शिखर इन्स्योरेन्स र कालिका लघुवित्तको बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । नेप्सेमा शिखर इन्स्योरेन्स कम्पनी र कालिका लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ ।

नेप्सेमा शिखर इन्स्योरेन्स कम्पनीको ६ प्रतिशत बोनश शेयर वापत १७ लाख ८४ हजार ६८८ कित्ता बोनश शेयर र कालिका लघुवित्तको १० प्रतिशत बोनश वापत ४ लाख ०७ हजार ६९२.३०४८ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

यी कम्पनीहरुको सूचिकृत भएको उक्त शेयर सोमबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *