मध्यपूर्व उडान भर्न १८० सीट क्षमताकाे ठूला जहाज ल्याउँदै श्री एयरलाइन्स, तिन महिनाभित्र भारतमा उडान सुरू
काठमाडौं — श्री एयरलाइन्स ले अन्तर्राष्ट्रिय उडानमा प्रवेश गर्ने तयारी गरेको छ। कम्पनीले १८० सिट क्षमताको जेट विमान ल्याएर मध्यपूर्व तथा दक्षिण–पूर्व एशियाका गन्तव्यमा उडान सुरु गर्ने योजना बनाएको हो। एयरलाइन्सका अनुसार सन् २०२६ को अन्त्य वा २०२७ को सुरुआतसम्म नयाँ जहाज भित्र्याइनेछ। सुरुमा एउटै ठूलो जहाजमार्फत दुबई, कतार र मलेसियालगायत गन्तव्यमा उडान थाल्ने तयारी…



