वर्तमान संकटको मुख्य कडी प्रधानमन्त्रीको कार्यशैली, गल्ती सच्याउन एमालेको माग

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिका कारण देश गम्भीर राष्ट्रिय संकटको भूमरीमा फसेको बताएका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै नेता थापाले वर्तमान राजनीतिक संकटका लागि प्रधानमन्त्रीको अभिव्यक्ति र त्यसपछिका कूटनीतिक गतिविधिहरू जिम्मेवार रहेको दाबी गरे। उनले संकटको मुख्य स्रोत प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछाने र…

Read More

संसदमा श्रम संस्कृतिको विरोध, सभामुखले पेलेर सदन अगाडि बढाए

काठमाडौं । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाको बैठकमा विरोध जनाएका छन् । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामै सांसदलाई बोल्न नदिएको र विभेद गरेको भन्दै अध्यक्ष हर्क साम्पाङ लगायत श्रम संस्कृति पार्टीका सांसदहरुले उठेर विरोध जनाइरहेका छन् । सभामुख अर्यालले भने सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालको मनतव्यमा समेत बोलिरहेको र विरोध जनाइरहेको कारण रोष्टममा गएर बोल्ने तयारी नरहेकोले…

Read More

यो देश गीत गाएर राजनीतिक भाषण ठोकेर बनेको देश होइन : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालको सीमासम्बन्धी विषयलाई राष्ट्रिय सरोकारको अतिसंवेदनशील मुद्दा भएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सीमाको विषय कुनै एक दल वा प्रतिपक्षको मात्र मुद्दा नभई सम्पूर्ण संसद र राष्ट्रको साझा मुद्दा भएको धारणा राखे । उनले देशको बहालवाला प्रधानमन्त्रीले नेपालले अर्को देशको भूमि मिचेको आशयको अभिव्यक्ति…

Read More

प्रधानमन्त्रीको जेठ १७ को अभिव्यक्तिबाट संसदमा संकट सुरु भयो : सांसद थापा

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले देश गम्भीर राष्ट्रिय संकटमा फसेको भन्दै त्यसको स्रोत र समाधानबारे ठोस विश्लेषण आवश्यक रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वर्तमान संकटको निकास खोज्न संसद् एक साताभन्दा बढी समयदेखि अवरुद्ध रहेको र सदनभित्र संघर्ष जारी रहेको बताए । उनले संकट कसरी उत्पन्न भयो, यसको स्रोत…

Read More

राजनीतिमा लागेपछि षड्यन्त्र गर्न पनि सिक्नुपर्ने रहेछ ः अध्यक्ष घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजनीतिमा लागेपछि षड्यन्त्र गर्न पनि सिक्नुपर्ने रहेछ भन्ने अनुभव भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले आफूहरु षड्यन्त्रको सिकार बनेको भन्दै अब षड्यन्त्रमा होइन, देशको एउटा सशक्त पार्टी र शक्तिको रुपमा जनताको विश्वास कमाएर स्थापित हुने बताए । उनले भने, ‘राजनीतिमा लागेपछि…

Read More

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता संवेदनशील विषयको समाधान आवेग र उत्तेजनाबाट नभई संयमित तथा कूटनीतिक संवादमार्फत खोजिनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आङदेम्बेले वर्तमान राजनीतिक परिस्थिति असामान्य रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाभिमानको विषयमा सबै संवेदनशील हुनुपर्ने बताए । उनले भने, ‘विपक्षी ज्युहरुले आफ्नो असन्तुष्टि व्यक्त गरिरहनु भएको…

Read More

छापामार शैलीमा आएर प्रधानमन्त्रीले फेरि उद्दण्डता मच्चाउँछ्न् कि भन्ने डर छ : सांसद आङ्देम्वे

काठमाडौं । नेपाली कांग्रेसले अब प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा नखोज्ने बताएको छ । आज जारी संसद बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्वेले प्रधानमन्त्रीले बोलेकै कुरामा अब संसद लामो समय अल्मलिन नहुने पनि बताए । उनले संसदको रोष्ट्रममा उभिएर बोल्दै संसद प्रधानमन्त्रीलाई नचाहिएको भए पनि प्रतिपक्षीलाई प्रधानमन्त्री चाहिएको भन्दै प्रधानमन्त्रीको उपस्थितिलाई छापामार शैली भने। ‘प्रधानमन्त्री…

Read More

प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा क्षेत्रको अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छ : परराष्ट्रमन्त्री खनाल  

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा प्रधानमन्त्री बालेन शाहले उल्लेख गरेको विषय मूलतः दशगजा क्षेत्रको अतिक्रमण र ‘क्रस बोर्डर अकुपेशन’ (सीमापार भू–उपयोग) सँग सम्बन्धित रहेको स्पष्ट पारेका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खनालले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर उठेका जिज्ञासाबारे स्पष्टीकरण दिँदै उनले यस्तो बताएका हुन्। उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलतः…

Read More

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने आधार तयार गरेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा भ्रमणबारे जानकारी गराउँदै उनले उक्त भ्रमणले नेपालको सन्तुलित र बहुआयामिक परराष्ट्र नीतिलाई थप सशक्त रूपमा अभिव्यक्त गर्ने अवसर प्रदान गरेको बताए । उनका अनुसार भ्रमणका क्रममा व्यापार तथा लगानी विस्तार, ऊर्जा…

Read More

विवादित भनाइ प्रधानमन्त्री आँफैले सच्याउनुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति आफैँले सच्याउनुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले परराष्ट्रमन्त्री शिशिर खनाल बोल्ने कुरामा आफूहरूको सहमति नरहेको बताए । “त्यसमा सहमति छैन । जुन निर्णयप्रति विरोध गर्छौं । प्रधानमन्त्री पदलाई जिम्मेवार बनाउन खोजेको हो,” उनले भने । प्रधानमन्त्रीको…

Read More

बस्दै नबसी सर्यो प्रतिनिधि सभा बैठक

काठमाडौँ।  आज (बुधबार) बिहान ११:०० बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक बस्दै नबसी सरेको छ। विशेष कारणवश निर्धारित समयमा बैठक बस्न नसकेको भन्दै  समय परिवर्तन गरिएको संघीय संसद् सचिवालयले जनाएको छ। अब प्रतिनिधि सभाको बैठक आजै दिउँसो २:०० बजे बस्ने गरी निर्धारण गरिएको छ। संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचना अनुसार…

Read More

दल त्याग गरेका एमालेका ८ वडाध्यक्षको पद रिक्त (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले दल त्याग गरेका नेकपा एमालेका ८ जना वडाध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ। आयोगले बुधबार दल त्याग गरी पद रिक्त भएको बारे एक सूचना प्रकाशन गर्दै २०७९ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भई हाल अन्य दलमा प्रवेश गरेका जनप्रतिनिधिहरूको पद स्वतः रिक्त भएको जानकारी गराएको हो। राजनीतिक दलसम्बन्धी ऐन,…

Read More

प्रधानमन्त्री र मविरुद्ध नियोजित आक्रमण भइरहेको छ: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहसँग सम्बन्धित शक्तिहरूबाट प्रधानमन्त्री र आफूविरुद्ध नियोजित रूपमा आक्रमण भइरहेको दाबी गरेका छन्। प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिमा बुधबार बजेटसम्बन्धी छलफलका क्रममा बोल्दै उनले सरकार वित्तीय अनियमिततासम्बन्धी गम्भीर प्रकरणको छानबिनमा जुटेकाले त्यसबाट असन्तुष्ट समूहहरूले विभिन्न माध्यमबाट दबाब सिर्जना गर्न खोजिरहेको आरोप लगाए। वाग्लेले प्रधानमन्त्री…

Read More

प्रतिनिधिसभा बैठक बस्दै, अवरोध नभए आगामी आवको बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको भनेर दिएको विवादित अभिव्यक्तिलाई लिएर जेठ १७ देखि अवरुद्ध हुँदै आएको संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ। प्रधानमन्त्रीले संसद् बैठकमा उपस्थित भएर विवादित वक्तव्यको माफी माग्नुपर्ने, संसदको रेकर्डबाट हटाउनुपर्ने मागसहित प्रतिपक्षी दलले निरन्तर संसद् अवरोध गरिरहेका बेला आज पनि…

Read More

नयाँ मन्त्रीको वरीयताः सुधनलाई पाँचौं, महावीर आठौं

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को मन्त्रिपरिषद्का नवनियुक्त गृहमन्त्री सुधन गुरुङलाई पाँचौँ वरीयता दिइएको छ । शाहले मंगलबार हेरफेर गरेको मन्त्रिपरिषद्‌मा गुरुङ पाँचौँ वरीयतामा छन् । त्यस्तै, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन आठौँ वरीयतामा छन् । उनीहरूले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।  

Read More

प्रतिनिधिसभा बैठक बुधबार बस्ने गरी स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक आज स्थगित भएको छ । मंगलबार बसेको बैठकमा विपक्षी दलले विरोध गरेपछि स्थगित भएको हो । सभामुख डोलप्रसाद अर्यालले भोलि (बुधबार) बस्ने गरी स्थगित भएको जानकारी दिए ।

Read More

राष्ट्रहितविरुद्धका अभिव्यक्ति रोक्न साम्पाङले गरे संकल्प प्रस्ताव दर्ता

काठमाडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले राष्ट्रको सार्वभौमिकता तथा राष्ट्रिय हितसँग सम्बन्धित विषयमा जिम्मेवार अभिव्यक्ति दिनुपर्ने माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव पेस गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उक्त संकल्प प्रस्ताव प्रस्तुत गरेका हुन् । उनले जेठ १७ गते बसेको प्रतिनिधिसभाको आकस्मिक बैठकमा प्रधानमन्त्री बालेन्द्र साहले संसद्मा उठेका प्रश्नहरूको…

Read More

नेपाललाई सीमा अतिक्रमणकारी देशका रूपमा चित्रित गर्न खोजियो : निष्कल राई

काठमाडौं । नेपाली कांग्रेसका सांसद निष्कल राईले नेपाललाई सीमा अतिक्रमणकारी देशका रूपमा चित्रित गर्ने कुनैपनि प्रयास स्वीकार्य नहुने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालले छिमेकी देश भारतको कुनैपनि भू–भाग अतिक्रमण नगरेको दाबी गरे । उनले नेपाल विश्व समुदायको नजरमा सीमा अतिक्रमणकारी राष्ट्र नभएको र भविष्यमा पनि बन्न नसक्ने बताए। उनले भने,…

Read More

विपक्षी दलहरूद्वारा मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरोध

काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक आज(मंगलबार) पनि अवरोध गरेका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकको कारबाही सुरु गर्नेबित्तिक्कै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले १७ जेठमा नेपालले भारतको सीमा मिचेको भनेर दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले अभिव्यक्ति सच्याउनुपर्ने भन्दै विपक्षी दलका सांसदहरूले लगातार संसद अवरोध गर्दै आएका…

Read More

प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमाले सांसद थेवेको माग

काठमाडौं । नेकपा एमालेका सांसद क्षितिज थेवेले राष्ट्रिय सीमासँग जोडिएको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याएर संसदमा माफी माग्नुपर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थेवेले आफूहरू विरोधका लागि मात्र नभई राष्ट्रिय हित र राष्ट्रिय सुरक्षासँग जोडिएको गम्भीर विषयमा धारणा राख्न उभिएको बताए। उनले सांसदहरूको मुख्य दायित्व संविधानसँग नबाझिने गरी राष्ट्रिय हितका लागि…

Read More