काठमाडौं। कहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त कहिले शेरबहादुर देउवा र प्रचण्डसम्मलाई हातमा लिई आफू अनुकूल काम गराउँदै आएका बागलुङ्गका व्यापारी चन्द्र प्रसाद ढकाल यतिबेला निकै चर्चामा छन् । निजी क्षेत्रका व्यवसायीमाथि धमाधम अनुसन्धान भइरहँदा अझै भनौँ सार्वजनिक जग्गा कब्जा गरेको भन्दै देशभर सुकुम्बासीका टहरा भत्काई रहँदा देशभरका सार्वजनिक जग्गा कौडीको भाउमा हडपेर छाप्रा/ टहराका नाममा ठुल्ठुला व्यवसायीक आलिसान होटल रिसोर्ट चलाइरहेका ढकालको कामकामकारबाहीप्रति भने सरकार बेखबर जस्तै छ।
सत्ता र शक्तिका आडमा ढकालले हालसम्म केवलकारकै नाममा देशका विभिन्न स्थानका रहेका सरकारी तथा सार्वजनिक जग्गा कौडीको भाउमा हात पारी व्यापार संचालन गरिरहेका छन् ।
सार्वजनिक जग्गाका ढकालका बक्रदृष्टिको शिलशिला
स्थानीयको बिरोधका बाबजुत २०५५ सालमा मनकामनामा मन्दिर जान केवलकार सञ्चालनमा आयो। चितवनको कुरिनटार चेरेबाट गोरखाको मनकामना मन्दिरसम्म २.८ किलोमिटरको लामो केवलकार सञ्चालनको झन्डै १७ बर्षपछि चन्द्र ढकालको आँखामा चन्दागिरी डाँडामा पर्यो ।
ढकालले भोलेश्वर बाबाको नाममा बिकाएर २०७३ सालमा चन्द्रागिरी केवलकार सञ्चालनमा ल्याए । शासकदेखि प्रशासकहरुलाई हातमा लिएर उनले कौडीको भाउमा चन्द्रागिरी डाँडो नै हत्याए । ढकालले तत्कालीन वनमन्त्री दीपक बोहरालाई प्रयोग गरी कौडीको चन्द्रागिरीको डाँडो नै हत्याएका थिए ।
ढकालले प्रतिरोपनी उ?२१ मा ४० बर्षसम्मका लागि भाडामा हत्याउन सफल भए । ३६ रोपनीभन्दा बढी जमिन कौडीको भाउमा हात पारेका ढकालले गरेको सम्झौता पत्र अनुसार चन्द्रागिरी केवलकारले शुरुको वर्षमा वार्षिक १ लाख ८० हजार अर्थात प्रतिमहिना २१ रुपैयाँ मात्र तिर्ने गरी सम्झौता भएको छ।
ढकालले कौडीको भाउमा ३६ हजार हेक्टर जमिन हत्याएर त्यहाँ अहिले केवलकार, भ्युटावर, महंगो रिसोर्टलगायत विभिन्न निजी उद्योग चलाउँदै आएका छन् ।

कौडीको भाउमा डाँडाकाँडा पाईने र त्यसमा पनि धार्मिक तीर्थस्थल भन्नासाथ नेपालीको थप आकर्षक भएकाले व्यापार कहिल्यै घाटामा नजाने भएपछि ढकालले देशभरका डाँडामा केवलकार बनाउने योजना बनाएका छन्। तर उनले निर्माण गर्ने केवलकारले न कुनै गाउँलाई शहरसम्म जोडेको छ त न कुनै विकटका जनताले सेवाको अनुभूति गर्न पाएका छन् । यो नितान्त उनको निजी व्यापारिक प्रयोजन मात्र हो
पछिल्लो केहि समय यता चन्द्र ढकाल केवलकारमा लगानी गर्न लालायित देखिएका छन्। ढकाल नेतृत्वको अईएमई समूहले बुटवलको गोलपार्कदेखि पाल्पाको वसन्तपुर डाँडासम्ममा हाल निर्माणाधीन अवस्थामा रहेको लुम्बिनी केवलकार,नवलपरासीको मौलाकालिकामा, पोखरा, कर्णालीको चिसापानी,स्वर्गद्धारीमा समेत केवलकार बनाउने रणनीति अनुसार सेटिंङ मिलाइसकेको छ।
पूर्व सचिव तथा मुख्यसचिव बैकुण्ठ अर्याल, मधुकुमार मरासिनी,एकनारायण अर्याल,पेमनारायण कँडेल चन्द्र ढकालका हितमा काम गर्ने प्रशासकहरु हुन भन्ने चर्चाकैबीच ढकालले पेमनारायण कँडेल सचिव हुँदा उनीसँग सेटिङ्ग मिलाएर अधिकांश ठाउँमा केवलकार खोल्दै आएका थिए।
बिना प्रतिष्पर्धा देशभरीका डाँडाकाँडामा केवलकार निर्माण गर्दै आफ्नो व्यापार बिस्तार गर्न लागेका चन्द्र ढकालका लागि भने ताप्लेजुङका स्थानीय वासिन्दा टाउको दुखाई बने। सार्वजनिक जग्गा हडपेर आलिसान रिसोर्ट बनाउने सिलसिलेवर योजनामा ब्रेक लाग्यो। आफ्नो मौलिकता र पहिचान मेटिने गरी पाथीभरा केवलकारको निर्माण गर्न लागिएपछि स्थानीयले लामो समयदेखि बिरोध गर्दै आइरहेका छन्।
चन्द्र ढकालले नेपाल पूर्वको ताप्लेजुङमा ३ हजार ७९४ मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिक शतिपिठ पाथीभरामै केवलकार बनाउन लागेका छन्। जुन विषय निकै पेचिलो र विवादित बनेको छ। पाथीभरा स्थल निकै शक्तिशाली एवंम् पौराणिक महत्वको धार्मिक स्थल भएकाले यसलाई यथास्थितिमै रहन दिनुपर्छ भन्ने स्थानीयको माग छ। जसका कारण उनीहरु उक्त स्थानमा केबलकार बन्न दिनु हुँदैन भन्ने अडानमा छन् ।
पाथीभरामा एकातर्फ स्थानीय मुक्कुमलुङ बचाऊ संरक्षण समितिसहित पाथीभरालाई मक्कुमलुङ्गका नाममा विशेष आस्था राख्ने स्थानीयहरुले पाथीभरामा केबलकार निर्माण गर्न नमिल्ने भन्दै आन्दोलन गर्दै आएका छन्।
ऐतिहासिक परम्परा एवम् मौलिकता मास्नेगरी निजी कम्पनीले व्यापारिक प्रयोजानका लागि बनाइएका केवलकार राष्ट्रिय आयोजना हुन नसक्ने स्थानीयको भनाई छ। तर अध्यक्ष चन्द्रप्रसाद ढकालसहितका व्यपारीले प्रसिद्ध तीर्थस्थलमा यात्रा गर्न केबलकारले थप सहज हुने दावी गर्दै जबर्जस्ती प्रसासन लगाएर केवलकार निर्माण गर्न लागेका छन् ।

ढकालले ताप्लेजुङमा पाथिभरा दर्शन केवलकार प्रा.लिमार्फत् केवलकार निर्माण गर्न लागेका छन् । नाफा कमाउने नाममा कसैको आस्था र विश्वासको वेवास्ता गरी ऐतिहासिक एवम् धार्मिक तीर्थस्थलको मौलिकता मासिने गरी लागेका ढकाल स्थानीयको अवरोधपछि ढकाल एउटा समूह नै बोकेर वन मन्त्रालयदेखि विभिन्न पहुँचवालाको ढोकामा पुग्ने र शक्तिकेन्द्र धाउँदै आएका थिए, उनको यो क्रम अझै जारी छ।
के थियो सम्झौतामा ?
२०७५ साल पुस १६ को मन्त्रिपरिषद्को बैठकले ताप्लेजुङ्गको प्रशिद्ध धार्मिक स्थल पाथिभरासम्म केवलकार निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने निर्णय गरेको थियो । दुई बर्षसम्ममा निर्माण नगरे स्वत: अनुमति रद्ध हुने सम्झौता थियो । तर, लामो समयसम्म उक्त स्थान ओगटेर बसेका ढकालले म्झौताविपतित त्यहाँ केवलकार निर्माण प्रक्रिया अगाडि बढाएसँगै स्थानीय मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिसहित छ समूहले अहिले पनि निरन्तर विरोध गरिरहेको छ ।
उनीहरुले पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति, किराँच याक्थुङ चुम्लुङ सङ्घीय समिति, लिम्बू थरगत संस्था (याक्थुङ सयङ), पहिचानसहितको प्रदेश नं १ पुनः नामाङ्कन समिति तथा किराँत धर्म तथा साहित्य उत्थान सङ्घ र मुक्कुमलुङ तान्सेःप चुम्भो लगायतका दर्जन भन्दा बढी संघ, संस्था रहेका छन् ।
यस्तै, ढकालकै लगानीमा अर्काे केवलकार निर्माण हुँदैछ। सिक्लेस अन्नपूर्ण केबलकार प्रालिले मादी गाउँपालिका–१ को सिक्लेस गाउँस्थित प्वरयुममा तल्लो स्टेसन, वडा नम्बर २ को धर्मशालानजिक बीचको स्टेसन र वडा नम्बर २ कै डाँडामा माथिल्लो स्टेसन रहने गरी ६.४१६ किलोमिटर लामो केबलकार निर्माणका लागि प्रक्रिया अगाडि बढाएको छ । यो कम्पनीलाई केबलकार निर्माणका लागि विस्तृत वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयार गर्न मन्त्रिपरिषद्ले २०७८ असोज १४ मा स्वीकृति दिने निर्णय गरेको थियो । यो केबलकार अन्नपूर्ण संरक्षण आयोजनाभित्र पर्दछ । पर्यावरणका हिसाबले संसारकै चर्चित पदमार्गमा पर्ने अन्नपूर्ण पदमार्ग रहेको चर्चित अन्नपूर्ण संरक्षण आयोजनाले ओगट्ने क्षेत्र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको मातहतमा पर्छ ।
व्यवसायीले जहाँ जहाँको जङ्गल र डाँडाकाँडा माग्छन्, सोही ठाउँ कौडीको भाउमा दिनु भनेको बदमासी भएको पूर्व प्रशासकहरु टिप्पणी गर्छन्।
संरक्षित क्षेत्रभित्रका भौतिक पूर्वाधार निर्माण एवं सञ्चालनसम्बन्धी कार्यनीति, २०६५ मा नेपाल सरकारको राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाबाहेक अन्य आयोजना सञ्चालन गर्न राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्रको जग्गा उपलब्ध नगराइने उल्लेख छ ।
ढकाल यतिले अझैं अघाएका छैनन् । उनी सातै प्रदेशमा सात वटा केवलकार निर्माण गर्ने घोषणा गर्दै हिडिरहेका छन् । तर, जुनसुकै सरकार आएपनि सत्ता नजिक पुगिहाल्न खप्पिस चंदा ढकाल पैसा र राजनीतिक पहुँचका आडमा सुरक्षित छन्। उनलाई राज्यले नै संरक्षण गर्दै आएको छ। अहिले नयाँ बनेको बालेन्द्र साह नेतृत्वको सरकारसँग पनि उनले सम्बन्ध बनाउन भ्याईसके। सरकारको शक्तिशाली प्रधानमन्त्री कार्यलयको सचिवालयमै उनका ज्वाइँ छन्।
सम्बन्धित समाचार
चन्द्रागिरी जग्गा प्रकरण: भ्रष्टाचार भएको महालेखाको प्रतिवेदन, कसले सुम्प्यो माफियाको पोल्टामा?
चन्द्र ढकालबाट पाथीभराको अस्तित्व संकटमा : केबलकारको नाममा अतिक्रमण, आस्थामाथि ठाडै प्रहार
विवादित व्यापारी चन्द्र ढकालले खोले मौलाकालिका मन्दिरमै ‘आलिसान होटल’
चन्द्रागिरीमा नियमविपरीत आईएमइ समूहको ठगी, सम्झौतामा के छ ? हेर्नुहोस् रिपोर्ट
सरकारी जग्गामा केबलकार बनाउने योजनामा ‘ब्रेक’ लागेपछि कुन्ठा पोख्दै चन्द्र ढकाल
चन्द्रागिरी हिल्सको अवैध असुलीमा थाहा नगरपालिकाको आपत्ति: चेकपोइन्ट तत्काल हटाउन निर्देशन
चन्द्रागिरी हिल्सलाई नगरपालिकाले भन्यो- ‘दर्शनार्थीसँगको अवैध असुली अविलम्ब रोक्नु’
चन्द्रगिरीमा ढकाल समूहको लुटधन्दा: पैदल यात्रीसँग समेत अवैध शुल्क असुली (भिडियोसहित)
चन्द्र ढकालले गरे राज्य प्रशासनको दुरुपयोग: पाथीभरा वन अतिक्रमणमा मन्त्रालयकै संलग्नता
चन्द्र ढकालको व्यापारिक साम्राज्य: अवैध हुण्डी कारोबार,अनियमितता र सत्तासँगको साँठगाँठ
धार्मिक क्षेत्रमा केबलकार अभियान : दर्शनार्थीको सेवा कि सार्वजनिक जग्गा हडप्ने योजनाको निरन्तरता ?
ढकाल समूहको कर्पोरेट आतंक: आफ्नै बीमा कम्पनी जोगाउन नागरिकको थाप्लोमा झन्डै २ अर्बको अभियोजन








