बोटलर्स नेपालले कित्ताको ५० रुपैयाँ नगद लाभांश दिने

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले नगद लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको ५ मंसिरमा बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीलाई प्रतिकित्ता ५० रुपैयाँ बराबर नगद लाभांश घोषणा गरेको हो ।

त्यसैगरी कम्पनीको ३८औं वार्षिक साधारणसभा २६ पुसमा गर्ने भएको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *