नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री, प्रधानमन्त्री दैवी प्रकोप कोषमा १० लाख सहयोग

काठमाडौं । नुवाकोट, टिमुरे र रसुवामा भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले राहत सामग्री उपलब्ध गराएको छ।

नाडाका कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणि पाठकको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय नुवाकोटसँगको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालयमा राहत सामग्री हस्तान्तरण गरेको हो।

बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई आवश्यक पर्ने विभिन्न सामग्री नाडाले उपलब्ध गराएको जनाएको छ। विपद्का बेला प्रभावित समुदायलाई तत्काल आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले राहत सामग्री वितरण गरिएको नाडाको भनाइ छ।

यसअघि नाडाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ नगद सहयोगसमेत गरेको थियो। भदौ १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम हस्तान्तरण गरेको हो।

नाडाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपत्तिमा परेका नागरिकलाई विगतदेखि नै आर्थिक तथा भौतिक सहयोग गर्दै आएको जनाएको छ। पछिल्लो बाढीबाट प्रभावित नागरिकका लागि पनि आफ्नो क्षमताअनुसार सहयोगलाई निरन्तरता दिइएको नाडाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *