सरकारसँग सहमति भएपछि घर फर्किए लघुवित्त पीडित

काठमाढौं । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आज आ—आफ्नो घर फर्किएका छन् । नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबिच हिजो भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएसँगै धर्ना कार्यक्रम स्थगित भएको हो । सहमति पश्चात् आज बिहान ८ः५० बजेदेखि सरकारले साझा यातायातका बसहरूको व्यवस्था…

Read More

लघुवित्तलाई सरकारले बुझेन, अर्थ मन्त्रालयलाई राजस्व र ठूला आयोजनाको मात्र ‘टेन्सन’ : पूर्वउपाध्यक्ष डा. श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले सरकार र नीति निर्माण तहमा लघुवित्त क्षेत्रलाई बुझ्ने क्षमताको चरम अभाव रहेको बताएका छन् । शुक्रबार ‘लघुवित्त क्षेत्रको पुनर्संरचनाः नीति, चुनौती र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले अर्थ मन्त्रालयलाई राजस्व उठाउने र ठूला आयोजनामा बजेट विनियोजन गर्ने मात्र ‘टेन्सन’ हुने गरेको भन्दै लघुवित्त क्षेत्र…

Read More

स्वस्तिक लघुवित्तले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी भदौ २७ गते बोलाएको सातौं वार्षिक साधारणसभामा हकप्रद शेयर निष्कासनसम्बन्धी प्रस्ताव पेस गर्ने भएको हो । कम्पनीले नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ । हकप्रद…

Read More

सिवाईसी नेपाल लघुवित्तका अध्यक्ष शर्माले दिए राजीनामा

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष पद्मनाथ शर्माले पदबाट राजीनामा दिएका छन् । संस्थाको मंगलबार बसेको १८२औँ सञ्चालक समितिको बैठकले शर्माको राजीनामा स्वीकृत गर्ने निर्णय समेत गरेको छ । शर्माले आफ्नो पारिवारिक एवम् स्वास्थ्य अवस्थाको कारण देखाउँदै स्वेच्छाले पदबाट राजीनामा दिएका हुन् । उनले सोमबार संस्था समक्ष राजीनामा पत्र पेश गरेका थिए…

Read More

फरवार्ड माइक्रोफाइनान्सको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितीको निर्णयअनुसार सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो । लघुवित्तको सम्पूर्ण धितोपत्र सम्बन्धी अभिलेखा राख्ने, सेयर अभौतिकीकरण गर्ने, नामसारी लगायतका कार्यहरु सिद्धार्थ क्यापिटलमार्फत हुनेछन् ।  

Read More

सरकारले सहमति तत्काल कार्यान्वयन नगरे थप सशक्त आन्दोलन गर्ने लघुवित्त पीडितको चेतावनी

काठमाडौं । नेपाल सरकारसँग भएको ७ बुँदे सहमति सकारात्मक भएको लघुवित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन नेपालले जनाएको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले सहमति कार्यान्वयन नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएको छ । संयुक्त जनअधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्ग नविनले सहमति सकारात्मक भए पनि सरकारले कार्यान्वयन…

Read More

सिवाईसी नेपाल लघुवित्तका कर्मचारीमाथि १ करोड ३० लाख हिनामिनाको आरोप

काठमाडौं । खत्याड गाउँपालिका–४ माथिचौरस्थित सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रचण्ड शाखामा कार्यरत कर्मचारीहरूले बचतकर्ताको नाममा कीर्ते कागजात तयार गरी करीब १ करोड ३० लाख ७६ हजार रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । शाखाका ९८ जना बचतकर्ताको नाममा ऋण देखाउने, मुद्दति तथा व्यक्तिगत बचत खातामा रहेको रकम निकाल्ने र संस्थामा आबद्ध नै नभएका…

Read More

सपोर्ट लघुवित्तको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिको २ करोड ७० लाख रुपैयाँको तुलनामा नाफा १८१.३६ प्रतिशतले बढेको हो। समीक्षा अवधिमा लघुवित्तले १८ करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा…

Read More

लघुवित्त पीडित र सरकारबीच भएको सहमतिबारे भ्रम नफैलाउन समितिको अपिल

काठमाडौं । मनिराम ज्ञवाली नेतृत्वको लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले सरकारसँग साउन १५ गते भएको ५ बुँदे सहमतिविरुद्ध आएको गलत प्रचारको खण्डन गरेको छ । मंगलबार काठमाडौंमा समितिले पत्रकार सम्मेलनको आयोजना गरी अस्पतालमा रहेका आफ्ना अध्यक्ष मनिराम ज्ञवालीप्रतिको आरोपमाथि गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ । समितिका संरक्षक अगस्त अधिकारीले पाँच वर्षको…

Read More

लघुवित्त पीडित भन्छन् : ऋण तिर्न तीनवटा ट्याक्टर बेचिसकें, अब त बाँच्नै मन छैन

काठमाडौं । लघुवित्त पीडितहरूले आफ्नो माग राख्दै माइतीघर मण्डलामा सुरु गरेको सामूहिक आमरण अनसन शुक्रबार पनि जारी छ । ‘लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति’ को नेतृत्वमा मंगलबारदेखि काठमाडौंको माइतीघर मण्डलामा सुरु भएको सामूहिक आमरण अनसन शुक्रबार पनि जारी रहेको हो । यसैगरी, अनसन रहेका रुपन्देही क्षेत्र नम्वर ४ घर भएका एक पीडितले लघुवित्त…

