काठमाडौं । ‘चन्द्रागिरी हिल्स’प्रालिले भालेश्वर मन्दिर दर्शन गर्न जाने पैदलयात्रुहरूसँग अनधिकृत रूपमा रकम अशुल गरेको तथ्य बाहिरिएपछि चन्द्रागिरि नगरपालिकाले उक्त अवैध अशुली तत्काल रोक्न चन्द्रागिरी हिल्स प्रालिलाई पत्र काटेको छ।
केवलकार सञ्चालनका लागि मात्र अनुमति पाएको चन्द्रागिरी हिल्सले पैदलयात्रुहरूसँग समेत प्रति व्यक्ति १०० रुपैयाँ शुल्क उठाउने गरेको तथ्य र प्रमाणका आधारमा नगरपालिकाले उक्त गैरकानुनी कार्य अविलम्ब रोक्न चन्द्रागिरी हिल्सलाई पत्र पठाएको हो।
चन्द्रागिरि नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्ण प्रसाद खड्गीले काटेको चलानी नम्बर १२७२ नम्बरको पत्रमा भनिएको छ,-‘प्रस्तुत विषयमा तहाँको कार्यालयबाट देश तथा विदेशवाट आउने पर्यटकहरुबाट प्रवेश शुल्क बापत रु १००/- लिने गरेको पाइएको र सो सम्वन्धमा अनियमितताका साथ रकम असुल गरेको भनी व्यापक जनगुनासो आएकोले विदेशी पाहुनाबाहेक नेपाल भित्रबाट आउने पर्यटकहरुसँग सो शुल्क लिने कार्य अविलम्व रोक्नुहुन अनुरोध छ।’

चन्द्रागिरी हिल्स र चन्द्रागिरी नगरपालिकाकै मिलेमतोमा प्रशिद्ध भालेश्वर मन्दिरको दर्शन गर्न जाने दर्शनार्थीसँग विगत ३ महिनादेखि १०० रुपैयाँ प्रवेश शुल्क उठईरहँदा समेत स्थानीय जनप्रतिनिधि, चन्द्रागिरी नगरपालिका र प्रहरी प्रशासनले समेत कुनै चासो नदेखाएको भन्ने व्यापक गुनासो आएपछि नगरपालिकाले उक्त अवैध कार्य रोक्न तदारुकता देखाएको हो।
चन्द्रागिरी हिल्सले राष्ट्रिय वन क्षेत्रमा अनुमति विपरीत निजी सुरक्षागार्ड राखेर दैनिक लाखौं रुपैयाँ अशुल गरिरहेको छ। यस कम्पनीले हालसम्म करिब १०,००० जनासँग झण्डै ५० लाख रुपैयाँ उठाइसकेको छ।
यो पनि
चन्द्रगिरीमा ढकाल समूहको लुटधन्दा: पैदल यात्रीसँग समेत अवैध शुल्क असुली (भिडियोसहित)






