सहकारी नियमनमा देखिएको दोहोरोपन हटाउन दुई छुट्टाछुट्टै ऐन ल्याउँदैछौँ : सचिव भुजेल
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्रको नियमनमा देखिएको दोहोरोपन र अन्योल हटाउन सरकारले दुई छुट्टाछुट्टै ऐनको मस्यौदा तयार गरिरहेको बताएका छन्। शुक्रबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को १६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सचिव भुजेलले सहकारी ऐन र राष्ट्रिय सहकारी नियमन प्राधिकरण सञ्चालनसम्बन्धी छुट्टाछुट्टै…