Read More

लघुवित्त पीडितको आमरण अनशन, पाँचबुँदे माग तत्काल सम्बोधन गर्न आग्रह

काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन २ औँ दिनमा पुगेको छ । काठमाडौंकाे माइतीघरमा जारी आन्दोलनमार्फत समितिले सामाजिक न्यायको माग गर्दै सरकारसमक्ष पाँचबुँदे माग अघि सारेको छ । आन्दोलनकारीले सर्वोच्च अदालतबाट जारी परमादेशअनुसार लघुवित्त पीडितसँग सम्बन्धित तीनबुँदे प्रतिवेदन असहमतिसहित तत्काल कार्यान्वयन गर्न माग गरेका छन्…

Read More

सूर्योदय वोमी लघुवित्तको ३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले ३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। संस्थाका संस्थापक शेयरधनी मनोज बस्नेतले आफ्नो स्वामित्वमा रहेको उक्त शेयर बिक्री गर्न निवेदन दिएपछि संस्थाले बिक्री प्रक्रिया अघि बढाएको हो। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थाकै अन्य संस्थापक शेयरधनीलाई दिनुपर्ने व्यवस्था रहेको छ। सोहीअनुसार इच्छुक…

Read More

५ लघुवित्तलाई राष्ट्र बैंकले गर्यो शीघ्र सुधारात्मक कारवाही, सिइओ र सञ्चालकलाई गरायो सचेत !

काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच लघुवित्त वित्तीय संस्थामाथि शीघ्र सुधारात्मक कारवाही गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा न्यूनतम पूँजीकोष अनुपात कायम नगरेको भन्दै राष्ट्र बैंकले पाँच लघुवित्त वित्तीय संस्थालाई शीघ्र सुधारात्मक कारवाही गरेको हो । कारबाहीमा आरम्भ चौतारी, गणपति, सामुदायिक, नेरुडे मिर्मिरे र सीवाईसी लघुवित्त वित्तीय संस्था परेका छन्। राष्ट्र बैंकका अनुसार…

Read More

लघुवित्तको औसत निष्क्रिय कर्जा १०.७१ प्रतिशत, नाफामा ठूलो असमानता

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्मको अस्थायी वित्तीय विवरण सार्वजनिक गर्दै लघुवित्त वित्तीय संस्थाहरूको नाफा र वित्तीय स्वास्थ्यमा ठूलो असमानता रहेको जनाएको छ। राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका ५१ लघुवित्त संस्थाको कुल कर्जा लगानी ५२७ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। कुल निक्षेप २२३ अर्ब १६ करोड र सापटी…

Read More

नेपाल फाइनान्सको संस्थापक सेयर लिलाम बिक्री खुला

काठमाडौं। नेपाल फाइनान्सले हकप्रद सेयर निष्कासनपछि बाँकी रहेको ६ लाख ३२ हजार ९७१ कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ। सेयरमा जेठ २९ देखि असार १२ गतेसम्म आवेदन दिन सकिनेछ। प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ भने इच्छुक लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य उल्लेख गरी बोलकबोल गर्नुपर्नेछ। सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।

Read More

लघुवित्त पीडितको सरकारसँग ७ बुँदे माग, सम्बोधन नभए असारदेखि सडक तताउने उद्घोष

काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालद्वारा ७ बुँदे माग सम्बोधन नगरे असार दोस्रो हप्ताबाट आन्दोलन गर्ने जनाएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गरी अबको संघर्ष राष्ट्र बैंक विरुद्ध केन्द्रीत हुनेसमेत जनाएको छ । आन्दोलनका अध्यक्ष रमेश सेन्चुरीले लामो समयसम्म लड्दा पनि सरकारले वित्तीय पीडितका मागहरु सम्बोधन नगरेकाले आफूहरुले नयाँ आन्दोलनका कार्यक्रम…

Read More

अभियान लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ। जेठ २२ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। यसका साथै सो बैठकले सोही बमोजिम स्वीकृतिका लागि गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ। २०७९ असोजदेखि दोस्रो बजारमा कारोबार आएको यस लघुवित्तले हालसम्म…

Read More

महिला लघुवित्तको साढे ८४ हजार कित्ता सेयर बिक्रीमा, मूल्य प्रतिकित्ता ५१५ रुपैयाँ

काठमाडौं। महिला लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको ८४ हजार ५३७ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री खुलाएको छ। यो सेयरमा जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्ने कम्पनीले जनाएको छ। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५१५ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा…

Read More

सपोर्ट लघुवित्तको बोनश शेयरधनीहरुको डिम्याट खातामा जम्मा

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर सम्बन्धित शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको छ । संस्थाले गत पुस ३० गते सम्पन्न एघारौं वार्षिक साधारणसभाबाट पारित गरेको ९.५ प्रतिशत बोनस सेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो । उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत तथा दर्ता भई…

Read More

फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः चौधरी

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १३औं वार्षिक साधारण सभाले भगबती चौधरीलाई अध्यक्ष पदमा पुनः नियुक्त गरेको छ । संस्थाकी संस्थापक अध्यक्ष समेत रहेकी चौधरीलाई पुनः अध्यक्ष पदमा निर्विरोध चयन गरिएको हो । ग्रामिण अर्थतन्त्र, महिला सशक्तिकरण, युवा सशक्तिकरण र स्वरोजगारका मुद्दाहरुलाई अगाडी बढाउँदै समाजसेवा तथा वित्तीय क्षेत्रमा सक्रिय चौधरीलाई नेपाल राष्ट्र बैंकका निर्देशक…

Read More