नयाँ कर संरचना र दर्ता व्यवस्था लागू गरिएको हो। नयाँ व्यवस्थाअनुसार राइड सेयरिङ सेवामा प्रयोग हुने सवारीसाधनका लागि अब छुट्टै कालो नम्बर प्लेट अनिवार्य गरिएको छ। साथै, यस्ता सेवामा ५ प्रतिशत मूल्य अभिवृद्धि…

Read More

आगामी आर्थिक वर्षको बजेट: एक्काइस खर्ब २४ अर्ब

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्। घोषित बजेटअनुसार पूँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ विनियोजन गरिएको छ भने वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ छुट्याइएको छ। त्यस्तै चालु खर्चतर्फ सबैभन्दा ठूलो हिस्सा १२ खर्ब ७० अर्ब रुपैयाँ विनियोजन…

Read More

बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट पारित गर्न सरकारले आज मन्त्रिपरिषद् बैठक बोलाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ः३० बजे बस्ने बैठकले आगामी आर्थिक वर्षको आय–व्यय विवरण (बजेट) स्वीकृत गर्ने तयारी गरिएको हो । अर्थमन्त्री स्वर्णिम वाग्लेले आज दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने…

Read More

४५ सार्वजनिक संस्थानमा सरकारी लगानी झण्डै ८ खर्ब: १६ वटा घाटामा, दुईवटा बन्द

काठमाडौं।  सार्वजनिक संस्थानहरूको समग्र अवस्था अझै मिश्रित देखिएको छ। सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ अनुसार ४५ संस्थानमध्ये २७ वटा संस्थान मात्र नाफामा देखिएका छन्। जसमध्ये  १६ वटा घाटामा छन् भने दुई संस्थान पूर्ण रूपमा बन्द अवस्थामा रहेका छन्। कमजोर व्यवस्थापन, राजनीतिक हस्तक्षेप र संरचनात्मक समस्याले धेरै संस्थान अझै चुनौतीपूर्ण अवस्थामा…

Read More

मानव अधिकार आयोगले भन्यो- ‘टीओबी’ समूहले विद्यार्थीलाई मानव ढाल बनाएर संसद्‍ भवनमा आक्रमण गर्न लगाए

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले २०८२ भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा तिब्बतीय ओरिजिनल ब्लड (टीओबी) समूहले घुसपैठ गरेर हिंसा भड्काएको निष्कर्ष निकालेको छ। आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार भदौ २३ गते सुरु भएको शान्तिपूर्ण प्रदर्शनलाई टीओबी समूहले कब्जा गरेर हिंसात्मक बनाएको उल्लेख गरिएको छ। आयोगले ‘टीओबी’ नामक बाइकर समूहले आन्दोलनकारी विद्यार्थीहरूलाई मानव…

Read More

सरकारसँग बैंकर्स संघको माग: दश लाखसम्मको आम्दानीमा कर छुट, बैंकको आयकर २५ प्रतिशत

काठमाडौं । नेपाल बैंकर्स संघले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने बैंकिङ क्षेत्रका विभिन्न सुझावहरू सरकारलाई बुझाएको छ। संघले बैंकिङ प्रणालीलाई थप सबल बनाउन करका दर परिमार्जन र प्रशासनिक झन्झट हटाउन माग गरेको छ। करको दर घटाउने विषयमा संघले संस्थागत र व्यक्तिगत दुवैतर्फ राहतको अपेक्षा गरेको छ। बैंक तथा वित्तीय संस्थालाई लाग्दै आएको ३० प्रतिशतको…

Read More

नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता, कुन- कुन प्रावधान हुँदैछन् परिमार्जन ?

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त र प्रभावकारी बनाउने उद्देश्यसहित नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा दर्ता गरेको छ । अर्थ मन्त्रालयले सोमबार प्रतिनिधिसभामा दर्ता गरेको उक्त विधेयकमा केन्द्रीय बैङ्कको भूमिका, संरचना, नियामकीय अधिकार, डिजिटल वित्तीय प्रणाली तथा वित्तीय स्थायित्वसँग सम्बन्धित प्रावधानमा व्यापक संशोधन प्रस्ताव गरिएको छ ।…

Read More

निर्जीवन बीमा कम्पनीको दाबी भुक्तानी झन्डै २० अर्ब नजिक, कुन इन्स्योरेन्सले कति बुझाए ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म नेपालका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले कुल १९ अर्ब ८० करोड ९० लाख रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेका छन्। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १९.९१ प्रतिशतले बढी हो। समिक्षा अवधिमा  सबैभन्दा धेरै दाबी भुक्तानी गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ।…

Read More

पिताम्बर खड्का मृत्यु प्रकरण: पक्राउ परेनन् अभियुक्त, परिवारलाई करोडौं अफर, श्रीमतीलाई जागिरको प्रलोभन

झापा। झापाको दमकस्थित चारआलीमा रहेको ग्लोबल आइएमई बैंकका शाखा प्रमुख पिताम्बर खड्काको मृत्यु प्रकरणले गम्भीर मोड लिएको छ।खड्काको मृत्युपछि सार्वजनिक भएका विवरण र जाहेरीका आधारमा घटनामा आर्थिक चलखेल र दबाबको प्रयास भएको आरोप लागेको छ। खड्काले मृत्यु अघि बैंकका सीइओ सुरेन्द्र कुमार रेग्मीसहितका उच्च अधिकारीहरूको तस्बीर सार्वाजनिक गर्दै फेसबुकमा स्टाटस लेखेको र त्यसको केही घण्टामै…

Read More

हजारौँ हेक्टर सार्वजनिक जग्गामा चन्द्रागिरी हिल्सको मनपरी, ढकालमाथि सत्ताको आशीर्वाद कहिलेसम्म ?

काठमाडौं। कहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त कहिले शेरबहादुर देउवा र प्रचण्डसम्मलाई हातमा लिई आफू अनुकूल काम गराउँदै आएका बागलुङ्गका व्यापारी चन्द्र प्रसाद ढकाल यतिबेला निकै चर्चामा छन् । निजी क्षेत्रका व्यवसायीमाथि धमाधम अनुसन्धान भइरहँदा अझै भनौँ सार्वजनिक जग्गा कब्जा गरेको भन्दै देशभर सुकुम्बासीका टहरा भत्काई रहँदा देशभरका सार्वजनिक जग्गा कौडीको भाउमा हडपेर…

Read More

दीपक भट्टलाई जबर्जस्ती दोषी देखाउन बनेका थिए प्रतिवेदन, किन भगाइयो मुख्य कसूर गर्ने ब्रोकर ?

काठमाडौं। फौजदारी न्यायशास्त्रको सिद्धान्त विपरित व्यवसायी दीपक भट्टलाई व्यक्तिकेन्द्रित अध्ययन प्रतिवेदनको भरमा थुनामा राखेको पाइएको छ । भट्टलाई नै जबर्जस्ती दोषी प्रमाणीत गर्ने हेतुले तयार पारिएको नेपाल धितोपत्र बोर्डको व्यक्तिकेन्द्रित प्रतिवेदनले बिना आधार फौजदारी मुद्दा चलाउन सिफारिस गर्दा उनको न्यायिक हक पनि हनन भएको छ। क्रिमिनल ज्युरिसप्रुडेन्स (फौजदारी न्यायशास्त्र) का अनुसार कसुरदार प्रमाणित नभएसम्म कोही…

Read More

‘राष्ट्र बैंकका नेतृत्व नियुक्तिमा राजनितिक हस्तक्षेप नहोस्’

काठमाडौं । देशको मौद्रिक स्थायित्व, वित्तीय अनुशासन र बैंकिङ प्रणालीको सुदृढीकरणको महत्वपूर्ण जिम्मेवारी बोकेको नेपाल राष्ट्र बैंकका दुई जिम्मेवार पद रिक्त छन्। नियामकिया निकायका दुई महत्वपूर्ण डेपुटी गभर्नर पद लामो समयदेखि रिक्त रहदा यसबाट प्रशासनिक कामकारबाहीसँगै नीतिगत निर्णय प्रक्रियामा समेत अन्यौलता छ। राष्ट्र बैंक जस्तो संवेदनशील निकायमा शिर्ष नेतृत्व नै लामो समय खाली रहनु राज्यको प्राथमिकतामै…

Read More

भ्रष्टाचारविरुद्ध कडाइ: १५ दिनमै उच्चस्तरीय सम्पत्ति छानबिन समिति, डिजिटल एसेट रजिस्ट्री पनि ल्याइने

काठमाडौं । सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची सार्वजनिक गर्दै कडा कदम अघि सारेको छ। कार्यसूचीअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत १५ दिनभित्र उच्चस्तरीय सम्पत्ति छानबिन समिति गठन गरिनेछ। समितिले आवश्यक कागजात संकलन, विश्लेषण तथा सिफारिस गर्ने अधिकार पाउनेछ। पहिलो चरणमा २०६२/६३ सालपछि सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी…

Read More

यस्तो छ आजका विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा तोकिएको छ ।   Currency Unit Buy Sell INR  (Indian Rupee) 100 160.00 160.15 USD  (U.S. Dollar) 1 151.41 152.01 EUR  (European Euro)…

Read More

नेप्सेमा चन्द्रागिरि हिल्स र अपर हेवाखोला हाइड्रोको बोनस सेयर सूचीकृत

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। अपर हेवाखोला हाइड्रोको १५ प्रतिशत र चन्द्रागिरि हिल्सको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। अपर हेवाखोलाको ७ लाख ५० हजार कित्ता र चन्द्रागिरि हिल्सको ७ लाख ६७ हजार ४५ दशमलव ५० कित्ता बोनस सेयर सूचीकृत भएको हो। अपर हेवाखोलाको गत पुस…

Read More

दोदा नदीमा १२ वर्षपछि बल्ल बन्यो पुल, तीनपटक म्याद थप

कञ्चनपुर। कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने दोदा नदीको पुल सम्झौता भएको १२ वर्षपछि निर्माण सम्पन्न भएको छ। पुल निमार्णका लागि २०७२ पुस २६ गते लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार पुल निर्माणको काम २०७५ पुस २६ मा सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता गरेको १२ वर्षपछि पुल निर्माण सम्पन्न भएको डिभिजन…

Read More