राष्ट्र बैंकले कारबाही गरेकी लामिछालाई पुन: प्रभु बैंकको संचालक बनाउँदै भट्टचन, के छ स्वार्थ ?

काठमाडौं। प्रभु बैंक लिमिटेडका पूर्व अध्यक्ष तथा प्रभु ग्रुपका अध्यक्ष सांसद देवी प्रकाश भट्टचनले बैंककी पूर्व संचालक अम्बिका शर्मा लामिछानेलाई पुन: बैंकको संचालक बनाउने तयारी गरेका छन्। लामिछानेलाई अध्यक्ष भट्टचनले आँफू अध्यक्ष भएकै समयमा बैंकको संचालक नियुक्त गरेका थिए। तर नेपाल राष्ट्र बैंकले अध्यक्ष भट्टचनलाई हुण्डी लगायतका अवैधानिक कारोबार गर्ने गरेको भन्दै कारबाही गर्ने तयारी गरेपछि उनीसँगै राष्ट्र बैंकलाई सेल्फ कमिटमेन्ट पत्र दिएर लामिछाने पनि बैंकबाट बाहिरिएकी थिईन।

नेपाल राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय सँस्थालाई जारी एकीकृत निर्देशन २०७७ को निर्देशन नम्बर ६/ ०७७ को बुँदा न. ८ को खण्ड क(३) को व्यवस्था विपरित प्रभु मनि ट्रान्सफर प्रा.लि र प्रभु बैंक लिमिटेड बीच अवैधानिक कारोबार भएको भेटिएपछि २०७७/७८ को तेश्रो त्रैमासमा राष्ट्र बैंकले प्रभु बैंकका अध्यक्ष भट्टचन, संचालक अम्बिका लामिछाने लगायत अन्य संचालक एवं बैंकका प्रमुख कार्यकारी अधिकृतलाई समेत नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा (२) को खण्ड ( क) बमोजिम कारबाही गरेको थियो।

राष्ट्र बैंकको कारबाहीमा परेकी तिनै लामिछानेलाई पुन: प्रभु बैंकको संचालक बनाउन अध्यक्ष भट्टचन हात धोएर लागिपरेका छन्। प्रभु बैंक लिमिटेडलेको २३ औं बार्षिक साधारण सभाबाट लामिछानेलाई पुन: संचालक बनाउने भट्टचनको योजना छ। जसअनुसार उनले आफ्ना प्राईभेट कम्पनीका कर्मचारी, बिक्री प्रबन्धक प्रभु क्यापिटलका अध्यक्ष, सीइओ तथा प्रभु बैंकका कर्मचारी समेत साधारण सभाका लागि कोरम पुर्याउने बहानामा प्रोक्सी उठाउँदै हिडेका छन्। बैंकका अधिकांश ठूला शेयरहोल्डको प्रोक्सी भट्टचनले उठाईसकेका छन्। तर आफ्ना स्वार्थका व्यक्तिलाई संचालक बनाउने महत्वकांक्ष राखेर प्रोक्सी उठाउँदै हिडेको भएपनि नेपाल राष्ट्रले भने प्रभु बैंकको ब्यालेन्ससीट अझैसम्म पास गरेको छन्। जुन कम्पनी ऐन विपरित छ।

उनका नाममा भईरहेको प्रोक्सी संकलनका बिषयमा लामिछानेले आँफूलाई कुनै जानकारी नभएको बताईन्। तर प्रभु बैंक आँफैले जन्माएको सँस्था भएकाले माया लागेर पुन: बैंकको संचालक बन्न लागेको उनको दावी छ । भट्टचन अध्यक्ष हुँदा संचालक मनोनित भएकी लामिछानेलाई पनि राष्ट्र बैंकले भट्टचनसँगै  कारबाही गरिसकेको छ।

संचालक नियुक्त गर्न  किन गर्दैछन् चलखेल ?

