१६ सिटर विद्युतीय मिनिबस ‘म्याक्सस ई–डेलिभर ५’ सार्वजनिक, मूल्य कति?

काठमाडौं । नेपालका लागि म्याक्ससको आधिकारिक आयातकर्ता तथा वितरक हिमालय अर्गनाइजेसनअन्तर्गतको हिमालय मोटोक्स प्रालिले प्रिमियम सुविधासहितको १६ सिट क्षमताको विद्युतीय मिनिबस ‘म्याक्सस ई–डेलिभर ५’नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको यस गाडीको नेपाली बजार मूल्य ६९ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ। उक्त नयाँ मिनिबसलाई हिमालय अर्गनाइजेसनका…

Read More

एनआईसी एसियाका ग्राहकले ५.९९ प्रतिशत ब्याजमै बीएमडब्लू गाडी किन्न पाउने

काठमाडौं । एनआईसी एसिया बैंक र लक्ष्मी प्रिमियम मोटर्सबीच बीएमडब्लू ब्रान्डका सवारीसाधन खरिदमा बैंकका ग्राहकलाई सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउने समझदारी भएको छ। समझदारीपत्रमा एनआईसी एसिया बैंकका चिफ बिजनेस अफिसर, रिटेल बिजनेस अमित केसी र लक्ष्मी प्रिमियम मोटर्सका डिलर सेल्स प्रमुख प्रबोध श्रेष्ठले हस्ताक्षर गरेका छन्। समझदारीअनुसार बैंकका ग्राहकले बीएमडब्लू ब्रान्डका सवारीसाधन खरिद गर्दा औसत आधार…

Read More

दुबईमा सम्पन्न टिभिएस मोटरको आफ्टर सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस मोटर कम्पनीको आफ्टर सेल्स सम्मेलनमा दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ । उक्त सम्मेलनमा टिभिएस मोटरका विभिन्न देशका अन्तर्राष्ट्रिय वितरकहरूको सहभागिता रहेको थियो । सम्मेलनमा ‘बियन्ड बोर्डर्स’ ले जगदम्बा मोटर्सलाई ‘ओभरअल सर्भिस बेस्ट पर्फर्मेन्स’…

Read More

भाटभटेनीमा चाडपर्वको बम्पर अफर, किनमेलसँगै २ टाटा पन्च ईभी जित्ने मौका

काठमाडौं। नेपालीहरूको सबैभन्दा ठूलो चाडपर्वको मौसम सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ । दशैं, तिहार हुँदै छठसम्म चल्ने यही उत्सवको माहोललाई अझ विशेष बनाउन देशकै ठूलो सुपरमार्केट भाटभटेनी र नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले ग्राहकहरूका लागि आकर्षक योजना सार्वजनिक गरेका छन् । यसपटक भाटभटेनीमा चाडपर्वको किनमेल गर्दा सामान मात्रै…

Read More

जगदम्बा मोटर्सद्वारा बुटवलमा अपाचे रेसिङ क्वालिफायर्स सम्पन्न: १६० सीसी वर्गबाट तीन फाइनलिस्ट छनोट

काठमाडाैं । नेपालका लागि दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले तिलोत्तमास्थित गौराङ्ग ट्रयाक सेन्टरमा अपाचे रेसिङ क्वालिफायर्सको बुटवल चरण भव्य रूपमा सम्पन्न गरेको छ। बुटवल क्षेत्रका लागि टीभीएसको आधिकारिक डिलर बालाजी अटोमोबाइल्ससँगको सहकार्यमा आयोजित उक्त प्रतियोगितामा सो क्षेत्रका उदीयमान चालक, खेलप्रेमी तथा नवप्रवेशी प्रतियोगीहरूले व्यावसायिक प्रशिक्षणका साथै प्रतिस्पर्धात्मक खेलमा दिनभर सहभागिता जनाएका थिए।…

Read More

बीवाईडीको डिलर इको ड्राइभको कारोबार बढ्यो, नाफा मार्जिन भने झन् खुम्चियो

काठमाडौं । बीवाईडीको आधिकारिक डिलर इको ड्राइभ अटोमोबाइल्स प्रालिको कारोबार केही बढे पनि त्यसअनुसार नाफा बढ्न सकेको छैन । विद्युतीय सवारीसाधनको बजार विस्तार र बिक्री संख्या बढिरहेका बेला कम्पनीको सञ्चालन नाफा मार्जिन भने लगातार घट्दै गएपछि प्रतिस्पर्धा, मूल्य दबाब र वित्तीय लागतको असर देखिएको हो । कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०८१/८२ को ९७ करोड…

Read More

चाडपर्वअघि सवारी दर्तामा चाप, यातायात कार्यालयमा जनशक्ति थप्न नाडाको माग

काठमाडौं । चाडपर्व नजिकिएसँगै सवारी साधन दर्ताको चाप बढेपछि यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीले भोग्नुपरेका समस्या समाधान गर्न नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पहल थालेको छ। नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेट गरी सवारी दर्तामा देखिएका समस्याबारे छलफल गरेको हो। नाडाले सीमित जनशक्तिका कारण यातायात व्यवस्था कार्यालयमा सवारी…

Read More

सुजुकीको दसैं–तिहार अफर : नयाँ बाइक तथा स्कुटरमा १ लाखसम्म छुट

काठमाडौं। सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रालिले दसैं–तिहारलाई लक्षित गर्दै नयाँ पर्वीय योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘उत्सव नयाँ, राइड नयाँ’ योजना ल्याउँदै सुजुकीका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई नगद छुट, एक्सचेन्ज बोनस तथा विभिन्न फाइनान्सिङ सुविधा उपलब्ध गराउने जनाएको छ। योजनाअन्तर्गत ग्राहकले नयाँ सुजुकी मोटरसाइकल वा स्कुटर खरिद…

Read More

एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहसँग भेट गरी एजेन्सी दर्तासम्बन्धी नियमले अटोमोबाइल व्यवसायमा पारेको प्रभावबारे छलफल गरेको छ। नाइमाले एजेन्सी दर्ता गर्दा वा नयाँ वस्तु थप्दा कम्पनीको पुँजीको ०।५ प्रतिशत धरौटी बुझाउनुपर्ने व्यवस्था र नियममा ‘वस्तु’को परिभाषा स्पष्ट नभएको विषयमा मन्त्रीको ध्यानाकर्षण…

Read More

रसुवा बाढीको प्रभाव: दसैँको मुखमै सुस्तायो ईभी बजार, सवारी साधनको व्यापार सङ्कटमा

काठमाडौं । अटोमोबाइल व्यवसायीका लागि दसैँ–तिहार वर्षकै सबैभन्दा ठूलो व्यापारिक सिजन हो। यही समयमा सवारीसाधनको माग बढ्ने र व्यवसायीले ठूलो कारोबार गर्ने गर्छन्। तर पछिल्ला केही वर्षयता मुख्य सिजनमै प्राकृतिक विपत्ति, आन्दोलन र सडक अवरोध झेल्दै आएको अटो बजार यसपटक पनि भोटेकोशी बाढी र पहिरोको चपेटामा परेको छ। भदौमा नाडा अटो शोमार्फत बजारमा चहलपहल बढाउने…

Read More

टोयोटा वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटद्धारा विपद् राहत कोषमा ३ करोड सहयोग

काठमाडौं । नेपालमा टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस)ले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ। टोयोटा मोटर एसिया (टीएमए) र टोयोटा सुशो एसिया प्यासिफिक (टीटीएपी) को सहयोगमा यूटीएसले उक्त रकम कोषमा जम्मा गरेको हो। बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित समुदायको…

Read More

अटोमोबाइल उद्योगका अनुभवी मेघराज पौडेललाई एफएनसीसीआईको यातायात समितिमा जिम्मेवारी

काठमाडौं। अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनयन गरिएको छ। एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य लिलेन्द्र प्रसाद प्रधानको सभापतित्वमा गठित यातायात तथा पारवहन समितिको उपसभापतिमा पौडेललाई मनोनयन गरेको हो। महासंघले यातायात तथा पारवहन क्षेत्रका चुनौती समाधान, व्यापार सहजीकरण तथा महासंघका कार्यक्रमलाई प्रभावकारी बनाउन पौडेलको…

Read More

बीवाईडीको ब्रेक र स्टेरिङमा गम्भीर समस्या, १ लाख ८३ हजारभन्दा बढी गाडी बजारबाट फिर्ता

काठमाडौं । चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) निर्माता कम्पनी बीवाईडीका गाडीमा ब्रेक र स्टेरिङमा गम्भीर समस्या देखिएको छ । ब्रेक पेडलमा प्रयोग गरिएको एक महत्वपूर्ण सामग्री  खिइने, फुट्ने वा भाँचिने जोखिम देखिएपछि कम्पनीले एक लाख ८३ हजारभन्दा बढी गाडी बजारबाट फिर्ता बोलाउने भएको छ । चीनको बजार नियमनकारी निकायले सुरक्षा जोखिम औंल्याएपछि बीवाईडीले प्रभावित गाडी फिर्ता…

Read More

गुडिरहेको ‘आयोन ईभी’ गाडीमा एक्कासी आगलागी, चालकको मृत्यु

काठमाडौं । चितवनमा गुडिरहेको विद्युतीय कारमा शुक्रबार बिहान एक्कासि आगलागी हुँदा चालकको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१२ बसन्तचोकनजिक पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा चलिरहेको बा.प्र.०१–०३० च ५५७९ नम्बरको आयोन ईभीमा बिहान करिब ६ बजे आगो लागेको हो। आगलागीमा भरतपुर–१२ पाल्पोटका करिब ५६ वर्षीय अमर पराजुलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दमकलले आगो नियन्त्रणमा…

Read More

कोहलपुरबाट छुटेको ‘फोटोन ईभी’ गुड्दागुड्दै जल्यो, भ्यान पूर्ण क्षतिग्रस्त (तस्बिरहरु)

काठमाडौं । बिहानको समय थियो। कोहलपुरबाट कैलालीतर्फ एउटा ‘फोटोन ईभी’ भ्यान आफ्नो गन्तव्यतर्फ अघि बढिरहेको थियो। बर्दियाको बारबर्दिया नगरपालिका–७ रम्मापुरस्थित पाँच नम्बर चोक नजिक पुग्दासम्म यात्रा सामान्य थियो। तर, महेन्द्र राजमार्गमै  गुड्दागुड्दै एक्कासी गाडीमा आगो लाग्यो।भ्यान जलेर खरानी हुँदा पूर्ण क्षतिग्रस्त बन्यो। यो आज आइतबार बिहान करिब ६ः५० बजे भएको घटना हो।  सु.प.प्र. ०१–००२ ज…

Read More

नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री, प्रधानमन्त्री दैवी प्रकोप कोषमा १० लाख सहयोग

काठमाडौं । नुवाकोट, टिमुरे र रसुवामा भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले राहत सामग्री उपलब्ध गराएको छ। नाडाका कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणि पाठकको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय नुवाकोटसँगको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालयमा राहत सामग्री हस्तान्तरण गरेको हो। बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई…

Read More

सांसद चढेको ‘बीवाईडी एटो ३’ भयानक दुर्घटनामा, ‘ब्रेक लागेन, स्टेयरिङ लक भयो’ (भिडियोसहित)

काठमाडौं । झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद प्रकाश पाठक झापाबाट काठमाडौं आउँदै थिए । साथमा थिए झापाकै दुई सांसदसहित ४ जना । यात्रा सहज रूपमै अघि बढिरहेको थियो । तर, सिन्धुलीको कमलामाई नगरपालिकास्थित भीमानतर्फ आइपुग्दा केही सेकेन्डमै यात्रा भयावह दुर्घटनामा परिणत भयो। गाडी थियो– सईमेक्स इंकको बीवाईडी एटो ३ु  सवारी चालक लक्ष्मण पोखरेल…

Read More

प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग

काठमाडौं । मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाललाई करीब दुई लाख रिङ्गिट बराबरको ड्रोन सहयोग उपलब्ध गराएको छ । हालै रसुवास्थित भोटेकोसीमा आएको बाढी र त्यसबाट प्रभावित नेपालको मानवीय तथा विपद् व्यवस्थापनमा सहयोग पुगोस भन्ने हेतुले उक्त ड्रोन नेपाल सरकारलाई सहयोग गरेको हो । विपद्का बेला प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन तथा उद्धार र राहत कार्यलाई…

Read More

न्यान्सी अटोमोबाइल्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौँ। न्यान्सी अटोमोबाइल्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता भएको छ। प्रभु बैंकका कर्मचारी तथा परिवारजनहरु, प्रभु बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्स प्रालि बीच सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो। उक्त सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा परिवारजनहरु, प्रभु बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकहरुले…

Read More

रसुवा बाढी पीडितका लागि नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौं। रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नानेपाल अटोमोबाइल इमपोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले ५० लाख रुपैयाँ सहयोग गरेको छ। नाइमाको पूर्वनिर्णयअनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो। रकम हस्तान्तरण कार्यक्रममा नाइमा अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा…

Read More