एलपी ग्यासमा २१६ र डिजेल-मट्टितेलमा २९ रुपैयाँ घाटा खाएर बेच्दै निगम
काठमाडौं — नेपाल आयल निगमले दुई साताभित्र दोस्रो पटक इन्धनको मूल्य बढाएको छ। निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको हो। यसअघि चैत १ गते पेट्रोलमा १५ र डिजेल/मट्टितेलमा १० रुपैयाँ बढाइएको थियो। भारतबाट बढेर आएको खरिद मूल्य समायोजन गर्दै मूल्य वृद्धि गरिएको निगमले जनाएको छ। निगमका अनुसार हाल…