प्रभु बैंकका पूर्व अध्यक्ष एकातर्फ राष्ट्र बैंकले संकास्पद कारोबार गरेपछि कारबाही स्वरूप सचेत गराएको र अर्कोतर्फ आँफू नेकपा एमालेका सांसद भएका कारण प्रत्यक्ष रुपमा पब्लिक लिमिटेड कम्पनीमा सक्रिय नरहेको देखाउन खोजेका छन्। तर उनी अप्रत्यक्ष रुपमा पुन बैंक हत्याउने योजनामा छन्। भट्टचन आफैँ बैंकको अध्यक्ष हुँदा र नहुँदासमेत प्रभु मेनेजमेन्ट लगायत आफ्ना विभिन्न प्राईभेट कम्पनीमा बैंकबाट प्रवाह भएको २ अर्बबढी कर्जा अपचलन भएपछि निष्क्रिय अवस्थामा छ। जसको व्यवस्थापन गर्न पनि भट्टचनलाई बैंकमा आफ्ना व्यक्ति पठाउनुपर्ने छ।

नेपाल राष्ट्र बैंकको सुपरिवेक्षणले उक्त कर्जाको सतप्रतिशत प्रोभिजन गर्न र रिकोभरी प्रक्रियामा जान भनिसकेको छ। तर पटक- पटक म्याद थप गर्दै आएका भट्टचनले भने उक्त कर्जा यहि असोज मसान्तसम्म तिर्ने र नसके अर्को कुनै वाणिज्य बैंकमा सार्ने कमिटमेन्ट गरेको भएपनि हालसम्म सो ऋण प्रभु बैंकमा जस्ताको त्यस्तै छ। उनले एकातर्फ बैंकको ऋण तिर्नका लागि शेयर बिक्रीमा राखेको देखाएका छन् भने अर्को तर्फ सोहि ऋण व्यवस्थापन गर्नका लागि आफ्ना स्वार्थका व्यक्ति बैंकको संचालक बनाउन नियमविपरित बैंक तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका कर्मचारी प्रयोग गरी धमाधम बैंकका शेयरहोल्डरको भोट संकलन गरिरहेका छन् ।

यसरी नियमविपरित काम नै बन्द गरी  लामिछानेलाई संचालक बनाउन प्रोस्की कलेक्सन गर्दै हिड्नेमा प्रभु क्यापिटलका अध्यक्ष राम पाण्डे,  प्रभु क्यापिटलकै सीइओ आशिष गौचन,  चिफ विजनेस अफिसर बासु थपलिया, प्रभु बैंक गण्डकी प्रदेशका प्रमुख राजु राना लगायतका कर्मचारी नै छन्।  तर उनीहरुले भने यस बिषयलाई अस्विकार गरेका छन् ।

आफ्नो स्वामित्वको शेयर बिक्रीमा राखेर संचालकको दौडमा 

प्रभु बैंक लिमिटेडको पुन: संचालक बन्ने महत्वकांक्षा राखेकी अम्बिका शर्मा लामिछाने प्रभु बैंक अर्थात् आँफै संचालक बन्न लागेको सँस्थाको आफ्नो स्वामित्वको पाँच लाख कित्ता सँस्थापक शेयर बिक्रीमा राखेकी छन्। यसरी हेर्दा संचालक बन्न लागेकी लामिछानेलाई पनि प्रभु बैंकप्रति विश्वास नरहेको देखिन्छ। लामिछाने आफ्नो स्वामित्वको शेयर बिक्रीमा राखेर किन अन्य लगानीकर्तासँग भोट माग्दै प्रोक्सी उठाउँदै हिडेकी छन् यो आम लगानीकर्ताको चासोको बिषय बनेको छ।

त्यस्तै, बैंकका अध्यक्ष भट्टचनले पनि आफ्नै छोरी शिक्षा भट्टचनको नामको ७ लाख ३३ हजार ७ सय ६ कित्ता र आफन्तका नाममा रहेको सँस्थापक शेयर बिक्रीमा राखेका छन्। एकातर्फ भट्टचन प्रभु बैंक बाहिरिसकेको दावी गर्दै दायित्वबाट पन्छिरहेका छन् भने अर्कोतर्फ राष्ट्र बैंकबाट ब्यालेन्ससीट पास भएर साधारण सभाको मिति तय हुनुभन्दा महिनौं दिन अघिदेखि नै अम्बिका लामिछानेसहित आफ्ना स्वार्थ समूहका व्यक्तिलाई बैंकको संचालक बनाउन सहयोग गरिदिन भन्दै भोट माग्दै हिडिरहेका छन्। यसबाट पनि भट्टचन नेपाल राष्ट्र बैंकको कारबाही र बैंकबाट आँफू अध्यक्ष हुँदा प्रभु ग्रुपका नाममा प्रवाह भएका अर्बौ रुपैयाँ खराव कर्जाको दायित्वबाट बच्नका लागि मात्र बैंकबाट बाहिर बसेका हुन् भन्ने बुझिन्छ।

बैंकका लगानीकर्तालाई किन छैन चासो ?

प्रभु बैंक लिमिटेडभित्रका गलत प्रात्र प्रवृति तथा बैंकको समग्र आर्थिक अवस्थाबारे बैंकका ठूला लगानीकर्ताहरुनै अनभिज्ञ छन्। उनीहरुलाई बैंकको साधारण सभा कहिले हुन्छ ? कति लाभांश दिन्छ या दिँदैन? भन्ने बिषयमा समेत कुनै चासो छैन। बैंकको साधारण सभाका लागि कोरम पुर्याउनु पर्ने भन्दै अध्यक्ष भट्टचनका कर्मचारी आउने र खाली प्रोक्सीमा हस्ताक्षर गरेर लैजाने गरेको लगानीकर्ताहरु बताउँछन् । उनीहरुको भोटले को अध्यक्ष बन्छ या को संचालक बन्छ भन्ने समय उनीहरुलाई जानकारी नभएको एक ठूला शेयरहोल्डर बताउँछन् । उनी भन्छन्,- ‘हरेक बर्ष तपाईकै पक्षमा काम गर्ने हो भोट दिनुस् भन्दै भट्टचन आउँछन् । हामीले त उनैलाई दिने गर्या छ । यसपटक पनि लागिसके तर साधारणसभा कहिले हो, कस-कसलाई सच्लालक बनाउन खोजेको हो थाह छैन ।’

तर, केहि लगानीकर्ताले भने बैंकका संचालकको गलत नियत, खराव व्यवस्थापनसँगै आँफूहरुले समते बैंकको काम कारबाहीमा कुनै चासो नदेखाएकाले पनि बैंकको वित्तीय अवस्था कमजोर बन्दा लामोसमयदेखि लाभांश नपाएको र यसपटक सोचेर मात्रै संचालक तथा व्यवस्थापक चयन गर्ने बताएका छन्। उनीहरुले यसबारे सबै लगानीकर्तालाई सचेत रहन समेतआग्रह गरेका छन् ।

तर भट्टचनले भने आँफू बैंकबाट बाहिरिएर राजनीतिमा लागिसकेकोले यसबारे आँफूलाई जानकारी नभएको बताएका छन् ।

यो पनि पढ्नुहोस

सहकारी ठगी : एमाले संसाद भट्टचनविरुद्ध राष्ट्र बैंकमा उजुरी, प्रहरीमा जाहेरी

प्रभु बैंकका सिनियर डेपुटी न्यौपानेसहित १८ जना बैंकबाट बाहिरिँदै, अब को बन्छ सिईओ ?

भट्टचनको सामु निरीह प्रभु बैंकः शेरचनकाे वित्तीय अपराधमा राष्ट्र बैंक किन चिम्लिँदै छ आँखा ?

प्रभु बैंकभित्र भीआरएस आतंक: डेपुटी सीईओसम्म निकाल्ने शेरचनको तयारी

प्रभु बैंकका अध्यक्ष सिटौलाले रोकेका थिए १ करोड घोटालाका दोषी प्रमोदको सरुवा [फलोअप]

प्रभु बैंकमा सीईओ शेरचनकी सम्धीनीको हालीमुहाली: नियमविपरित नियुक्ति, बर्षैपिच्छे करार थप

प्रभु बैंकका पूर्व अध्यक्ष भट्टचन र लामाबीचको विवाद अदालतमा, ४ वाणिज्य बैंकको झन्डै ७२ करोड निक्षेप जोखिममा

अदालतले भन्यो- प्रभु बैंकका सीईओ शेरचन २०८२ बैशाख ९ गतेसम्म मात्रै योग्य

प्रभु बैंकका सीइओ शेरचनको बद्मासी: पद्मा कोलोनी र मर्चेन्टको नाममा धितोले नखाम्ने अर्बौ ऋण प्रवाह

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *