हिम पर्वत हाइड्रोपावरको आईपीओ बुधबारदेखि खुल्दै, क-कसले भर्न पाउने ?

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गते बुधबारदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न अनुमति…

Read More

जलवायु अनुकूलन कोषबाट नेपालका तीन परियोजनालाई स्वीकृति, ४ करोड ४९ लाख डलरभन्दा बढी सहयोग

काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटै परियोजना जलवायु अनुकूलन कोष (एडप्टेसन फन्ड) को ४७औँ बोर्ड बैठकबाट सर्वसम्मत रूपमा स्वीकृत भएका छन्। परियोजनाहरू कार्यान्वयनका लागि कुल ४ करोड ४९ लाख २६ हजार ४५७ अमेरिकी डलर वित्तीय सहयोग स्वीकृत भएको हो। कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार स्वीकृत…

Read More

तीन वटा लघुवित्तको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेप्सेमा सूचीकृत तीन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन्। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश वितरणसम्बन्धी निर्णय गरेका हुन्। ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको ९.५ प्रतिशत लाभांश वितरण…

Read More

दशैँ बिदापछि सुनचाँदीको मूल्यमा भारि गिरावट, एकैदिन ११ हजार ७०० रुपैयाँले घट्यो

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदी तोलामा २३० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार ५०० रुपैयाँमा खरिद बिक्री भईरहेको छ। गत कार्तिक २ गते सोमबारको बजारमा सुन प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, यस दिन चाँदी…

Read More

असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ । बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आव भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम…

Read More

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ । यसैगरी युरो एकको खरिददर १६९ रुपैयाँ ८० पैसा र बिक्रीदर १७० रुपैयाँ ४७ पैसा रहेको छ । पाउण्ड स्टर्लिङ एकको…

Read More

हालसम्म २० हाइड्रोपावर कम्पनीले गरे लाभांश घोषणा , कुनको कति?

  काठमाडौं । आर्थिक वर्ष २०८२/ ८३ को लागि हालसम्म २० वटा हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेका छन् ।हालसम्म लाभांश घोषणा गर्ने हाइड्रोपावर कम्पनीहरुमा यूनाइटेड इदी मर्दि एन्ड आरबी हाइड्रोपावर, विकास हाइड्रोपावर, साप्सु कालिका हाइड्रोपावर, माण्डु हाइड्रोपावर, आशुतोष इनर्जी, कावेली हाइड्रोपावर, हिलटन हाइड्रो इनर्जी, सुपर मादी हाइड्रोपावर, स्नो रिभर्स, विन्ध्यबासिनी हाइड्रोपावर, माउन्टेन इनर्जी, बरुण हाइड्रोपावर,सानिमा…

Read More

तीन महिनामै खाद्यको एक करोड बढीको व्यापार 

  ताप्लेजुङ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड ताप्लेजुङले तीन महिनाको अवधिमा एक करोड दई लाखभन्दा बढीको व्यापार गरेको छ । साउनदेखि असोजसम्मको अवधिमा एक करोड दुई लाख ७५० रुपियाँको व्यापनर गरेको हो । गत आर्थिक वर्षमा २०८२–८३ मा एक करोड ६ लाख रुपियाँको खाद्यान्न बिक्री गरेको कम्पनीले चालु आर्थिक वर्ष साउन, भदौ र…

Read More

तीन महिनामा २० बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन 

  ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा तीन महिनाको अवधिमा ३३ लाख भन्दा बढी भेटी संकलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनहरुले स्वेच्छाले चढाएको भेटीका रुपमा नगद ३३ लाख भन्दा बढी संकलन भएको हो । चालुु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा पाथीभराको दर्शन गरी चडाएको भेटी ३३ लाख २६…

Read More

रुपन्देहीमा १० हजार भूमिहीन र ७१ हजार बढी अव्यवस्थित बसोबासी

  भैरहवा । रुपन्देहीमा हालसम्म १० हजार बढी भूमिहीन सुकुम्बासी र ७१ हजार जना बढी अव्यवस्थित बसोबासीको विवरण प्रविष्टि (इन्ट्री) गरिएको छ । जिल्ला भूमि समस्या समाधान समिति, रुपन्देहीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालका अनुसार हालसम्म जिल्लामा १० हजार १ सय ६५ भूमिहीन र ७१ हजार ९ सय ४२ अव्यवस्थित बसोबासीको लगत…

Read More

तातोपानी नाका नियमित संचालनमा ल्याउन व्यवसायीहरुको माग

काठमाडौँ । सिन्धुपाल्चोकको तातोपानी नाका तीन दिनका लागि संचालनमा आएको छ । यही कात्तिक १ देखि ३ गतेसम्म नाका खुलेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयले जारी गरेको ‘प्रेस नोट’ अनुसार मालवाहक सवारीसाधनलाई मात्र उक्त नाकाबाट आवतजावतको अनुमति दिइएको छ । तर नेपाल हिमालय सीमापार बाणिज्य संघले चाडपर्व लक्षित व्यापारका लागि…

Read More

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुनःस्थापना प्रणाली (इआरएस ) टावर प्रयोग गरी उक्त खण्डलाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो । शनिबार राति सवा १०…

Read More

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेको छ भने चाँदीको  ५० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार प्रतितोला ४ हजार १५० रुपैयाँमा कारोबार भएको…

Read More

भेरी–बबई डाइभर्सन तीन वर्षभित्र सक्ने लक्ष्य, मुख्य संरचना निर्माणमा ढिलाइ

सुर्खेत । विद्युत् उत्पादन र सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले निर्माण सुरु गरिएको राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम २०८५ असार सम्मा पुरा हुने गरेर कामलाई तिब्रता दिइएको छ । तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको निर्माण सुरु भएको १५ वर्ष बितिसक्दा भौतिक प्रगति ७० प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ६७ प्रतिशत रहेको…

Read More

सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा-एक्सचेन्ज धमाका’ अफर सार्वजनिक

काठमाडौँ। नेपालका लागि एक्साइड ब्याट्रीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले चाडपर्वको अवसरलाई लक्षित गर्दै ‘महा–एक्सचेन्ज धमाका’ योजना सार्वजनिक गरेको छ । सन् २०२६ अक्टोबर १ देखि नोभेम्बर ३० सम्म सञ्चालन हुने यस अफरमार्फत ग्राहकहरूले दसैँ तथा तिहारको पावन अवसरमा जुनसुकै ब्रान्डका पुराना ब्याट्रीसँग एक्साइड ब्याट्री साटफेर (एक्सचेन्ज) गर्न वा नयाँ खरिद गर्न सक्नेछन्। यसअन्तर्गत…

Read More

सभापोखरी हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, प्रत्याभूतिकर्तामा गरिमा क्यापिटल नियुक्त

काठमाडाैं । गरिमा क्यापिटल लिमिटेड र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच असोज २८ गते प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)को प्रत्याभूति सम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार सभापोखरी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा निष्काशन गर्न लागेको कुल १० लाख ७५ हजार कित्ता साधारण सेयर, प्रति कित्ता १०० का दरले हुन आउने कुल १० करोड ७५ लाख रुपैयाँ बराबरको प्रत्याभूति गरिमा क्यापिटलले…

Read More

शुभ लक्ष्मी कोषको आकार ३ अर्ब पुर्‍याउन धितोपत्र बोर्डको अनुमति

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, योजना व्यवस्थापक तथा डिपोजिटरी रही संचालनमा आईरहेको खुल्लामुखी म्युचुअल फण्ड योजना ‘शुभ लक्ष्मी कोष’ को अधिकृत आकार १ अर्बबाट वृद्धि गरी ३ अर्ब रूपैयाँ मात्र कायम गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट असोज १९ गते स्वीकृति प्राप्त भएको छ । मिति २०८२/०७/२५ मा शुभ लक्ष्मी कोषको आकार ५० करोडको…

Read More

लाभांशसँगै ४० करोडको अग्राधिकार सेयर जारी गर्ने प्रस्तावमा मञ्जुश्री फाइनान्स

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारणसभा कात्तिक २० गते आयोजना गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले काठमाडौंको थापागाउँस्थित थापागाउँ ब्यांक्वेटमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो। सभामा सञ्चालक समितिले गत आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्ताव गरेको २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ। प्रस्तावित लाभांशमा…

Read More

प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण गर्न सक्षम निकाय बनाइने छ : गृहमन्त्री 

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण तथा अनुसन्धान गर्न सक्षम निकायका रूपमा स्थापित गरिने बताएका छन् । ७१ औँ प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अपराधको जालो अब कुनै निश्चित सीमामा सीमित नरहेकाले नेपाल प्रहरीको क्षमता विस्तार अपरिहार्य भएको बताए । गृहमन्त्री गुरुङले वि.स.२०१२ मा प्रहरी…

Read More

भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटका सभापति हरि श्रेष्ठले बाढीबाट भएको क्षति सामान्य विपत्ति नभई महाविपत्तिको अवस्था बनेको बताएका छन् । उनले खानेपानी योजना क्षतिग्रस्त भएपछि विदुर नगरपालिकाका ५ हजारभन्दा बढी घरधुरीका ३० हजारभन्दा बढी मानिस खानेपानीको समस्याबाट प्रभावित भएको बताए । ‘भदौ १० गते जुन भोटेकोशीबाट आएको बाढीले नुवाकोट जिल्लाभरि नै धेरै…

Read More