काठमाडौं । एनआईसी एसिया बैंक र लक्ष्मी प्रिमियम मोटर्सबीच बीएमडब्लू ब्रान्डका सवारीसाधन खरिदमा बैंकका ग्राहकलाई सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउने समझदारी भएको छ।
समझदारीपत्रमा एनआईसी एसिया बैंकका चिफ बिजनेस अफिसर, रिटेल बिजनेस अमित केसी र लक्ष्मी प्रिमियम मोटर्सका डिलर सेल्स प्रमुख प्रबोध श्रेष्ठले हस्ताक्षर गरेका छन्।
समझदारीअनुसार बैंकका ग्राहकले बीएमडब्लू ब्रान्डका सवारीसाधन खरिद गर्दा औसत आधार दरमा थप १ प्रतिशत मात्र प्रिमियममा सवारीसाधन कर्जा लिन सक्नेछन्। बैंकका अनुसार उक्त सुविधा सम्झौताअन्तर्गतका ग्राहकलाई उपलब्ध हुनेछ।
त्यस्तै, स्थिर ब्याजदरमा कर्जा लिन चाहने ग्राहकले ५.९९ प्रतिशतको स्थिर ब्याजदरमा सवारीसाधन कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
बैंक र लक्ष्मी प्रिमियम मोटर्सबीच भएको उक्त समझदारीले बीएमडब्लूका सवारीसाधन खरिद गर्ने बैंकका ग्राहकलाई तुलनात्मक रूपमा सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध हुने जनाइएको छ।




