नेप्से ४८ अंकले बढ्यो, ९ अर्ब ९१ करोडको कारोबार

काठमाडौं । आज पनि शेयर बजार भारी अंकले बढेको छ । नेप्से परिसूचक ४८.७१ अंकले बढेर २८५१.२४ को विन्दुमा बन्द भएको छ ।

आज ३३८ कम्पनीको शेयर किनबेच हुँदा ९ अर्ब ९१ करोड माथिको शेयर कारोबार भएको छ । आज २५१ कम्पनीको शेयर मूल्य बढेको छ भने १६ कम्पनीको मात्रै घटेको छ ।

आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ४१ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३९ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त, रिलायन्स स्पीनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, सोलु हाइड्रो र होटल फरेष्टका लगानीकर्ताले कमाएका छन् । आज यी ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सुपर खुदी र सूर्यकुण्डका लगानीकर्ताले भने ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनआइसी एशिया ब्यालेन्स फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *