शेयर बजारमा १८ अंकको वृद्धि, ३ अर्ब ८३ करोडकाे कारोबार

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक १८.०७ अंकले बढेर २५६०.८४ को विन्दुमा कायम भएको छ । आज ३५२ कम्पनीको शेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड माथिको शेयर कारोबार भएको छ । आज १९५ कम्पनीको शेयर मूल्य बढेको छ भने ७९ कम्पनीको शेयर मूल्य घटेको छ ।…

Read More

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिले ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकको हाल कायम चुक्ता पुँजी २७ अर्ब ५ करोड रुपैयाँका आधारमा प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस शेयरबापत १…

Read More

बैंकिङ प्रणालीबाट आज रु. ३५ अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज भदौ २२ गते फेरि ३५ अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ। यसका लागि निक्षेप संकलन उपकरणमार्फत आज दिउँसो ३ बजे बोलकबोल गरिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने ब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको…

Read More

नबिल बैंकका सेयरधनीलाई खुसीको खबर, १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले सार्वजनिक गरेको विवरणअनुसार सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो। यसअनुसार बैंकको कुल लाभांश १५.८० प्रतिशत हुनेछ। त्यस्तै, बैंकले अग्राधिकार सेयरधनीतर्फ ८ प्रतिशत लाभांश दिने…

Read More

माथिल्लो त्रिशूली–१ सुरूङभित्र आज पनि थप दुई शव फेला

काठमाडौं। रसुवामा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरूङभित्र आज आइतबार थप दुईवटा शव फेला परेका छन्। लगातार भइरहेको खोजी तथा उद्धार क्रममा थप दुई शव फेला परेको र घटनास्थलबाट निकालिएको आयोजना पक्षले जनाएको छ। यसअघि शनिबार सुरूङको डिसेन्डर बेसिनको डाउनसाइटबाट दुईवटा शव निकालिएको थियो। हिजो शनिबार उद्धार टोलीले सुरूङभित्रबाट एक चिनियाँ नागरिकलाई जीवितै सकुशल उद्धार…

Read More

पूँजी बजार उकास्न नयाँ प्याकेज ल्याउने तयारी, लयमा फर्किएला त बजार ?

काठमाडौँ। विगत लामो समयदेखि दबाबमा रहेको नेपालको अर्थतन्त्रलाई भीषण हिमपहिरो र बाढीले थप समस्यामा धकेलेपछि सरकारले अर्थतन्त्र उकास्न पाँच मोर्चामा एकसाथ काम अघि बढाएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेको नेतृत्वमा पुँजी बजार सुधारदेखि निजी क्षेत्रको पुनरुत्थान, पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय स्रोत जुटाउने र वित्तीय प्रणाली सुधार्नेसम्मका विशेष योजना अघि सारिएका छन्। अहिलेको चुनौती केवल बाढी र पहिरोबाट…

Read More

सरकारी उद्धार कोष टनाटन, पिडितले राहत लिन वडाध्यक्षको सिफारिस ल्याउनुपर्ने

काठमाडौँ। रसुवामा आएको भीषण बाढीपछि पीडितका लागि देश विदेशबाट अत्याधिक राहत संकलन भएको छ। तर, राहत लिन वडाको सिफारिस अनिवार्य भएपछि पिडित झनै पिडित बनेका छन् । भदौ १० गते भोटेकोशी त्रिशुली नदीमा आएको बाढीपछि प्रभावित भएको नुवाकोटमा राहत वितरणलाई प्रशासनले झण्झटिलो बनाईदिएको छ । प्रमुख जिल्ला अधिकारी शम्भूप्रसाद रेग्मीले राहत पाउन पिडितले वडाको सिफारिस…

Read More

बर्जर पेन्ट्सको रंग ‘कमसल प्रमाणित’, ८ महिनामै खुइलियो १० वर्ष टिक्ने ग्यारेण्टी दिएको रङ

काठमाडौं । दशौँ बर्ष  टिक्ने ग्यारेन्टी दिएर घरमा लगाएको बर्जर कम्पनीको रङ केही महिनामै खुइलिएपछि अदालतले तीन जना उपभोक्तालाई क्षतिपूर्ति भराउने फैसला गरेको छ।  ठगिएका उपभोक्ताले दिएको उजुरीमा उपभोक्ता अदालत, काठमाडौंले उत्पादक र आधिकारिक बिक्रेतालाई अदालतले बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि. र फ्रेन्ड्स फरइभर ट्रेडिङ प्रा.लि.का सञ्चालक दिनेश गिरीबाट कुल १२ लाख ७८ हजार…

Read More

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओ छनौटमा ६ जना सर्टलिस्ट

काठमाडौं। निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ६ जना उम्मेदवार सर्टलिस्ट भएका छन् । सीईओ नियुक्तिका लागि नाम सिफारिस गर्न अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । सिफारिस समितिले शैक्षिक योग्यता, कार्य अनुभव र व्यावसायिक कार्ययोजनाको मूल्याङ्कनका आधारमा उच्चतम अङ्क प्राप्त गर्ने ६ जना उम्मेदवारको…

Read More

ऋण असुलीमा सरकारकै अवरोध, गृहको परिपत्रले बढायो बैंकर पक्राउको जोखिम (निर्देशनसहित)

काठमाडौं। गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई ऋण असुलीका सम्बन्धमा परिपत्र जारी गरेको छ।  दुर्गा प्रसाईं नेतृत्वको “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान” सँग सरकारले गरेको सहमतिपत्रको बुँदा नं. ८ कार्यान्वयन गर्नका लागि मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रसाथ प्राप्त मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम यो निर्देशन जारी…

Read More

माथिल्लो त्रिशुली–१ काे सुरङबाट एकजनाकाे जीवितै उद्धार

रसुवा। सुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका एक विदेशी नागरिकको जीवितै उद्धार भएको छ । नेपाली सेनका अनुसार शबिबार अपरत्रिशुली–१ सुरङबाट जीवितै उद्धार भएको हो। उद्धार गरिएका ती कुन देशका हुन् भन्ने चाहिँ खुल्न बाँकी छ।

Read More

प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड रुपैयाँ संकलन

काठमाडौं। रसुवा भोटेकोसी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल ११ अर्ब ५ करोड ५६ लाख २६ हजार ९७१ मौज्दात जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। सरकारले यसअघि उक्त कोषमा जम्मा भएको एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको  जनाएको छ। संचालनमा रहेका ९ वटा वाणिज्य…

Read More

ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति, ‘२५ लाख सहयोग गरेर साढे ११ करोड असुलियो’

काठमाडौँ । नेपाली कांगेसका सांसद प्रकाश सिंह कार्कीले पेट्रोलियम पदार्थ, विशेष गरी खाना पकाउने एलपी ग्यासमा गरिएको मूल्यवृद्धिप्रति आपत्ति जनाएका छन्। काठमाडौँमा।आयोजित ‘रसुवा बाढीपछिको आपूर्ति तथा मूल्य श्रृंखलामा परेको प्रभाव र देखिएको चुनौती’ विषयक कार्यक्रममा बोल्दै उनले नेपाल आयल निगमले गरेको सानो सहयोगको तुलनामा जनतामाथि लादिएको मूल्यवृद्धिको भार अत्यधिक रहेको बताएका हुन्। बाढीपीडितका नाममा निगमले…

Read More

१४ सहसचिव र ९ उपसचिवको सरुवा, ७ जिल्लाका सीडीओ फेरिए (सूचीसहित)

काठमाडौँ । गृह मन्त्रालयले सहसचिव र उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ। शुक्रबारको मन्त्रीस्तरीय निर्णयानुसार १४ जना सहसचिव र ९ जना उपसचिव गरी २३ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो। जसअनुसार झापा, सुर्खेत, बारा, गोरखा, रौतहट, दाेलखा, पर्वत लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन्। मन्त्रालयको निर्णय अनुसार सहसचिव श्रवण कुमार पोखरेललाई झापाको प्रमुख…

Read More

विदेशी लगानीको वातावरण नभएको भन्दै एनसेलका सीईओले छाडे नेपाल

काठमाडौं । नेपालमा विदेशी लगानी गर्न र व्यवसाय विस्तार गर्न सहज वातावरण नबनेको भन्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीइओ)  माइकल फोलेले राजीनामा दिएका छन्। करिब १० महिनाअघि एनसेलको नेतृत्व सम्हालेका फोलेले नियुक्त भएको एक वर्ष नपुग्दै यहि भदौ ९ गते राजीनामा दिएका हुन्। उनको राजीनामा स्वीकृत भएपछि नयाँ सीईओ नियुक्त नभएसम्म कम्पनीका प्रमुख कर्पोरेट तथा…

Read More

त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’

काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार कार्य कठिन बनेको छ । शुक्रबार दुईजनाको जीवितै उद्धार गरिएपनि थप उद्धारका लागि अवस्था असहज बनेको हो । उद्धारमा सक्रिय बिनोद श्रेष्ठका अनुसार सुरुङ भित्रको स्थिति एकदमै कठिन बनेको छ, बगेर आएका मुढाहरू, ठूला–ठूला बोल्डरहरू साथै आरसीसी स्ट्रक्चरहरू तलसम्म भासिएकाले भित्रसम्म खोज तथा उद्धार गर्न…

Read More

बाढीपछि ग्यास आपूर्ति प्रभावित, काठमाडौंमा सिलिन्डरको मूल्य २,१६५ रुपैयाँ ३८ पैसासम्म

काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा सडक कटान भएर यातायात अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति प्रभावित भएको छ । सडक अवरुद्ध हुँदा ग्यास बिक्री–वितरणमा समस्या देखिएपछि नेपाल एलपी ग्यास उद्योग संघले वैकल्पिक मार्ग प्रयोग गरी आपूर्ति व्यवस्था मिलाउन आग्रह गरेको छ । संघकाअनुसार बाढीका कारण काठमाडौं उपत्यकासहित…

Read More

सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रबिन सिजापती नियुक्त

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रविन सिजापति नियुक्त भएका छन्। सिजापति ४ वर्षे कार्यकालका लागि बैंकको सीईओमा नियुक्त भएका हुन्। यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा आवद्ध रहेका सिजापतिसँग बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा लामो अनुभव रहेको छ। सिजापति चार्टर्ड एकाउन्टेन्ट हुन् । सीईओ सुयोग श्रेष्ठ २ कार्यकालको सकाएर बैंकबाट बाहिरिएसँगै सिजापति…

Read More

गृहमन्त्रीलाई ऐन महरको सुझाव- तपाई यसै भाइरल हुनुहुन्छ, सिलिण्डर बोकेर उद्धारमा डिस्टर्ब नगर्नुस्

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गृहमन्त्री सुधन गुरुङलाई उद्धार अभियानको नेतृत्व गर्न छाडेर सामाजिक सञ्जालमा भाइरल हुने ‘स्टन्ट’ मा व्यस्त भएको भन्दै व्यङ्ग्य गरेका छन्। बाढीपछि टनेलबाट सकुशल उद्धार गरिएका नागरिकलाई सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले उपचार तथा सुरक्षित स्थानतर्फ लैजाँदै गर्दा गृहमन्त्री अक्सिजन सिलिण्डर बोकेर भिडिओ खिचेको घटनाप्रति लक्षित गर्दै महरले गृहमन्त्रीको वास्तविक…

Read More

त्रिशूली-३ ‘ए’ सुरुङको मुख खुल्यो, उद्धारकर्मीको टोली भित्र प्रवेश

काठमाडौँ।विनाशकारी बाढीबाट प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको केबल डक्ट टनेलमा फसेका व्यक्तिको खोजी तथा उद्धारका लागि सुरुङ खोल्न सफल भएको छ। प्रधानमन्त्रीको कार्यालयका अनुसार सुरुङको माथिल्लो भागबाट करिब ३ फिट मुख खोलिएको छ। त्यसपछि उद्धारकर्मीहरू सुरुङभित्र करिब १५ देखि २० मिटरसम्म प्रवेश गर्न सफल भएका छन्। सुरुङको भित्री भाग र पावरहाउस सुरक्षित रहेको…

Read More