वित्तीय सचेतना जारी गर्दै राष्ट्र बैंक: नाबालकको नाममा खाता खोल्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बालबालिकाको नाममा बैंक खाता खोल्न मिल्ने बताएको छ । बैंकले आज वित्तीय सचेतनाका लागि सूचना जारी गर्दै बैंक खाता खोल्न उमेरको सीमा नहुने स्पष्ट पारेको हो। बैंकका अनुसार ‘सानै उमेरदेखि बालबालिकालाई बैंक खातासँग परिचित गराउँदै उनीहरुको वित्तीय चेतना अभिवृद्धि गर्न बैंक तथा वित्तीय संस्थामा खाता खोली बचत गर्ने बानी बसालौँ’,…

Read More

नोट छाप्न ६ कम्पनी छानिए, दुई वर्षसम्म हरेक पटक यिनैबीच प्रतिस्पर्धा हुने

काठमाडाैं। नेपाल राष्ट्र बैंकले चलनचल्तीका नोट छाप्न पहिलो चरणमा ६ कम्पनी छनोट गरेको छ। पहिलो चरणमा छनोट हुनेमा चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशन, बेलायतको डि ला रुउ इन्टरनेसनल, जर्मनको गिसिक डेभ्रियन्ट करेन्सी टेक्नोलोजी, रसियाको जोइन्ट स्टक कम्पनी, फ्रान्सको अबरथर फिड्युसेरी एसएएस र पोल्याण्डको पोलिस सेक्युरिटिज प्रिन्टिङ छानिएका हुन्। छनोट भएका यी सबै…

Read More

चैत महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?

काठमाडौँ । चैत महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । चैत १ गतेदेखि लागू हुने गरी सार्वजनिक विवरणअनुसार अधिकांश बैंकले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये १७ वाणिज्य बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ३ बैंकले घटाएका छन् । ब्याजदर घटाउने बैंकहरुमा हिमालयन, लक्ष्मी…

Read More

गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन, को-को छन् समितिमा ?

काठमाडौं। नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सरकारले ३ सदस्यीय सिफारिस समिति गठन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोकत्वमा गभर्नर नियुक्ति सिफारिस गठन समिति गठन भएको हो । सिफारिस समितिको सदस्यमा नेपाल राष्ट्र बैंककै पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल नियुक्त भएका छन् । भट्टराई पूर्वगभर्नर हुन् भने पौडेल मौद्रिक तथा वित्त…

Read More

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडाैं । एनएमबि बैंक लिमिटेडले १ लाख २२ हजार १२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै आजदेखि विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर बिक्रीमा राखेको हो । सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको कम्पनीका सचिवको कार्यालयमा आवेदन दिनु पर्ने बैंकले…

Read More

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकिङ क्षेत्रमा नौलो र प्रभावकारी किसिमको खाता ‘नबिल दिगो बचत खाता’को सुरुआत गरेको छ । नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य राखेको सन्दर्भमा बैंकले दिगो विकास तथा दिगो बैंकिङको दृष्टिकोण अनुरूप यस बचत खाता सञ्चालनमा ल्याएको हो…

Read More

गोविन्द घिमिरेले सम्हाले एनएमबि बैंकको सीईओको पदभार

काठमाडौँ । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यभार बुधबारबाट गोविन्द घिमिरेले औपचारिक रूपमा सम्हालेका छन् । तीन दशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका श्री घिमिरे विगत १६ बर्ष देखि यस एनएमबि बैंकसँग आबद्ध छन् । बैंकको विभिन्न विभाग तथा शाखाहरु समेतको नेतृत्व गर्नु भई कार्य अनुभव हासिल गर्नु भएका श्री गोविन्द घिमिरे…

Read More

गुणाकर भट्टविरुद्धको रिट लगातार ५ पटक हेर्न नभ्याइनेमा, संयोग या नियोजित ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट गभर्नर बन्न अयोग्य छन् भन्ने दावीसहित सर्वोच्च अदालतमा दायर रिट निवेदनको पेशी पाँचौ पटक पनि हेर्न नभ्याइनेमा राखिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको आजको इजलासमा उक्त मुद्दा १३ औं नम्बरमा चढेको थियो । तर लगातार पाँचौं पटक परेको पेशी आज पनि हेर्न नभ्याईनेमा…

Read More

अर्थमन्त्रीको निर्देशन अड्कियो नीलमको टेबुलमा, स्वीकृत भएन भट्टको राजीनामा

काठमाडाैं । नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा. नीलम ढुंगानाले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निर्देशन बेवास्ता गरेकी छिन् । आइतबार अर्थमन्त्री पौडेलले राष्ट्र बैंकका कार्यकारी निर्देशकद्वय डा. गुणाकर भट्ट र डा. प्रकाश कुमार श्रेष्ठको राजीनामा स्वीकृत गर्न निर्देशन दिएका थिए । तर ढुंगानाले अहिलेसम्म पनि राजीनामा स्वीकृत गरेकी छैनन् । स्रोतका अनुसार दुईमध्ये भट्टलाई भावी गभर्नर…

Read More

आज पनि ३५ अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ। केन्द्रीय बैंकले आज वैशाख ३१ गते फेरि बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो। यसका लागि…

Read More

लामो समय हुँदा पनि बस्न नसकेको राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको बैठक जारी

काठमाडाैं । अर्थ मन्त्रालयमा गभर्नर सिफारिस समितिको बैठक जारी छ। मंगलबार दिउँसो गभर्नर सिफारिस गर्न समितिको बैठक बसिरहेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ। सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ। नेकपा एमाले र नेपाली कांग्रेसबीच अर्थविद्समेत रहेका विश्व पौडेललाई गभर्नर बनाउन सहमति जुटेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पौडेललाई गभर्नर बनाउन…

Read More

यस्तो हुनेछ अब नयाँ नोटमा गभर्नरको हस्ताक्षर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा डा.विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार गभर्नरमा नियुक्त भएका पौडेलले भावी दिनमा राष्ट्र बैंकबाट निष्काशन हुने नयाँ नेपाली नोटमा हस्ताक्षर गर्न पाउने छन् । देशभरी चलनचल्तीमा आउने नोटमा हस्ताक्षर गर्न पाइने शौभाग्य गभर्नरमा हुने हुँदा पनि यो पदलाई महत्वपूर्ण मानिन्छ । नवनियुक्त गभर्नरको सहीमा पौडेलको पुरा नाम…

Read More

बैंकको उद्देश्य र पैसाको अवधारणामा हामी आफैं कन्फ्युज हुन्छौं: पूर्वगभर्नर नेपाल

काठमाडौं । बुधबार बसेको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० का सम्बन्धमा छलफल भएको छ ।अर्थ समितिको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० का विषयमा विज्ञ र सरोकारवालासँग छलफल गरेको हो । उक्त छलफलमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर…

Read More

राष्ट्र बैङ्कमा कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर: कसले के पाए जिम्मेवारी ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर भएको छ । गभर्नर विश्व पौडेलले कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरेका हुन् । यसअघि आर्थिक अनुसन्धान विभागको कार्यकारी निर्देशक रहेका गुणाकर भट्टलाई गभर्नर कार्यालयमा सरुवा गरिएको छ । गभर्नरका लागि रेसमा रहेका उनले दिएको राजीनामा अस्वीकृत गरी गभर्नर कार्यालयमा पठाइएको हो । त्यस्तै, अनुसन्धान विभागमा रिक्त…

Read More

एनआईसी एशिया बैंकविरुद्ध अदालतमा ४ सय चौँतिस वटा मुद्दा

काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडविरुद्द ४ सय चौतिस वटा मुद्दा दायर भएका छन्। बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक बर्ष २०८०/८१ मा बैंकले सयौँ मुद्दा मुद्दा खेपिरहेको छ। तीमध्ये अधिकांश मुद्दा ठगी, ऋण अशुलीमा अपारदर्शीता, अनावश्यक ब्याज अशुल, जबर्जस्ती सम्पत्ति लिलामी, बैंकको असहयोगी व्यवहार र सेवाप्रतिको असन्तुष्टिसँग सम्बन्धित छन्। सुरुमा आकर्षक अफर देखाएर ऋणलिन हौसाउने पछि…

Read More

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नागरिक शिक्षण अस्पतालमा बिल रकम १२ प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नागरिक सामुदायिक शिक्षण अस्पताल र एचएएमएस अस्पतालको उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको ५ प्रतिशत देखि १२ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । जेठ १४ गते नेपालको पहिलो बैंक नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकलाई एचएएमएस अस्पतालद्वारा सञ्चालित भक्तपुरको गठ्ठाघर स्थित नागरिक…

Read More

माछापुच्छ्रे क्यापिटल र नर्थ समिट हाइड्रोबिच सम्झौता

काठमाडाैं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा नर्थ समिट हाइड्रो लिमिटेडबिच सम्झौता भएको छ । नर्थ समिट हाइड्रो लिमिटेडको प्राथमिक शेयर निष्काशनका लागि संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदानका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । शुक्रबार भएको सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी…

Read More

रोजगारीको वातावरण बनाउन राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जालाई विशेष रुपमा समेट्छः डेपुटी गभर्नर मिश्र

काठमाडाैं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले पछिल्लो समय युवाहरु विदेशीने क्रम बढेको भन्दै आफ्नै देशमा केही गर्न सकिने बताए । बिहीबार काठमाडौंमा मिडिया इन्टरनेशनलको ‘काम गरौं आफ्नै देशमा’ कार्यक्रमको उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि मिश्रले वित्तीय शिक्षा र साक्षरताका माध्यमबाट कसरी रोजगारी बन्ने भन्ने विषयमा राष्ट्र बैंकले सिकाउँदै आएको बताए । विदेशमा…

Read More

युवालाई विदेशिन नदिऔं, स्वदेशमै अवसरहरू बढाऔं: दीपक मल्होत्रा

काठमाडाैं । चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले युवाहरुलाई विदेश जानबाट रोक्न र नेपालमै रोजगारीका अवसरहरू सिर्जना गर्न आवश्यक रहेको बताएका छन् । मिडिया इन्टरनेशनलद्वारा आयोजित ‘काम गरौं आफ्नै देशमा’ कार्यक्रमको शुभारम्भ कार्यक्रममा मल्होत्राले नेपालका युवाहरुलाई आफ्नै देशमा अवसर खोज्न प्रेरित गर्ने आह्वान गरे । मल्होत्राले भने, ‘नेपालका युवाहरू विदेश जानको लागि बाध्य भएका…

Read More

आजदेखि वाणिज्य बैंकको नयाँ ब्याजदर लागू, कुन बैंकको कति ?

काठमाडौं । असार महिनाका लागि वाणिज्य बैङ्कहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । असार १ गतेदेखि लागू हुनेगरी बैङ्कहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको नयाँ ब्याजदर हेर्ने हो भने मुद्दती निक्षेपमा व्यक्तिगततर्फ औसत ५.९ प्रतिशत रहेको छ । संस्थागततर्फ औसत ४।३७ प्रतिशत कायम गरिएको छ । असारका लागि…

Read More