काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको ९ लाख ९४ हजार १६४ कित्ता शेयर बिक्रीमा राखेको हो ।
यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन्।
निवेदन काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ। यसका लागि ३५ दिनको समय दिइएको छ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेय खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।
Artha Sanjal






