काठमाडाैं । प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशकी प्रमुख व्यवसायिक केन्द्र अधिकृत ( CBCO)शान्ती शेरचनको नियुक्ति नियम विपरित रहेको पाईएको छ। बैंकको कर्मचारी नियमावली विपरीत शेरचन ६० बर्षको उमेर हद नाघिसकेपछि समेत बैंकको प्रदेश प्रमुखको जिम्मेवारीमा छिन्। पावर र पोसिजनका आडमा शेरचन नीति नियमको समेत खिल्ली उडाउँदै विगत ३ वर्षदेखि बैंकको कार्यकारी पदमा (करारमा) छिन्। शेरचन बैंकका सीईओ अशोक शेरचनकी सम्धीनी हुन्।
शान्ती शेरचनको उमेरहद नाघिसकेको छ। तर पनि बैंकको सीबीसीओ जस्तो महत्वपूर्ण कार्यकारी पदमा छिन। सीईओ शेरचनले बर्षेनी समय थप गर्दै उनको करारअवधी लम्ब्याईरहेका छन्। सीईओसँगको निकटतम पारिवारिक सम्बन्धकै कारण उनको करारनामा थप भईरहेको हो।
बैंकको कर्मचारी विनियमावली अनुसार करार नियुक्तिका सम्बन्धमा कुनै खास/ विशेष काम वा पदको निमित्त विशेष दक्षता भएको व्यक्तिलाई एक पटकमा, एक बर्षमा नबढाई पदपूर्ति समितिको सिफारिसमा कार्यकारी प्रमुखले करारमा नियुक्त गर्न सक्नेछन्। यसको अर्थ संस्थालाई निकै ठूलो फाईदा हुने कुनै विशेष अवस्थामा भएमा करारमा नियुक्त गर्न सकिन्छ भन्ने हो । तर शेरचनकै भनाई अनुसार बैंकको प्रदेश प्रमुख भन्दा माथिको जिम्मेवारीमा रहेकी शेरचनले सामान्य लेखपढ गर्न मात्रै जानेकी छन्।
त्यस्तै, विनियमावलीमा आउटसोर्स मार्फत् नियुक्त कर्मचारीबाट कोर बैंकिङ सर्भिसका लागि कार्यसम्पादन गर्न/गराउन पाइने छैन भनी प्रष्ट उल्लेख गरेको छ। तर शेरचनलाई बैंकका प्रदेश प्रमुख राजु राना भन्दापनि माथिल्लो ओहोदा राखेर सम्पूर्ण अधिकार प्रदान गरी हरेक बर्ष करारअवधी थप गर्दै राखिएको छ।
बैंकको कर्मचारी विनियमावलीको अनुसूची-२ मा कर्मचारीको नियुक्तिका लागि चाहिने न्यूनतम शैक्षिक तथा अन्य योग्यता तोकिएको छ। जसमा व्यवस्थापकीय श्रेणीका लागि मान्यताप्राप्त शैक्षिक सँस्थाबाट स्नातकोत्तर वा सो सरहको उपाधी हासिल गरी सम्बन्धीत बिषयमा कम्तिमा ५ बर्ष कार्यानुभव भई निकटतम तल्लो पदमा कम्तिमा १ बर्षको कार्यानुभव भएको वा स्नातक वा सो सरह उपाधी हासिल गरी सम्बन्धीत क्षेत्रमा कम्तिमा १० बर्षको कार्यानुभव भई निकटतम तल्लो पदमा कम्तिमा २ बर्षको कार्यानुभव भएको हुनुपर्नेछ भनि प्रष्ट उल्लेख व्यवस्था छ।
बैंकको व्यवस्थापकी पदमा खुल्ला तथा आन्तरिक प्रतिष्पर्धाबाट लिखित/ मौखिक परिक्षा उत्रिण गरेपछि मात्रै नियुक्त हुने व्यवस्था छ। तर उनलाई नियमविपरीत व्यवस्थापकी श्रेणीमै करारमा नियुक्त गरिएको छ। यसले बैंकको संस्थागत सुशासनकै धज्जी उंडाएको छ।
यस सम्बन्धमा कानूनी प्रावधान र बैंकको नीति नियमबारे आँफुलाई केहि जानकारी नभएको बताउँछिन्। उनी भन्छिन्, ‘आमाको निधनपछि म एक्लै भएकाले निकै विक्षिप्त भए। यो देखेर फुर्सदको समय व्यतित गर्नकै लागि पूर्व अध्यक्ष भट्टचन र सीईओ शेरचनले बैंकमा काम गर्नू राम्रै हुन्छ भनेकाले उनीहरुकै दवावमा बसेकी हुँ। राष्ट्र बैंकबाट पनि बस्न नमिल्ने भनेर आएको त सुनेको हो, अब भने छोड्छु होला।’
त्यस्तै, बैंक तथा वित्तीय संस्थासम्बन्धी नियम अनुसार कुनै पनि कर्मचारीले आफ्नै घरमा बैंकको कार्यालय राख्न मिल्दैन। तर प्रभु बैंकको गण्डकी प्रादेशिक कार्यालय शान्ती शेरचनकै घरमा रहेको छ। उनले आफ्नो निजी घरमा तल बैंकको शाखा कार्यालय राखेकी छन् भने माथिल्लो तलामा प्रदेश कार्यालय छ। उनले अन्यको तुलनामा भाडा बढाएर यी दुवैबाट छुट्टाछुट्टै भाडा अशुल गर्ने गरेकी छन्।
शेरचनले पदको दुरुपयोग गर्दै वित्तीय अपराधमा मुछिएकाहरुलाई समेत कर्जा प्रवाह गरेको देखिएको छ। कुनै पनि सँस्थालाई प्रवाह गर्ने ठूला कर्जामाथिको प्रतिवेदन विभिन्न तहबाट स्वीकृत गरेपछि मात्रै अनुमोदन हुन्छ। तर उनको ठाडो निर्देशनमा २०८१/ ३ / २७ गते ३ करोड ५० लाख रुपैयाँ स्वीकृत भएको भनी बैंकको लेटरप्याडमा लेखेर दिइएको पाइएको छ।
आवाज उठाउने कर्मचारीमाथि कुटपिट
बैंक भित्र शेरचन कर्मचारीको मनोवल गिर्नेगरी प्रस्तुत हुने गरेकी छन्। उनले तत्कालिन सेन्चुरी कमर्सियल बैंकका एक बरिष्ट अधिकृतमाथि मनोमानी ढंगबाट कनिष्ठ भूमिकामा राखी हतोत्साहि बनाउँदै निरिह बनाएर सरुवा गरेपछि उनले केन्द्रिय कार्यालय मानव संसाधन विभागमा लिखित उजुरी गरेका थिए। यसै बिषयलाई लिएर शेरचनको संरक्षणमा प्रदेश प्रमुख राजु रानाले गुण्डागर्दी शैलीमा निर्घात कुटपिट गरे । उनले कुटपिटबाट च्यातिएको आफ्नो कमेज र फुटेका मोबाइलका टुक्रासहित नेपाल राष्ट्रबैंक पोखरामा २०८१ /१/१९ गते उजुरी पनि दिए। कार्यस्थलमा हुने अपराध तथा कर्मचारी विनियमावलीअनुसार रानालाई जागिरबाट निलम्बन गरिनुपर्ने हो। तर शेरचनको आडमा उनलाई स्पष्टिकारण मात्रै सोधेर रानालाई यस्तो गम्भीर अपराधबाट उन्मुक्ति दिइएको छ। हालसम्मपनि न राष्ट्रबैंकमा परेको उजुरीको सम्बोधन भएको छ। न त रानामाथि कुनै कानूनी कारबाही। उल्टै कुटिने ती बरिष्ट अधिकृतलाई पोखराबाट अन्यत्र सरुवा गरिएको छ।
प्रभु बैंकमा शेरचनका परिवारकै हालीमुहाली
प्रभु बैंक शेरचनले आफ्ना आफन्त भर्ती गर्ने थलो बनाएका छन्। केन्द्रिय कार्यालयमा शेरचनका भान्जा प्रतिक भट्टचन सिनियर अफिसरमा कार्यरत छन्। प्रादेशिक कार्यालय प्रमुखमा सम्धीनी राखेका छन्। पोखराको हरीचोक शाखामा उनकी छोरी कार्यरत छिन्। त्यस्तै, एजुकेसन हबको नयाँ एक्सटेन्सन खोलेर हालै मात्र भदैनी भर्ती गरिएको छ। लुम्बिनी प्रदेशको cbco मा शेरचनका ज्वाईं सुनिल राना रहेका छन।
यी त उदाहरण मात्रै हुन्। बैंकका महत्वपूर्ण पदमा योग्यता र क्षमताका आधारमा खुल्ला प्रतिस्पर्धाबाट आएका कर्मचारीभन्दा पनि शेरचनले नातावाद र कृपावादले नियुक्त गरेका कर्मचारी बढी छन्। त्यसमा पनि योग्य कर्मचारीलाई अनेक किसिमका तनाव दिएर बैंक छोड्न बाध्य पार्ने र उक्त स्थानमा कोटाका कर्मचारी भर्ती गर्ने गरिएको पाईएको छ।
बैंकमा एकातर्फ ओभर स्टाफिन्ङ्ग भएको भन्दै भीआरएस योजना ल्याएको छ भने अर्कोतर्फ धमाधम कर्मचारी नियुक्त गरिएको छ। हालैमात्र पनि स्वार्थ बाझिने गरी शेरचनले बैंकको एक्सट्रनल अडिट कम्पनीका साझेदारकी नातेदारलाई म्यानेजमेन्ट ट्रेनीमा (MT)नियुक्त गरेका छन्।
भट्टचनको सामु निरीह प्रभु बैंकः शेरचनकाे वित्तीय अपराधमा राष्ट्र बैंक किन चिम्लिँदै छ आँखा ?
प्रभु बैंकभित्र भीआरएस आतंक: डेपुटी सीईओसम्म निकाल्ने शेरचनको तयारी
प्रभु बैंकका अध्यक्ष सिटौलाले रोकेका थिए १ करोड घोटालाका दोषी प्रमोदको सरुवा [फलोअप]
प्रभु बैंकका सीइओ शेरचनको बद्मासी: पद्मा कोलोनी र मर्चेन्टको नाममा धितोले नखाम्ने अर्बौ ऋण प्रवाह
अदालतले भन्यो- प्रभु बैंकका सीईओ शेरचन २०८२ बैशाख ९ गतेसम्म मात्रै योग्य
अर्थ सन्जाल