३५ दिनभित्र ऋण तिर्न राजधानी पत्रिकालाई प्रभु बैंकको अल्टिमेटम

काठमाडौं । प्रभु बैंक लिमिटेडले राजधानी दैनिक प्रकाशन गर्ने राजधानी न्युज पब्लिकेशनलाई ऋण चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।

बैंकले सार्वजनिक सूचनामार्फत सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कर्जाको साँवा, ब्याज तथा चुक्ता हुने मितिसम्मको सम्पूर्ण बक्यौता रकम बुझाउन सारवजनिक सूचना जारी गरेको हो ।

बैंकले तोकिएको अवधिभित्र रकम भुक्तानी नगरेमा ऋणी, जमानीकर्ता तथा सम्बन्धित पक्षलाई नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्ने चेतावनी समेत दिएको छ ।

कर्जावापत धितो राखिएको सम्पत्तिमा काठमाडौं महानगरपालिका–७ स्थित मालपोत कार्यालय चाबहिलमा दर्ता रहेको घरजग्गा रहेको बैंकले जनाएको छ । सूचनामा नक्सा सिट नम्बर १०२१०२७०९ अन्तर्गत कित्ता नम्बर ३० र ३१९ को क्रमशः १ रोपनी १ आना र १ रोपनी २ आना १ पैसा क्षेत्रफल रहेको जग्गा तथा त्यसमा रहेको सम्पूर्ण संरचना धितो सुरक्षणका रूपमा रहेको उल्लेख गरिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *