सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ रविन सिजापतीको पद धरापमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रविन सिजापतीको नियुक्ति  विवादमा परेको छ। नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त नेसनल लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्ष पदबाट राजीनामा स्वीकृत हुनुअघि नै सिजापती सांग्रिला डेभलपमेन्ट बैंकको सीईओ नियुक्त भएपछि उनको नियुक्ति नियामकीय व्यवस्थाविपरीत भएको भन्दै वैधानिकतामाथि प्रश्न उठेको हो। एउटा वित्तीय संस्थाको सञ्चालक पदमा बहाल रहेकै…

Read More

१६ सिटर विद्युतीय मिनिबस ‘म्याक्सस ई–डेलिभर ५’ सार्वजनिक, मूल्य कति?

काठमाडौं । नेपालका लागि म्याक्ससको आधिकारिक आयातकर्ता तथा वितरक हिमालय अर्गनाइजेसनअन्तर्गतको हिमालय मोटोक्स प्रालिले प्रिमियम सुविधासहितको १६ सिट क्षमताको विद्युतीय मिनिबस ‘म्याक्सस ई–डेलिभर ५’नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको यस गाडीको नेपाली बजार मूल्य ६९ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ। उक्त नयाँ मिनिबसलाई हिमालय अर्गनाइजेसनका…

Read More

जनकपुर चुरोट कारखानाको डीडीए सम्पन्न, लिन- दिन भए २१ दिनभित्र दाबी गर्न आग्रह

काठमाडौँ । सरकारी स्वामित्वको जनकपुर चुरोट कारखाना लिमिटेडले आफ्नो बक्यौता तथा दायित्व फरफारक गर्ने प्रक्रिया अघि बढाउँदै सरोकारवालालाई २१ दिनभित्र प्रमाणसहित दाबी पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको कारखानाले सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) सम्पन्न भएपछि बाँकी हिसाबकिताब मिलान गर्न यस्तो सूचना निकालेको हो। मन्त्रिपरिषद्ले २०८२ वैशाख १५…

Read More

इन्टरनेटको मूल्य बढाउने कम्पनीलाई कारबाही गर्ने दूरसञ्चार प्राधिकरणको चेतावनी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नियामकबाट स्वीकृत प्याकेज तथा महसुल दरभन्दा बढी मूल्य लिने र स्वीकृतिबिनै इन्टरनेट प्याकेज परिवर्तन गर्ने सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ। प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूबाट मूल्य बढाइएको गुनासो आएको भन्दै स्वीकृत महसुल दर र प्याकेजको विवरण सार्वजनिक गर्न तथा स्वीकृत व्यवस्थाअनुसार नै सेवा उपलब्ध गराउन निर्देशन दिएको हो। प्राधिकरणका…

Read More

राष्ट्र बैंकका प्रवक्ता भन्छन् – बढ्दो डिजिटल भुक्तानीमा बिजुलीको बिल अनलाइन तिर्ने २७ प्रतिशत मात्रै छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीको प्रभावकारिता मापन गर्दा खाता, कार्ड र उपकरणको संख्या मात्र नभई नियमित रूपमा कारोबार गर्ने वास्तविक प्रयोगकर्ताको संख्या पहिचान गर्नुपर्नेमा जोड दिएको छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु पौडेलले डिजिटल भुक्तानीका खाता खोलिएको वा कार्ड जारी भएको तथ्यांक र नियमित रूपमा कारोबार गर्ने सक्रिय प्रयोगकर्ताको संख्या फरक…

Read More

सेबोनले गर्‍यो ५ प्रतिशतभन्दा बढी शेयर बेच्दा सूचना दिनुपर्ने व्यवस्था संशोधन

काठमाडौ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आधारभूत शेयरधनीले शेयर पाँच प्रतिशत वा सो भन्दा बढी शेयर बेच्दा पन्ध्र दिन अगाडी कम्पनीलाई जानकारी गराई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचना दिनुपर्ने व्यवस्थालाई संशोधन गरेको छ। बोर्डको नियमन विभागले सम्पूर्ण सूचीकृत कम्पनीलाई सम्बोधन गर्दै असोज २३ गते जारी गरेको पत्रले सो व्यवस्थालाई संशोधन गरेको हो। संशोधित व्यवस्था…

Read More

आफ्नै कम्पनीबाट झन्डै २४ करोड भुक्तानी, अध्यक्ष गोल्छाको गैरजिम्मेवार बयान – मलाई थाहै थिएन

काठमाडौं । आफू अध्यक्ष रहेको पुनर्बिमा कम्पनी हिमालयन रि- इन्स्योरेन्सबाट २३ करोड ९२ लाख रुपैयाँ भुक्तानी हुँदा जानकारी नै नभएको दाबी गर्दै शेखर गोल्छाले दिएको हास्यास्पद एवम् गैरजिम्मेवार बयान दिएका छन् । जसले उनको संस्थागत जवाफदेहितामाथि प्रश्न उठाएको छ। कम्पनीको नेतृत्वमा रहेका व्यक्तिले यति ठूलो रकमको कारोबारबारे आफू अनभिज्ञ रहेको जिकिर गर्नुले सञ्चालक समितिको निगरानी…

Read More

सर्वोच्चद्वारा राष्ट्र बैंकको व्यवस्था बदर, राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने

काठमाडौं । बैंकिङ सेवा लिन राष्ट्रिय परिचयपत्रलाई नागरिक पहिचानको एकमात्र आधार बनाउन नपाइने भएको छ। सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकताको प्रमाणपत्रलगायत अन्य वैध कागजातका आधारमा बैंकिङ सेवा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकका नाममा आदेश जारी गरेको छ। बैंकमा खाता खोल्न र पुरानो खाता अद्यावधिक गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको व्यवस्थाविरुद्ध परेको रिटमाथि सुनुवाइ…

Read More

एनएमबि बैंकका ग्राहकले अब लुप नेटवर्कमार्फत् कर्जा र किस्ताबन्दी सुविधा पाउने

काठमाडौं । एनएमबि बैंकले सिटीटेक ग्रुप र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग लुप नेटवर्कमा ‘इसुअर बैंक’ का रूपमा आबद्ध हुन त्रिपक्षीय सम्झौता गरेको छ। सम्झौतासँगै बैंकका ग्राहकले डिजिटल माध्यमबाट सहजै खरिद कर्जा तथा किस्ताबन्दी सुविधा प्राप्त गर्न सक्ने भएका छन्। सम्झौताअनुसार एनएमबि बैंकका ग्राहकले लुप नेटवर्कमा आबद्ध विभिन्न पसल तथा व्यावसायिक संस्थाबाट सामान खरिद गर्दा…

Read More

नेपाली ब्रान्ड विकासमा कानूनी सुधारदेखि विश्व बजारसम्म ध्यान दिनुपर्छ : अध्यक्ष मल्होत्रा

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक कुमार मल्होत्राले नेपाली उत्पादनको ब्रान्डिङ, गुणस्तर र बजार विस्तारमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । नेपाली उत्पादन राम्रो हुँदाहुँदै पनि प्रभावकारी ब्रान्डिङको अभावमा स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा अपेक्षित पहिचान बनाउन नसकेको उनले बताए । ‘नेपाली ब्रान्ड परिसंरचना, २०८३’ सम्बन्धी अनुसन्धानमूलक प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मल्होत्राले नेपालमा…

Read More

एनआईसी एशिया बैंकले गर्यो विभिन्न छ सामुदायिक विद्यालयलाई सहयोग प्रदान

काठमाडौं । एनआईसी एशिया बैंकले ललितपुर, कालिकोट, डोटी, अछाम र गोरखाका ६ वटा सामुदायिक विद्यालयलाई विभिन्न शैक्षिक तथा प्रविधिमूलक सामग्री सहयोग गरेको छ । बैंकले विद्यार्थीको पठनपाठनलाई सहज बनाउने र गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले पानी शुद्धिकरण प्लान्ट, विद्यालय पोशाक, झोला, प्रिन्टर, ल्यापटप, डेस्कटप कम्प्युटर, प्रोजेक्टर तथा अन्य शैक्षिक सामग्री उपलब्ध गराएको हो । बैंकले…

Read More

दुई महिनामा निर्जीवन बीमाको व्यवसाय ९ अर्ब ८३ करोड, कुनको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा निर्जीवन बीमा कम्पनीहरूले करिब १० अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार भदौ मसान्तसम्म १४ निर्जीवन बीमा कम्पनीले चार लाख ८२ हजार ६२७ वटा बीमालेख बिक्री गर्दै नौ अर्ब ८३ करोड २५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । बीमाशुल्क संकलनमा…

Read More

बैंकहरूले शाखा मर्ज गर्दा कर्मचारी हटाउन नपाइने, ग्राहकलाई ९० दिनअघि सूचना दिनुपर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले शाखा समायोजन वा एकीकरण गरेको बहानामा कर्मचारीलाई सेवाबाट हटाउन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै शाखा समायोजनका कारण कर्मचारी कटौती गर्न नपाइने व्यवस्था गरेको हो । केन्द्रीय बैंकले शाखा समायोजन वा एकीकरण हुने वा भइसकेको अवस्थामा सम्बन्धित शाखामा कार्यरत कर्मचारीलाई सेवाबाट नहटाउन निर्देशन दिएको…

Read More

दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको ६८औँ बैठकले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रुपैयाँ लागतको नार खोला अर्धजलाशययुक्त जलविद्युत् परियोजना (५८.९ मेगावाट) र १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रुपैयाँ लागतको सानी भेरी-३ अर्धजलाशययुक्त…

Read More

खगेन्द्र सुनारलाई फिर्ता बोलाउन प्रधानमन्त्री र रास्वपालाई पत्र, अख्तियारमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बाँके निर्वाचन क्षेत्र नम्बर ३ का विभिन्न योजनामा कमिसन लिएको तथा दलित अभियानका नाममा संकलित करोडौँ रुपैयाँको चलखेल गरी हुण्डीमार्फत रकम ओसारपसार गरेको आरोप लगाउँदै उजुरीमा छानबिन र कारबाहीको माग गरिएको हो। सि–०२०५७२ दर्ता नम्बर रहेको उक्त उजुरीमा…

Read More

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा फोटोशप र एआईको प्रयोग गरी तयार पारिएका भ्रामक स्क्रिनसट तथा सामग्रीमार्फत हवाई भाडादरबारे भ्रम फैलाइएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। बुद्ध एयरले आज जारी गरेको प्रेस विज्ञप्तिमार्फत धनगढीको एकतर्फी हवाई भाडा १० हजार ८ सय रुपैयाँमै उपलब्ध गराउँदै आएको स्पष्ट पारेको छ। न्यूनतम भाडादरमा टिकट…

Read More

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल कन्ट्री भिल्लामा १० प्रतिशतसम्म छुट

काठमाडौं ।एनआईसी एशिया बैंकका ग्राहकले नगरकोटस्थित होटल कन्ट्री भिल्लाका विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । यससम्बन्धी सुविधा उपलब्ध गराउने विषयमा एनआईसी एशिया बैंक र काभ्रेको नगरकोटस्थित होटल कन्ट्री भिल्ला प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका तर्फबाट ट्रान्जेक्सन बैंकिङ प्रमुख पुजन लाल अमात्य र होटलका फाइनान्स हेड सुरेन्द्र होराले हस्ताक्षर गरेका…

Read More

भरतपुरका पोलमा ‘एक्सट्रीम’ को मनपरी, सम्झौताविपरीत झुन्ड्याइएका बोर्ड हटाउन सिडियोको निर्देशन

काठमाडौं । सार्वजनिक सडकका बत्तीका पोललाई विज्ञापनको माध्यम बनाउँदै मनपरी प्रचार सामग्री झुन्ड्याउन थालेपछि एक्सट्रीम इनर्जी ड्रिंक्समाथि भरतपुर महानगरपालिकाले हस्तक्षेप गरेको छ। महानगरपालिकासँग भएको सम्झौताविपरीत डिजिटल बोर्ड राख्नुपर्ने ठाउँमा नन डिजिटल बोर्ड र फ्लेक्स जथाभावी झुन्ड्याएपछि महानगरले त्यस्ता सामग्री तत्काल हटाउन निर्देशन दिएको हो। भरतपुर महानगरपालिकाका अनुसार सडक बत्तीका पोलमा विज्ञापन सामग्री राख्न २०८३ जेठ…

Read More

संकटमा मुलुकः राजस्व संकलन ठप्प, वैदेशिक ऋण, अनुदान र रेमिट्यान्सको बाटो पनि बन्द हुने खतरा बढ्यो

नेपाल सम्पत्ति शुद्धिकरणको ग्रे लिष्टमा परेको २२ महिना बितेको छ । ०८१ फागुन ९ गते यो लिष्टमा परेकोमा आगामी दुई महिना –माघ) भित्र नहटे मुलुक सम्पत्ति शुद्धिकरणको ब्ल्याकलिष्टमा जानेछ । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठन भएको पनि छ महिना पूरा भएको छ । झण्डै दुई तिहाई जनादेशसहितको शक्तिशाली सरकारले न मुलुकलाई ग्रे लिष्टबाट हटाउन…

Read More

सिटिजन्स बैंकका सीईओ पोखरेलको तलब १ करोड ९० लाख, भत्ता मात्रै ५४ लाखमाथि

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गणेशराज पोखरेलले आर्थिक वर्ष २०८२/८३ मा तलब, भत्ता, बोनसलगायत शीर्षकमा १ करोड ९० लाख २२ हजार ८ सय ५१ रुपैयाँ पारिश्रमिक बुझेका छन्। बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रतिवेदनअनुसार पोखरेलले उक्त अवधिमा तलबबापत ८४ लाख रुपैयाँ बुझेका छन्। त्यस्तै, भत्ताबापत ५४ लाख, दसैँ भत्ताबापत…

Read More