काठमाडौं। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको छ।
न्यायाधीश महेश शर्मा पौडेलको इजलासले आज हाल जिल्ला प्रहरी परिसर भक्तपुरमा रहेका प्रसाईंको हकमा अधिवक्ता आशिष लुइँटेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा आदेश दिएको हो।
आदेशमा भनिएको छ, ‘आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना म्याद पाएको मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु।’
Artha Sanjal






