प्रभु बैंकका सिनियर डेपुटी न्यौपानेसहित १८ जना बैंकबाट बाहिरिँदै, अब को बन्छ सिईओ ?

काठमाडौं । प्रभु बैंक लिमिटेडका सिनियर डेपुटी सीईओ मनोज कुमार न्यौपानेसहित १८ जना सिनियर कर्मचारीहरु बैंकबाट बाहिरिने भएका छन्। बैंक छोड्नेमा अधिकांश तत्कालिन सेन्चुरी कमर्सियल बैंकका कर्मचारी छन्।

बैंकले ओभरस्टाफिंगको कारण देखाउँदै ल्याएको योजना अनुसार ठूलो संख्यामा कर्मचारी बाहिरिन लागेका हुन्  भिआरएसमा बाहिरिनेमा डेपुटी मनोज कुमार न्यौपाने, एजीएमद्वय राजेश भण्डारी र दिपेश प्रधान, सिनियर म्यानेजर शिव गोपाल रिसाल, म्यानेजरद्वय दिक्षा श्रेष्ठ र मुकुन्द लामिछाने लगायतका कर्मचारीहरु छन्।

बैंकको सीईओका दावेदार अर्थात् अर्का डेपुटी मनिराम पोखरेलले भने भिआरएस लिन मानेका छैनन्। उनीमाथि पनि भिआरएस  लिएर बाहिरिन निकै ठूलो दवाव थियो । तर उनलाई पनि प्रभु क्यापिटलको सीईओ बनाएर पठाएउने र उनको ठाउँमा हालै मात्र बढुवा गरिएकी  सीबिओ रश्मी पन्तलाई पुन: बढुवा गरेर  लैजाने र अर्को कार्यकालमा सिधै सीईओ बनाउने शेरचन आन्तरिक तयारी रहेको स्रोतको दावी छ।

सीईओअशोक शेरचनको कार्यकाल आगामी २०८२ वैशाख ९ गते सकिंदैछ । उच्च अदालत पाटनले शेरचन बिरुद्द परेको मुद्दाको अन्तिम फैसलाको व्यख्या गर्दै शेरचन अब आगामी वैशाख ९ गतेसम्म मात्र काम गर्न योग्य रहेको जनाएको छ।

बैंकले तत्कालिन सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ती गर्नासाथ सेन्चुरी बैंकका १३० जना भन्दाबढी कर्मचारीलाई भिआरएस ल्याइ विभिन्न किसिमका मनोवैज्ञानिक दवाव दिएर बैंक छोड्न बाध्य बनाएको थियो। त्यसको केहि समयमै सीईओ शेरचनले पुन: भीआरएस योजना ल्याएर करियर बनाउँदै गरेका कर्मचारीलाई बैंक छोड्न बाध्य पार्न लागिएको बैंक स्रोतले जनाएको छ।

स्रोतका अनुसार बैंकभित्र कर्मचारीको मनोवल कमजोर पार्ने किसिमले गतिविधी जस्तै: रहिआएको जिम्मेवारी खुम्च्याइदिने, अपायकमा सरुवा गरिदिने, बढुवा हुनुपर्ने कर्मचारीलाई उल्टै कनिष्ठ पदमा राखेर काम गराउने लगायतका अपाच्य गतिविधी गरी मनोवैज्ञानिक दवाव दिई  कर्मचारी हटाएर नातेदार भर्ती गर्ने शेरचनको योजना अनुरुप भिआरएस योजाना ल्याइएको हो।

सिईओका प्रत्यासी सिनियर डेपुटी मनोज कुमार न्यौपानेनै बैंकबाट बाहिरिएसँगै अशोक शेरचनपछि अबको सीईओ को बन्ने भन्ने चर्चापरिचर्चा चल्न थालेको छ।

भट्टचनको सामु निरीह प्रभु बैंकः शेरचनकाे वित्तीय अपराधमा राष्ट्र बैंक किन चिम्लिँदै छ आँखा ?

प्रभु बैंकभित्र भीआरएस आतंक: डेपुटी सीईओसम्म निकाल्ने शेरचनको तयारी

प्रभु बैंकका अध्यक्ष सिटौलाले रोकेका थिए १ करोड घोटालाका दोषी प्रमोदको सरुवा [फलोअप]

प्रभु बैंकका सीइओ शेरचनको बद्मासी: पद्मा कोलोनी र मर्चेन्टको नाममा धितोले नखाम्ने अर्बौ ऋण प्रवाह

अदालतले भन्यो- प्रभु बैंकका सीईओ शेरचन २०८२ बैशाख ९ गतेसम्म मात्रै योग्य

प्रभु बैंकमा सीईओ शेरचनकी सम्धीनीको हालीमुहाली: नियमविपरित नियुक्ति, बर्षैपिच्छे करार थप

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *