कांग्रेसले बैशाख ४ गते संसदीय दलको नेता छान्ने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया वैशाख २ गतेबाट सुरु हुने भएको छ। निर्वाचन समितिका संयोजक सहमहामन्त्री प्रकाश स्नेही रसाइली ले वैशाख २ गते प्रक्रिया सुरु गरी ४ गते मतदान गर्ने तयारी रहेको जानकारी दिएका छन्।

‘हामी वैशाख २ गते बैठक बसेर प्रक्रिया सुरु गर्छौँ र ४ गते निर्वाचन गर्छौँ,’ रसाइलीले बताए। उनका अनुसार वैशाख ३ गते सहमतिका लागि समय छुट्याइनेछ। सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिने र सहमति नभए निर्वाचनमार्फत नेता चयन गरिनेछ।

प्रतिनिधि सभामा नेपाली कांग्रेसका ३८ सांसद छन्, जसमध्ये १८ जना प्रत्यक्ष र २० जना समानुपातिक प्रणालीबाट निर्वाचित भएका हुन्।

दलको नेतामा चार जनाले रुचि देखाएका छन्। अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्यभरतबहादुर खड्का ले नेतृत्वका लागि इच्छा व्यक्त गरेका छन्। केसी र आङ्देम्बेले सार्वजनिक रूपमा दाबीसमेत गरिसकेका छन्।

निर्वाचन समितिमा केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटवाल सदस्यका रूपमा रहेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *