जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

जनकपुर । जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८१९ वटा बोकाको बलि प्रदान भएको छ । हिजो (आईतबार) राती पौने ९ बजेदेखि सुरु भएको बलिप्रदान कार्यक्रम विहान ४ बजेसम्म चलेको थियो । बलि प्रदानका निम्ति ४ वटा ठेहा –बलि दिने स्थान) को व्यवस्था गरिएको थियो । श्रद्धालुभक्तजनको सुविधाका निम्त मन्दिरको पूर्व, पश्चिम र दक्षिण…

Read More

१२ वर्षपछि लाग्ने ‘बोन मेला’ तथा तीर्थयात्रा : जगदुल्ला ताल क्षेत्रमा देखिएको रौनक( तस्बिरसहित )

सुर्खेत । डोल्पाको जगदुल्ला गाउँपालिका–१ हिमालय क्षेत्रमा रहेको जगदुल्ला तालमा १२ वर्ष पछि लाग्ने वोन मेला तथा तीर्थयात्रा सम्पन्न भएको छ । सोमबार सकिएको उक्त मेला तथा तीर्थयात्रा रहेको ठाउँमा राक्षस, प्रेम तथा जगदुल्ला तालहरु रहेका छन् । धार्मिक तथा सांस्कृतिक विधिअनुसार सम्पन्न भएको जगदुल्ला तीर्थयात्रा तथा मेलाले डोल्पा र समग्र कर्णाली प्रदेशको धार्मिक, सांस्कृतिक…

Read More

दशैँमा सुनसान बन्यो काठमाडौँ उपत्यका, सडक खाली, पसल बन्द (तस्विरहरू)

दशैँ मनाउन उपत्यकाबाहिर जानेको संख्या बढेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ। सधैँजसो सवारीसाधन र मानिसको चहलपहल रहने सडकहरू अहिले खाली देखिन थालेका छन् भने अधिकांश पसल तथा व्यवसायसमेत बन्द छन्। व्यस्त रहने काठमाडौँका सडकमा अहिले सवारीसाधनको चाप कम देखिन्छ भने बजार क्षेत्र पनि सुनसान बनेका छन्।

Read More

हिलोमा लतपतिएको आशा : क्षतिको पीडाबीच स्थायित्वको खोजीमा बाढीपीडित

काठमाडौं । टिनको छानो भएको कोठाभित्र नाङ्सी तामाङ रातो माटोले भुइँ लिपिरहेकी छन्। माटो सुकेपछि उनी र उनका श्रीमान् सिंहबीर तामाङका लागि बस्न नयाँ घर तयार हुनेछ। गत अगस्ट २६ मा रसुवाको खाल्टेमा रहेको उनीहरूको बस्ती हिउँ, पानी र गेग्रानसहित आएको बाढीले बगाएपछि उनीहरू घरबारविहीन भएका थिए। आफन्तले फोनमार्फत बाढीको चेतावनी दिएपछि उक्त वृद्ध दम्पतीसँग…

Read More

राष्ट्रपति पौडेलद्वारा काठमाडौं उपत्यकाका नौ शक्तिपीठमा पूजाअर्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन् । उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित उपत्यकाका प्रमुख शक्तिपीठमध्ये नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवतीको पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका हुन् । बडादशैंका अवसरमा शक्तिस्वरुपा…

Read More

चीनमा विवाह गर्न अलग्गै गन्तब्य, आकर्षित हुँदैछन् जोडीहरू

एजेन्सी । चीनमा अक्टोबर महिनालाई विवाहको मौसम मानिन्छ। विशेषगरी दक्षिणपश्चिम चीनको युनान प्रान्तस्थित लिजियाङको युलोङ स्नो माउन्टेन (जेड ड्रागन स्नो माउन्टेन) क्षेत्रमा यस समयमा विवाह गर्ने जोडीहरूको आकर्षण बढ्ने गरेको छ। किफायती खर्चका कारण चीनमा तीव्र रूपमा विस्तार भइरहेको गन्तव्य विवाह उद्योगका लागि यो स्थान उपयुक्त मानिदै गएको छ । होटलमा भोज आयोजना गर्ने, सजावट…

Read More

फरार प्रतिवादी शेखर गोल्छामाथि २३ करोडको मुद्दा, हिमालयन रि प्रकरणमा कसले जोगाउँदैछ ?

काठमाडौं । निजी क्षेत्रका चर्चित व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा हिमालयन रि–इन्स्योरेन्सको रकम अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पनि मुछिएका छन्। हिमालयन रि-ईन्सुरेन्स लिमिटेडबाट कमिसनको नाममा दिइएको २३ करोड ९२ लाख भुक्तानी प्रकरणमा हिमालयन रि-ईन्सुरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छाविरुद्ध समेत बीमा ऐन अन्तर्गतको कसुर र सम्पत्ति शुद्धीकरण दुवै कसुरमा कारबाहीका लागि…

Read More

लुम्बिनी विकास कोषको उपाध्यक्ष आनि छोइङको नियुक्ति तत्काल रद्द गर्न माग

काठमाडौँ। राष्ट्रिय जेनजी नागरिक अभियानले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनि छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णय तत्काल रद्द गर्न माग गरेको छ । सरकारले असोज ३० गतेको मन्त्रिपरिषद् बैठकबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा डोल्मालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो । उक्त नियुक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अभियानले सोमबार एक विज्ञप्तिमार्फत कानुनी अनुसन्धानको…

Read More

पहिरो र बाढीले तीन सडकखण्ड प्रभावित, गोरखामा आवागमन पूर्ण बन्द

काठमाडौं । पहिरो र बाढीका कारण गण्डकी र कर्णाली प्रदेशका तीन स्थानमा सडक अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार म्याग्दी र सुर्खेतमा सडक एकतर्फी सञ्चालनमा रहे पनि गोरखामा भने सडक पूर्ण रूपमा अवरुद्ध छ। प्रहरीका अनुसार म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा रहेको छ। उक्त सडकखण्डमा असोज १० गते बिहान…

Read More

शोकको घडीमा संयमित रूपमा चाडपर्व मनाऔं : पर्यटन व्यवसायी आङछिरिङ शेर्पा

काठमाडौं । यस वर्षको दशैँ तिहार र छठ पर्व संयमित रूपमा मनाउन पर्वतारोही तथा एशियन ट्रेकिङ प्रालिका संस्थापक अध्यक्ष आङ छिरिङ शेर्पाले आग्रह गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी र यहि असोज २५ मा गोरखाको बूढीगण्डकी नदीमा आएको भिषणबाढीबाट ज्यान गुमाएका मानिसहरु प्रति सम्मान व्यक्त गर्दै यसवर्ष चाडपर्व मनाउनुपर्ने उनले बताए ।…

Read More

तीन हजारकाे सामान किनेकी सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको पुरस्कार घोषणा गरिएको छ। यसअन्तर्गत नुवाकोटकी सन्तमाया तामाङले १० लाख रुपैयाँको पुरस्कार जितेकी छन्। काठमाडौंको न्युरोडस्थित विशाल बजार परिसरमा आइतबार आयोजित कार्यक्रममा पुरस्कार घोषणा गरिएको हो। एसएस फेन्सी हाउसबाट तीन हजार रुपैयाँको सामान खरिद गरेकी तामाङले १० लाख रुपैयाँको पुरस्कार जितेकी हुन्। पुरस्कार विजेता तामाङलाई…

Read More

दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

काठमाडौँ। यसपालिको दसैँको अवसरमा मुस्ताङ हुँदै रु ३५ करोड मूल्य बराबरका भेडा तथा च्याङ्ग्रा निकासी भएको छ। कृषि तथा पशु विकास कार्यालयका अनुसार यस वर्ष उक्त मूल्य बराबरका १३ हजार २७९ भेडा च्याङ्ग्रा मुस्ताङ हुँदै बाहिरिएका छन्। कार्यालयका प्रमुख डा लालमणि अर्यालका अनुसार मुस्ताङ मार्ग हुँदै ११ हजार १६४ च्याङ्ग्रा र दुई हजार ११५ वटा…

Read More

अभिनेता टाइगर श्राफको गाडीमाथि गोली प्रहार, दुई जना घाइते

काठमाडौं । हिन्दी चलचित्रका चर्चित अभिनेता टाइगर श्राफको गाडीमाथि गोली प्रहार भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार आइतबार साँझ जुहु क्षेत्रमा घरबाट बाहिर निस्कने क्रममा अज्ञात व्यक्तिहरूले श्राफको गाडीमाथि आक्रमण गरेका थिए। घटनाका क्रममा चार राउन्ड हवाई फायर गरिएको जनाइएको छ। भारतीय समाचार संस्था एएनआईले प्रहरीलाई उद्धृत गर्दै आक्रमणमा अभिनेता श्राफ सुरक्षित रहेको, तर उनका गाडी…

Read More

नवरात्रको नवौँ दिनः आज पनि महाअष्टमी मनाइँदै

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ । समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ । कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म २ गते पनि दशैँ घर वा पूजा कोठामा…

Read More

लिग २ क्रिकेटको अन्तिम खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग भिड्दैछ। अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा बिहान सवा ११ बजेदेखि हुने खेलमा शीर्ष ६ मा अटाउन नेपाललाई जित्नैपर्ने दबाब छ। नेपालले यसअघि क्यानडा र ओमानलाई हराएको थियो भने शनिबार क्यानडासँग पराजित भएपछि सातौं…

Read More

विराटनगर किङ्सले बागमती प्लास्टिकलाई बनायो अफिसियल होम पार्टनर

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी विराटनगर किङ्सले बागमती प्लास्टिकलाई आफ्नो अफिसियल होम पार्टनरका रूपमा आबद्ध गरेको छ । साझेदारीसम्बन्धी विराटनगरमा आइतबार भएको सम्झौतामा बागमती प्लास्टिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमित राठी र विराटनगर किङ्सका निर्देशक स्वागत प्याकुरेलले हस्ताक्षर गरेका छन् । सम्झौता हस्ताक्षर समारोहमा विराटनगर किङ्सका मालिक पारस लुनियाले खेलकुदले मानिसलाई जोड्ने…

Read More

विराटनगर किंग्सले भित्र्यायो आन्द्रे रसेल

काठमाडौँ।  तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का लागि विराटनगर किंग्सले वेस्ट विन्डिजका चर्चित अलराउण्डर आन्द्रे रसेललाई भित्र्याएको छ। विश्वभरका विभिन्न फ्रेन्चाइज क्रिकेट लिग खेलेका रसेल विस्फोटक ब्याटिङ र प्रभावशाली बलिङका लागि परिचित छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले एनपिएललाई औपचारिक मान्यता दिएसँगै विराटनगरले रसेलको नाम सार्वजनिक गरेको हो। रसेलले सन् २०१० मा वेस्ट इन्डिजको राष्ट्रिय टोलीबाट…

Read More

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक। दसैँका सामान भित्र्याउन तातोपानी नाका आजदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ। नाका खुलेसँगै चीनका स्वशासित क्षेत्र सिचाङबाट बिहानैदेखि मालवाहक सवारीसाधन नेपाल प्रवेश गरेका छन्। तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्रप्रकाश गिरीका अनुसार चाडपर्वका सामान तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति नेपालमा सहज बनाउने उद्देश्यले चिनियाँ पक्षले तीन दिनका लागि नाका खोलेको हो। सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका…

Read More

‘एक्स्ट्रिम इनर्जी ड्रिंक’ को एउटै बट्टामा ९९ मिलिग्राम ‘क्याफिन’, के गर्दैछ नियामक ?

काठमाडौं । पानीको विकल्पजस्तै गरी प्यास मेटाउने पेयका रूपमा आक्रामक प्रचार गरिँदै आएको ‘एक्स्ट्रिम इनर्जी ड्रिंक’ को एउटा बट्टामै ९९ मिलिग्राम क्याफिन रहेको पाइएको छ। एग्रो थाई फुड्स प्रालिले उत्पादन तथा बिक्री वितरण गर्दै ३३० मिलिलिटरको उक्त पेयमा प्रतिएक सय मिलिलिटर ३० मिलिग्राम क्याफिन रहेको लेबलमै उल्लेख छ। आकर्षक विज्ञापनमार्फत आक्रामक तरिकाले उपभोक्तामाझ पुर्‍याइँदै आएको…

Read More

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

काठमाडाैँ। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । उनी आइतबार ह्याम्स अस्पतालमा भर्ना भएका हुन्। मुटुसँग सम्बन्धित सामान्य समस्याको कारण खनाल अस्पताल भर्ना भएकाे  स्वकिय सचिव मिलन उपाध्यायले जानकारी दिए।

Read More