प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर असार ६ गते हुने

काठमाडौं । असार ६ गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने भएको छ। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले असार ६ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने जानकारी दिएका हुन्। साथै बैठकले विनियोजन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको छ। उक्त प्रस्ताव उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले…

Read More

सिप्रदी ट्रेडिङ र सिद्धार्थ बैंकबीच टाटा ईभी ट्याक्सी-एक्सप्रेस टीको वित्तीय सुविधा सम्बन्धी सम्झौता

काठमाडौं । टाटा मोटर्सका लागि नेपालमा आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र सिद्धार्थ बैंक लिमिटेडबीच टाटा इलेक्ट्रिक ट्याक्सी एक्सप्रेस टी खरिदका लागि वित्तीय सहजीकरणसम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सहकार्यअनुसार, सिप्रदी ट्रेडिङमार्फत टाटा मोटर्स अन्तर्गतका विद्युतीय ट्याक्सी खरिद गर्ने ग्राहकहरूले सिद्धार्थ बैंकबाट छिटो, सहज र सुलभ ब्याजदरमा सवारी साधन प्राप्त गर्न सक्ने छन् र…

Read More

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आर्थिक वर्ष २०८२/०८३ को लागि विस्तृत मुद्रा प्रदायकको वृद्धिदर १३ प्रतिशत र निजीतर्फ जाने कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको बताएका छन्। शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै उनले वर्ष २०८२/८३ को लागि मौद्रिक नीतिमा विस्तृत मुद्रा प्रदायकको वृद्धिदर १३ प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा…

Read More

मौद्रिक नीतिको उद्देश्य र कार्यदिशा सकारात्मक देखिन्छः सीइओ मनोज ज्ञवाली

काठमाडौं। नबिल बैंक लिमिटेडका सिइओ मनोज ज्ञवालीले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले व्यवसाय तथा उद्यमशीलता प्रवर्द्धन गर्ने प्रयत्न गरेको बताएका छन् । शुक्रबार गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिबारे २२ बुँदामा आफ्नो धारणा दिँदै उनले नीतिमार्फत बैंक ब्याजदरहरू घटाउँदै, कर्जा पहुँच वृद्धि गर्दै र व्यवसाय तथा उद्यमशीलता प्रवर्द्धन गर्ने प्रयत्न गरिएको…

Read More

भदौदेखि बंगलादेश र श्रीलंकाको मुद्रा सटही दर तोकिने

काठमाडाैं । नेपाली बजारमा बंगलादेशी टाका र श्रीलंकन रूपिजको विनिमय दर तोक्ने तयारीमा राष्ट्र बैंक जुटेको छ। भदौ महिनादेखि यी दुई मुद्राको औपचारिक सटही दर प्रयोगमा ल्याइनेछ। चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा राष्ट्र बैंकले बंगलादेश र श्रीलंकाजस्ता मुलुकहरूको मुद्रालाई परिवर्त्य विदेशी मुद्राको सूचीमा समावेश गर्दै जाने घोषणा गरिसकेको छ। त्यसअनुसार अब राष्ट्र बैंकले…

Read More

हिमालयन बैंकको एफपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडाैं । हिमालयन बैंकको एफपिओ आज (मंगलबार) बाँडफाँट भएको छ। कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा मंगलबार बिहान एफपिओ गोलाप्रथामार्फत बाँडफाँट भएको हो। यसमा कुल १८ लाख २५ हजार ९२२ जनाले ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता सेयरका लागि आवेदन दिएका थिए। यसमध्ये १७ लाख ४ हजार २७३ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी…

Read More

एभरेष्ट बैंकको संचालकमा सन्तोष कुमार मनोनित

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको संचालकमा सन्तोष कुमार मनोनित भएका छन् । बैंकको संयुक्त साझेदार पञ्जाल नेशनल बैंकले राकेश ग्रोवरको स्थानमा कुमारलाई मनोनयन गरेर पठाएको एभरेष्ट बैंकले जनाएको छ ।  

Read More

गभर्नर पौडेलले बैंकका सीईओहरुलाई भने, ‘चाडै एजिएम गरेर दशैअघि लगानीकर्ताको हातहातमा पैसा पुगोस्’

काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई राखेर गरेको छलफलमा बैंकहरुले चाडै आफ्नो बार्षिक साधारण सभा गरेर हातहातमा नगद पुग्ने व्यवस्था गर्न सुझाएका छन् । मंगलबार होटल मेरियटमा बाणिज्य बैंकका सबै सीईओलाई बोलाएर उनले यसपटक बोनस भन्दा लगानीकर्ताको हातमा नगद जाओस भन्ने चाहेका छन् । गभर्नरले अर्थतन्त्र चलायमान…

Read More

बैंकहरुलाई हकप्रद सेयर जारी गर्ने बाटो खुल्यो

काठमाडाैं। पुँजी कोषमा चापका कारण व्यवसाय विस्तारमा कठिनाइ भोगिरहेका बैंक तथा वित्तीय संस्थाले हकप्रद सेयर निष्कासन गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले असोजदेखि हकप्रद सेयर स्वीकृति दिने प्रक्रिया सुरु गरेको छ । हाल बैंकिङ प्रणालीमा प्रशस्त तरलता भए पनि पुँजी आधार कमजोर भएको कारण करिब डेढ दर्जन बैंक तथा वित्तीय संस्था कर्जा विस्तारमा असमर्थ…

Read More

पाँच वटा बैंकद्वारा गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, कुनको कति ?

काठमाडौँ। संचालनमा रहेका ५ वटा वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। जसअनुसार केहि बैँकको नाफामा उछाल देखिएको छ भने केहिको वितरणयोग्य मुनाफा ऋणत्मक छ। माछापुच्छ्रे बैंक वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा माछापुच्छ्रे बैंकले दुई अर्ब एक करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ९२.४५ प्रतिशतले…

Read More

वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, कुनको अवस्था कस्तो ?

काठमाडौँ । बैंकहरुले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन् । अहिलेसम्म एभरेस्ट, नबिल, माछापुच्छ्रे, कृषि विकासलगायतका बैंकहरुले आफ्नो वित्तीय विवरण जारी गरिसकेका छन् । बैंकहरुको वित्तीय अवस्था हेर्दा धेरै जसो बैंकहरुको अवस्था राम्रो देखिएको छ । उनीहरुले नाफामा वृद्धि गरेका छन् भने खरब कर्जाको अनुपात घटाएका छन् ।…

Read More

एआईको माध्यमबाट नाफा कमाउन सिकाउने भन्दै एप डाउनलोड गर्न लगाएर यसरी लुटियो लाखौं रकम

काठमाडाैं । नेप्से एआई नामक एप डाउनलोड गर्दा लाखौं रुपैयाँ रकम गायब भएको तथ्य सार्वजनिक भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा यस विषयमा उजुरीहरू दर्तासमेत भएको छ। व्युरोका अनुसार नेप्से एआई एप डाउनलोड गर्दा एउटा व्यक्तिको मात्रै २८ लाख ६१ हजार रुपैयाँ बैंक खाताबाट गायब भएको हो। सेयर बजारको विश्लेषण गर्ने भन्दै फेसबुकमा आएको नेप्से…

Read More

राष्ट्रियस्तरका विकास बैंकले कमाए ५ अर्ब ६० करोड, कसको कति नाफा ?

काठमाडाैं। गत आर्थिक वर्ष २०८१/८२ मा नेपालका आठ राष्ट्रिय स्तरका विकास बैंकहरूले कुल ५ अर्ब ६० करोड ७७ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेका छन्। यो नाफा अघिल्लो वर्षको तुलनामा २२.०१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यी बैंकहरूले ४ अर्ब ५९ करोड ६२ लाख ५२ हजार रुपैयाँ नाफा कमाएका थिए। समीक्षा अवधिमा सर्वाधिक नाफा…

Read More

मुद्दती खाताभन्दा सेयर र वैकल्पिक लगानी रोज्दै बचतकर्ताहरू

काठमाडौं । बैंकको व्याज घट्न थालेपछि बैंकमा पैसा जम्मा हुनेक्रम पनि घट्न थालेको छ । निक्षेपको व्याजदर उच्च हुँदा बैंकको व्याजबाट आम्दानी गर्नेहरु व्याजदर घट्न थालेपछि त्यसबाट व्याक हुन थालेको तथ्याङ्कले देखाउँछ । बैंकमा रकम जम्मा गर्नेहरुले व्याजबाट मनग्य आम्दानी गर्ने आशा लिएका हुुन्छन् । यही अनुपातमा व्याजदर घट्दै जाने हो भने हाल लामो समयका…

Read More

बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि आज फेरि ५० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज (भदाै ८ गते) फेरि पैसा खिच्न लागेको हो। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटिमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी…

Read More

९४ हजार जनाले तिरेनन् ७८ अर्ब सहुलियत ऋण

काठमाडाैं। आर्थिक वर्ष २०८१/८२ मा ९४ हजारभन्दा धेरैले लिएको ७८ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकका अनुसार नेपाल सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत कुल ९४ हजार ९ सय २० ऋणीले लगेको ७८ अर्ब ६६ करोड कर्जा उठ्न बाँकी रहेको हो। यसमा कृषि तथा पशुपक्षी व्यवसाय कर्जा…

Read More

केन्द्रीय कार्यालयका लागि घर/जग्गा खोज्दै महालक्ष्मी विकास बैंक

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो मुख्य कार्यालय निर्माणका लागि जग्गा खोजेको छ । बैंकले रिङरोडभित्र १५ स्थानमा २ देखि ४ रोपनी जग्गा वा घरजग्गा खोजिरहेको छ । बैंकले कम्तिमा ३० हजार वर्गफिट क्षेत्रफल र पर्याप्त पार्किङ सुविधा भएको सम्पत्तिमा ३५ देखि ४० करोड रुपैयाँसम्म खर्च गर्न तयार भएको छ । हाल दरबारमार्गमा भाडाको भवनमा…

Read More

बैंकिङ गुनासा समाधान नभए सीधै राष्ट्र बैंकमा दर्ता गर्न सक्ने: अनलाइन पोर्टलदेखि टोल-फ्री नम्बरसम्म सुविधा

काठमाडाैं । बैंकिङ सेवा प्रयोग गर्दा उत्पन्न गुनासा सम्बन्धित संस्थाले समाधान नगरे ग्राहकले अब नेपाल राष्ट्र बैंकमा गुनासा दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा गुनासा सुन्ने अधिकारी नियुक्त गरिएको छ भने प्रत्येक संस्थाको वेबसाइटमा गुनासा पोर्टल समेत राखिएको हुन्छ। ग्राहकले पहिलो चरणमा त्यही अधिकारीसँग सम्पर्क गर्ने वा…

Read More

सहुलियतपूर्ण कर्जासम्बन्धि कार्यविधि संशोधन, अब कति ऋण पाइन्छ ?

काठमाडाैं । सरकारले सहुलियतपूर्ण कर्जासम्बन्धि कार्यविधिलाई संशोधन गरेको छ । सहुलियतपूर्ण कर्जामा लाग्ने ब्याज, बीमा शुल्क वा सुरक्षण शुल्कमा अनुदान रकम उपलव्ध गराउने उद्देश्यले सरकारले कार्यविधि संशोधन गरेको हो । अर्थमन्त्रालयका अनुसार संशोधित कार्यविधिपछि बैंक तथा वित्तिय संस्थाहरुले प्रदान गर्ने सहुलियतपूर्ण कर्जालाई सहजीकरण गरिएको छ भने कतिपय कर्जाको सीमामा समेत भारी रुपमा वृद्धि गरिएको छ…

Read More

४५.३४ प्रतिशतले बढ्यो मोबाइल बैंकिङ कारोबार, वालेट र क्युआर भुक्तानीमा उच्च वृद्धि

काठमाडाैं । मोबाइल बैंकिङ, वालेट र क्विक रेस्पोन्ड कोड (क्युआर)बाट हुने विद्युतीय भुक्तानी उच्च दरमा बढेको छ । विद्युतीय भुक्तानीका अन्य प्रविधि भए पनि मोबाइल बैंकिङ, वालेट तथा क्युआरका प्रयोगकर्ता बढी भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको हो । गत आर्थिक वर्ष ०८१/८२ मा मात्रै मोबाइल बैंकिङ कारोबार ४५.३४ प्रतिशतले बढेको छ । आव ०८०/८१ मा मोबाइल बैंकिङबाट…

Read More