यूटीएलको बक्यौता ८ अर्बमाथि
काठमाडौं । युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) ले नेपाल सरकार तथा नेपाल दूरसञ्चार प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता ८ अर्ब रुपैयाँ नाघेको छ । फ्रिक्वेन्सी दस्तुर, रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोषलगायत विभिन्न शीर्षकमा २०८३ भदौसम्मको थप दस्तुर जोड्दा कम्पनीको कुल बक्यौता ८ अर्ब ५ करोड २२ लाख ५७ हजार रुपैयाँ ७६ पैसा पुगेको हो । तर, यति ठूलो…



