उद्योगको विद्युत् लागत घटाउन खुला पहुँचको बाटो खुल्दै

काठमाडौं । उद्योग धन्दाहरुले जलविद्युत् आयोजनामा गरेको लगानीलाई आफ्नै विद्युत् खपतसँग जोडेर लागत घटाउन सक्ने व्यवस्था कार्यान्वयनको तयारी अघि बढेको छ । विद्युत् नियमन आयोगले खुला पहुँचमार्फत विद्युत् उपयोग गर्न चाहने उद्योगका लागि छुट्टै मापदण्ड प्रस्ताव गरेपछि उद्योगले विद्युत् आपूर्तिका वैकल्पिक स्रोत उपयोग गर्ने बाटो खुल्ने भएको हो । आयोगले तयार पारेको क्याप्टिभ विद्युत् उत्पादन…

Read More

वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न २७ वटा व्यापारिक फर्म तथा उद्योगहरूमा अनुगमन तथा निरीक्षण गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम सोमबार गरिएको अनुगमनका क्रममा कैफियत भेटिएका ३ वटा फर्मलाई जरिवाना गरिएको छ भने ३ वटालाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ…

Read More

जनकपुर चुरोट कारखानाको डीडीए सम्पन्न, लिन- दिन भए २१ दिनभित्र दाबी गर्न आग्रह

काठमाडौँ । सरकारी स्वामित्वको जनकपुर चुरोट कारखाना लिमिटेडले आफ्नो बक्यौता तथा दायित्व फरफारक गर्ने प्रक्रिया अघि बढाउँदै सरोकारवालालाई २१ दिनभित्र प्रमाणसहित दाबी पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको कारखानाले सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) सम्पन्न भएपछि बाँकी हिसाबकिताब मिलान गर्न यस्तो सूचना निकालेको हो। मन्त्रिपरिषद्ले २०८२ वैशाख १५…

Read More

काठमाडौं उपत्यकाका ६ स्थानबाट आइतबारदेखि ग्यास बिक्री तथा सिलिन्डर साटफेर हुने

काठमाडौं । काठमाडौं उपत्यकाका उपभोक्ताको सहजताका लागि आउँदो आइतबार (असोज २५ गते) देखि ६ वटा विभिन्न स्थानबाट एलपी ग्यासको विशेष बिक्री वितरण तथा सिलिन्डर साटफेर हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले ३१ असोज शनिबारसम्म लागु हुने गरी हरेक दिन बिहान ९:३० बजेदेखि अपरान्ह ४:३० बजेसम्मका लागि उपत्यकाका विभिन्न ६ स्थानमा यस्तो व्यवस्था मिलाएको…

Read More

भरतपुरका पोलमा ‘एक्सट्रीम’ को मनपरी, सम्झौताविपरीत झुन्ड्याइएका बोर्ड हटाउन सिडियोको निर्देशन

काठमाडौं । सार्वजनिक सडकका बत्तीका पोललाई विज्ञापनको माध्यम बनाउँदै मनपरी प्रचार सामग्री झुन्ड्याउन थालेपछि एक्सट्रीम इनर्जी ड्रिंक्समाथि भरतपुर महानगरपालिकाले हस्तक्षेप गरेको छ। महानगरपालिकासँग भएको सम्झौताविपरीत डिजिटल बोर्ड राख्नुपर्ने ठाउँमा नन डिजिटल बोर्ड र फ्लेक्स जथाभावी झुन्ड्याएपछि महानगरले त्यस्ता सामग्री तत्काल हटाउन निर्देशन दिएको हो। भरतपुर महानगरपालिकाका अनुसार सडक बत्तीका पोलमा विज्ञापन सामग्री राख्न २०८३ जेठ…

Read More

सरकारले महिला उद्यमीलाई दुई लाखसम्मको प्रविधि सहयोग गर्ने

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले महिला उद्यमीलाई प्रविधि सहयोग उपलब्ध गराउने भएको छ। मन्त्रालयले एकल महिला उद्यमीलाई दुई लाख रुपैयाँसम्म र महिला उद्यमी समूहलाई तीन लाख रुपैयाँसम्मको प्रविधि सहयोग उपलब्ध गराउने व्यवस्था गरेको हो। महिला उद्यमशीलता विकास, वित्तीय पहुँच, टेवा पुँजी तथा प्रविधि सहयोगमार्फत महिला उद्यमी तथा उद्यमी…

Read More

संकटमा मुलुकः राजस्व संकलन ठप्प, वैदेशिक ऋण, अनुदान र रेमिट्यान्सको बाटो पनि बन्द हुने खतरा बढ्यो

नेपाल सम्पत्ति शुद्धिकरणको ग्रे लिष्टमा परेको २२ महिना बितेको छ । ०८१ फागुन ९ गते यो लिष्टमा परेकोमा आगामी दुई महिना –माघ) भित्र नहटे मुलुक सम्पत्ति शुद्धिकरणको ब्ल्याकलिष्टमा जानेछ । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठन भएको पनि छ महिना पूरा भएको छ । झण्डै दुई तिहाई जनादेशसहितको शक्तिशाली सरकारले न मुलुकलाई ग्रे लिष्टबाट हटाउन…

Read More

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, के – के समेटिए ?

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय परिस्थितिका कारण निर्माण सामग्रीको मूल्यमा असामान्य वृद्धि भएपछि सार्वजनिक निर्माण आयोजनाका लागि विशेष मूल्य समायोजनको व्यवस्था लागू गर्ने निर्णय गरेको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को उपदफा (१क) बमोजिम सरकारले यस्तो निर्णय गरेको हो। अन्तर्राष्ट्रिय युद्ध तथा आपूर्ति शृंखलामा आएको अवरोधका कारण पेट्रोलियम पदार्थ, बिटुमिन, एचडीपीई पाइप, सिमेन्ट…

Read More

उद्योगमन्त्री साह भन्छन् – ग्यास सरकारको नियन्त्रणमा छैन

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति अन्तर्राष्ट्रिय परिस्थितिमा निर्भर रहेकाले यसको विकल्प खोज्न नेपालले तत्कालै पहल गर्नुपर्ने बताएका छन्। सोमबार संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री साहले रुस–युक्रेन तथा मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व बजारमा इन्धनको आपूर्ति र मूल्यमा अस्थिरता देखिएको बताए।…

Read More

निजी क्षेत्रको माग – अनुदान होइन, लगानीको विश्वासिलो वातावरण बनाइदेउ सरकार

बुटवल । अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रले अनुदानभन्दा नीतिगत स्थिरता र लगानीको विश्वासिलो वातावरण आवश्यक रहेकोमा जोड दिएको छ । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अगुवाइमा शनिबार बुटवलमा आयोजित नेपाल चेम्बर अफ कमर्सको नेतृत्वसँगको संवाद कार्यक्रममा उद्योगी–व्यवसायीले बैंक तथा वित्तीय संस्थाको ब्याजदर सहज बनाउन, लगानीको सुरक्षा सुनिश्चित गर्न र व्यवसाय सञ्चालनमा राज्यका निकायबाट सहजीकरण…

Read More

भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत अवरुद्ध : काठमाडौंको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेर ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएपछि सरकार वैकल्पिक व्यवस्थापनमा जुटेको छ । बाढीले त्रिशुली करिडोरबाट काठमाडौँको बालाजु र चपलीमा आउने रोकिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक व्यवस्थानको गृहकार्य अगाडि बढाएको हो । भोटेकोशी बाढीले त्रिशुली करिडोरबाट आउने विद्युत अवरुद्ध भएपछि…

Read More

शौर्य सिमेन्टद्वारा सिरहाका ४०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सिरहा । शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत सिरहाको कर्जन्हा र मिर्चैया नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ४०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। स्थानीय समुदायको शैक्षिक विकासमा टेवा पुर्‍याउने तथा विद्यार्थीहरूको पठनपाठन सहज बनाउने उद्देश्यले आयोजित यस कार्यक्रमबाट कर्जन्हा र मिर्चैयाका ९ वटा विद्यालयका विद्यार्थीहरू लाभान्वित भएका छन्। सामग्री प्राप्त गर्ने…

Read More

काठमाडौंका चार खाद्य उद्योगमाथि कारबाही, ४ लाखभन्दा बढीका अखाद्य सामग्री नष्ट

काठमाडौं । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमन र निरीक्षण कार्यलाई तीव्र बनाएको छ । यसै क्रममा २०८३ असोज ६ गते विभाग, डिभिजन कार्यालय काठमाडौँ, स्थानीय तह तथा प्रहरीको संयुक्त टोलीले काठमाडौंका चन्द्रागिरी नगरपालिका र स्वयम्भु क्षेत्रका चारवटा खाद्य उद्योग एवम् व्यवसायहरूमा अनुगमन…

Read More

भारतीय उद्योगीलाई वाग्लेको निम्तो– ‘नेपालमा लगानी गर्ने बेला यहि हो, आउनुस्’

नयाँ दिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी विस्तार गर्न आह्वान गरेका छन्। उनले नेपालमा लगानीका नयाँ अवसर खोज्ने र विद्यमान लगानी विस्तार गर्ने उपयुक्त समय आएको बताएका हुन्। नयाँ दिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रीले आयोजना गरेको व्यापार तथा लगानी अन्तरक्रिया कार्यक्रममा बोल्दै वाग्लेले नेपालले उच्च आर्थिक…

Read More

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा साह निर्विरोध

मोरङ।  मोरङ उद्योग ब्यापार संघको अध्यक्षमा अनिलकुमार साह निर्विरोध चयन भएका छन्। संघको विराटनगरस्थित कार्यालय आइतबार भएको सहमतिअनुसार ३५ औ कार्यसमितिको अध्यक्षमा साहसहित वरिष्ठ उपाध्यक्षमा अनिल सारडा, वाणिज्यतर्फबाट उपाध्यक्ष विकासकुमार बेगवानी, उद्योगतर्फबाट उपाध्यक्षमा सञ्जयकुमार श्रेष्ठ चयन भएका हुन्। संघको कार्यसमितिमा लामो समयदेखि सक्रिय रहँदै आएका साहले उद्योगी व्यवसायीको समस्या र चुनौतीको समाधानतर्फ आफू लाग्ने बताएका…

Read More

अर्घाखाँची सिमेन्टले बाढीपीडितका लागि दियो १ करोड ११ लाख

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका तर्फबाट अर्घाखाँची सिमेन्ट लिमिटेडका सञ्चालक पशुपति मुरारकाले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १ करोड ११ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरणका क्रममा व्यवसायीहरू राजेश अग्रवाल, मनोज केडिया लगायतको उपस्थिति रहेको थियो । कम्पनीले बाढीमा…

Read More

भोटेकोशी बाढीबाट विद्युत् क्षेत्रमा ठूलो क्षति, ४३१ मेगावाटका १२ आयोजना बन्द

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रभावित भएको छ। बाढीले विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुर्‍याएपछि विद्युत् आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठका अनुसार नेपाल विद्युत् प्राधिकरणले विद्युत् माग र आपूर्तिबीच सन्तुलन कायम गर्न उच्च…

Read More

उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेका समस्याप्रति सरकारले पर्याप्त चासो नदिएको बताएका छन् । मंगलबार नाडा अटो शो–२०२६ को उद्घाटन कार्यक्रममा बोल्दै उनले अटोमोबाइल क्षेत्रमा भन्सार दर घटाउन माग गर्दा तत्कालीन अर्थमन्त्रीले नेपालमै उद्योग खोल्न आग्रह गर्दै सहुलियत दिने आश्वासन दिएको स्मरण गरे । तर उद्योग खुलेपछि तिनको…

Read More

‘निजी क्षेत्रलाई विश्वासमा लिएर आर्थिक गतिविधि चलायमान बनाउन आग्रह’

विराटनगर । उद्योगी–व्यवसायीले उत्पादन, रोजगारी र लगानी विस्तारका लागि सरकारले निजी क्षेत्रमैत्री नीति निर्माण गर्नुपर्नेमा जोड दिँदै सांसदसँग नीतिगत सहजीकरणको माग गरेका छन्। उद्योग संगठन मोरङले सत्तारुढ दलका सांसद मनिष झासँग गरेको छलफलमा निजी क्षेत्रका समस्या समाधान गर्दै आर्थिक गतिविधि विस्तारका लागि सरकारको ध्यानाकर्षण गराइएको हो। संगठनका अध्यक्ष नन्दकिशोर राठीले निजी क्षेत्रका समस्या उद्योगी–व्यवसायीमा मात्र सीमित…

Read More

हेटौँडा कपडा उद्योग सञ्चालनका लागि अर्थबाट तत्काल बजेट नलिने : मन्त्री गौरी कुमारी

हेटौँडा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई निरन्तर सञ्चालनमा ल्याउन तत्काल अर्थ मन्त्रालयबाट थप बजेट नमागी उद्योग सञ्चालन गरिने बताएकी छन् । मन्त्री यादवले कानुनी प्रक्रिया मिलाएर औद्योगिक क्षेत्रबाट वर्षौँदेखि उठ्न नसकेको करिब आधा अर्ब रुपैयाँ बराबरको भाडा बक्यौता असुल गरिएको रकमलाई हेटौँडा कपडा उद्योगको स्तरउन्नति…

Read More