शिखर पावरको शेयर भोलिबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

काठमाडौं । शिखर पावर डेभलपमेन्टको शेयर आज बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। यो कम्पनीको शेयर भोलि शुक्रबारबाट कारोबारमा आउने भएको हो।

नेप्सेमा शिखर पावरको कुल ९८ लाख कित्ता शेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारणको ३२ लाख कित्ता (३२.६५ प्रतिशत) र संस्थापकको ६६ लाख कित्ता (६७.३५ प्रतिशत) रहेको छ।

पहिलो कारोबारका लागि नेप्सेले शिखर पावरलाई प्रतिकित्ता न्यूनतम ९४.७८ रुपैयाँदेखि अधिकतममा २८४.३४ रुपैयाँ तोकेको छ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *