प्रि ओपन सेसनमा करिब ५ अंक बढ्यो नेप्से

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंक बढेर बन्द भएको छ।

यस दिन सो सेसनमा ४.९४ अंक बढेर २८४२.७३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.९८ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ५० स्टकको १४० पटकको कारोबारमा ५६ लाख ५५ हजार ९१ रुपैयाँ ५० पैसाबराबरको ७ हजार ४८८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २५ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *