यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) ६० रुपैयाँ, गोलभेँडा ठूलो (नेपाली) ५० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १८ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो २० रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ३० रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २७…

Read More

मूल्य यथावत् राख्दा पनि निगमलाई पाक्षिक ६२.८६ करोड अझै घाटा!

काठमाडौं। नेपाल आयल निगमले भारतबाट इन्धन मूल्य घटेर आए पनि पेट्रोलियम मूल्य हेरफेर नगरिएको बताएको छ। मूल्य यथावत् राख्दा पनि इन्धन बिक्रीबाट पाक्षिक रुपमा ६२.८६ करोड अझै घाटा रहेको निगमले जनाएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) बाट नयाँ मूल्यसूची प्राप्त भए पनि निगमले उपभोक्ताका लागि मूल्यमा कुनै हेरफेर नगरिएको बताएको हो। निगमको सञ्चालक समितिको जेठ…

Read More

सानिगाड हाइड्रोको आईपीओ बिक्री खुल्यो

काठमाडौं। सानिगाड हाइड्रोले आजदेखि सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख बराबरको ८५ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने…

Read More

यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा कायम गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५९ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ…

Read More

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो २६, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३१, आलु रातो (लाम्चो) प्रतिकिलो ३५, आलु रातो (गोलो) प्रतिकिलो ३० र प्याज सुकेको (भारतीय) प्रतिकिलो ४३…

Read More

बजेटबारे सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले

काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटका सम्बन्धमा सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गर्ने भएका छन्। अर्थ मन्त्रालयका अनुसार अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेटबारे सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग आज दिउँसो ३ बजे अर्थ मन्त्रालयस्थित सुवर्ण हलमा प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय भएको हो। अर्थमन्त्री वाग्लेले शुक्रबार २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका…

Read More

बजेटपछि सेयर बजार निराश, पुँजीगत लाभकर बढ्दा लगानीकर्ता असन्तुष्ट

काठमाडौं — आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरिएको बजेटले पुँजी बजारमा अपेक्षित उत्साह ल्याउन नसकेको भन्दै लगानीकर्ताले असन्तुष्टि जनाएका छन्। बजेट वक्तव्यमा लगानी प्रवर्द्धनका विभिन्न घोषणा गरिए पनि आर्थिक विधेयकमार्फत पुँजीगत लाभकर बढाइएपछि लगानीकर्तामा निराशा बढेको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचीकृत कम्पनीका धितोपत्र बिक्रीबाट प्राप्त हुने पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा मान्यता…

Read More

भारतले पेट्रोल र डिजेलमा निर्यात शुल्क घटायो

काठमाडौं। भारत सरकारले शनिबार जुन १ देखि लागू हुने गरी पेट्रोल, डिजेल र उड्डयन टर्बाइन इन्धन (एटीएफ)मा निर्यात शुल्क घटाइने घोषणा गरेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार पेट्रोलमा निर्यात शुल्क प्रतिलिटर १.५ भारतीय रुपैयाँ तोकिएको छ। यस्तै  डिजेलमा प्रतिलिटर १३.५ भारतीय रुपैयाँ छ। एटीएफमा निर्यात शुल्क प्रतिलिटर ९.५ भारतीय रुपैयाँ तोकिएको छ। दरहरू पाक्षिक रूपमा (दुई हप्तामा)…

Read More

ट्राफिक कारबाहीमा एकैदिन पाँच लाख राजस्व संकलन

काठमाडौँ। बितेका २४ घण्टामा एक हजार ९९४ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा पाँच लाख ४१ हजार ५०२ राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १२७, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४२, संकेत बत्ती उल्लंघनकर्ता १४९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १०३ जनालाई कारबाही गरिएको हो। यसैगरी, ‘लेन’…

Read More

उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति

बाँके। नेपालगन्ज उपमहानगरपालिका–२१ फुल्टेक्रास्थित नयाँबस्तीमा अवस्थित एभरेष्ट प्लाइ ढोका उद्योगमा भएको आगलागीबाट पाँच करोडको क्षति भएको छ। शुक्रबार दिउँसो लागेको आगो शनिबार मात्रै नियन्त्रणमा आएको थियो। सो आगलागीबाट उद्योगका सम्पूर्ण मेसिन, कच्चा पदार्थ र तयारी ढोका जलेर खरानी भएको उद्योगका सञ्चालक प्रकाश रानाले जानकारी दिए। उनका अनुसार उद्योगमा रहेका मेसिन, कच्चा पदार्थ तथा तयारी ढोका जलेर…

Read More

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ५९…

Read More

प्रधानमन्त्रीको बजेट प्रतिक्रिया–ढुक्क हुनुस्! मात्रै

काठमाडौं। देशलाई कायापलट गर्ने अभियानमा सक्रिय हुनुपर्दा संसद्, सार्वजनिक मञ्च र संविधान संरक्षक राष्ट्रपतिसम्मलाई समय दिन नभ्याएका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आफ्नै निर्देशनमा बनेको बजेटलाई पनि सामाजिक सन्जालबाटै नबुझिने प्रतिक्रिया दिएका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेको बजेट भाषणपछि शुक्रबार राती सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेर्दै प्रधानमन्त्रीले ढुक्क हुनुस्! भनेर लेखेका हुन्। शुक्रबार अर्थमन्त्री वाग्लेले संघीय सदनमा…

Read More

अमेरिकी डलरमा निरन्तर गिरावट, पाउन्ड र युरोको मूल्य पनि घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३१ पैसा कायम भएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ…

Read More

ईभीमा नयाँ करको झट्का: ४० लाखमाथिका गाडीमा १०८ देखि १४८ प्रतिशतसम्म करभार लाग्ने

काठमाडौं। सरकारले विद्युतीय सवारी साधन (ईभी) मा अबदेखि २० प्रतिशत फ्ल्याट दरमा भन्सार दर कायम गरेको छ। विगतमा किलोवाट क्षमताको आधारमा फरक फरक भन्सार दर लाग्दै आएकोमा आगामी दिनमा २० प्रतिशत फ्ल्याट दरमा भन्सार लाग्ने भएको हो। आर्थिक विद्येयक अनुसार भन्सार महसुललाई २० प्रतिशत कायम गरी फ्ल्याट बनाइए पनि ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ नामक नयाँ करहरू…

Read More

पूर्वाधार विकास मन्त्रालयमा बजेटको ओइरो, अरु मन्त्रालयको भागमा कति?

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३र८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट विनियोजन गरेका छन्। फागुन २१ को चुनावपछि मन्त्रालयको नेतृत्व सम्हालेका उनले पहिलो बजेट ल्याउँदा चालूतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत बजेट विनियोजन गरेका हुन्। यस्तै, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात्…

Read More

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) ६० रुपैयाँ, गोलभेँडा ठूलो (नेपाली) ५० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १७ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो २० रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ३० रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २७…

Read More

२० खर्बसम्मको बजेट ल्याउने तयारी, कर्मचारीको तलब वृद्धिदेखि करका दरमा पुनरवलोकनसम्मको चर्चा

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छन्। संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था अनुसार सरकारले नयाँ आर्थिक वर्षको आय–व्यय विवरण सार्वजनिक गर्न लागेको हो। सरकारले यसपटकको बजेट सुशासन, आर्थिक पुनरुत्थान र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा केन्द्रित हुने जनाएको छ। अर्थ मन्त्रालयका…

Read More

आज बजेट आउँदै, अर्थमन्त्री वाग्लेले दिउँसो ४ बजे संसद्मा प्रस्तुत गर्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीअनुसार बैठक आज दिउँसो ४ बजे बस्नेछ । बैठकमा अर्थमन्त्री डा. स्विर्णम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने कार्यसूची रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उनले…

Read More

यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ( शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १ सय आठ रुपैयाँ ७६ पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ १९ पैसा,…

Read More

अर्थमन्त्रीसहितको टिमले मन्त्रालयमै बितायो बजेट फाइनलको अन्तिम रात

काठमाडौं। जेठ १५ को बजेट सार्वजनिक हुनु अघिल्लो दिन शुक्रबार रातैभरि अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहितको टिम मन्त्रालयमै बसेकाे छ। बजेटको अन्तिम रात शुक्रबार अर्थमन्त्रीको टिम मन्त्रालयमै बसेको हो। अर्थमन्त्री वाग्ले र अर्थसचिव घनश्याम उपाध्याय शुक्रबार बिहान ३ बजेपछि मात्रै मन्त्रालयबाट बाहिरिएको बताइन्छ। यस्तै, बजेट तथा राजस्व व्यवस्थापन महाशाखाका उपसचिव, अधिकृत र अन्य कर्मचारी भने घर आउजाउ गरिरहेका देखिन्थे।…

Read More