शेयर बजारमा लगातार तेस्रो दिन गिरावट, ४ अर्ब ७७ करोडकाे कारोबार

काठमाडौं । शेयर बजार आज पनि भारी अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक ३५.९२ अंकले घटेर २५५८.३५ को विन्दुमा कायम भएको छ । आज ३४८ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ७७ करोड माथिको शेयर कारोबार भएको छ । आज २३ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २५२ कम्पनीको घटेको छ ।…

Read More

शेयर बजार सुधारका लागि धितोपत्र बोर्डले नेप्सेलाई दियो १९ बुँदे निर्देशन (सर्कुलरसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई १९ बुँदे निर्देशन दिएको छ। पूँजी बजार विकास मार्गचित्र २०८३ कार्यान्वयन गर्ने क्रममा बोर्डले कारोबार प्रणाली, लगानीकर्ता सुरक्षा, प्रविधिको प्रयोग, बजार सूचकांक, सूचना प्रवाह तथा लगानीकर्ता शिक्षालगायतका विषयमा सुधार गर्न निर्देशन दिएको हो। बोर्डले विशेषगरी…

Read More

अपर हेवाखोला हाइड्रोलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगको पूर्वस्वीकृति

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले विद्युत नियमन आयोगबाट १०० प्रतिशत हकप्रद शेयर जारी गर्न पूर्वस्वीकृति प्राप्त गरेको छ । आयोगले अपर हेवाखोला हाइड्रोपावरलाई सोमबार पत्र पठाउँदै हकप्रद शेयर जारी गर्न पूर्वस्वीकृति प्रदान गरेको हो । अब कम्पनीले हाल कायम चुक्तापुँजी ५७ करोड ५० लाख रुपैयाँको १ः१ अनुपातमा अर्थात ५७ करोड ५० लाख रुपैयाँबराबरको हकप्रद…

Read More

शेयर बजारमा ५ अंकको गिरावट, ४ अर्ब १० करोडकाे कारोबार

काठमाडौं । आज साताको दोस्रो कारोबार दिन पनि शेयर बजार घटेको छ । नेप्से परिसूचक ५.३० अंकले घटेर २५९४.२७ को विन्दुमा बन्द भएको छ । आज ३५७ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब १० करोड माथिको शेयर कारोबार भएको छ । आज ७८ कम्पनीको शेयर भाउ बढेको छ भने १८७ कम्पनीको घटेको छ । यो…

Read More

शेयर बजारमा १९ अंकको गिरावट, ३ अर्ब २३ करोडको कारोबार

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १९.१३ अंकले घटेर २५९९.५८ को विन्दुमा बन्द भएको छ । आज ३५० कम्पनीको शेयर किनबेच हुँदा ३ अर्ब २३ करोड माथिको शेयर कारोबार भएको छ । आज ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ कम्पनीको शेयर मूल्य घटेको छ । यो दिन…

Read More

आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न ठमेल प्लाजा होटलले बोलायो साधारण सभा

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सम्बन्धी विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले भदौ ३१ गते बिहान ९ बजे काठमाडौंस्थित कम्पनीको सभाकक्षमा साधारण सभा गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको आईपीओ निष्कासन सम्बन्धी प्रस्ताव पारित…

Read More

आईपीओको तयारीमा रहेको काबेली हाइड्रोपावरले १६.३२ प्रतिशत लाभांश बाँड्ने

काठमाडौं । आईपीओ निष्कासनको तयारी गरिरहेको काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कुल १६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको भदौ ३ गते बसेको सञ्चालक समिति बैठकले करसमेत गरी उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ…

Read More

मार्जिन कारोबारलाई व्यवस्थित गर्दै धितोपत्र बोर्ड, नयाँ नियमावलीको मस्यौदामा राय–सुझाव माग

काठमाडौं। नेपाल धितोपत्र बोर्डले मार्जिन ऋण कारोबार सञ्चालनका लागि तयार पारेको मस्यौदा नियमावलीमा लगानीकर्ताले पाउने ऋणको सीमा र कुनै एक धितोपत्रमा लिन सकिने जोखिमको सीमा निर्धारण गर्ने विषयमा सार्वजनिक राय–सुझाव मागेको छ। बोर्डले ग्राहकगत तथा धितोपत्रगत ऋण सीमा कति तोक्ने भन्ने विषयलाई सरोकारवालाको सुझावका लागि खुला गरेको हो। बोर्डले सार्वजनिक गरेको ‘मार्जिन ऋण कारोबार नियमावली’को मस्यौदामा…

Read More

एक अर्ब चुक्ता पूँजी भएका संगठित संस्थाले ऋणपत्र निष्कासन गर्न पाउने

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले चुक्तापुँजी एक अर्ब भएका संस्थालाई मात्र ऋणपत्र निष्कासन गर्न दिने भएको छ । बोर्डले ऋणपत्र दर्ता तथा निष्कासन नियमावली, २०८३ को मस्यौदा मार्फत उक्त व्यवस्था गरेको हो । बोर्डले परामर्शका लागि तयार पारेको मस्यौदामा विशेषगरी चुक्तापुँजीको सीमा, ऋणपुँजी अनुपात, सुरक्षित ऋणपत्रको अनिवार्यतालगायत विषय प्राथामिकतामा राखेको छ । योसँगै, कर्जा भुक्तानीमा…

Read More

शेयर बजारमा गिरावट, ४ अर्ब १६ करोड माथिको कारोबार

काठमाडौं । आज साताको अन्तिम कारोबार पनि शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १०.६७ अंकले घटेर २६१८.७२ को विन्दुमा बन्द भएको छ । आज ३४४ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब १६ करोड माथिको शेयर कारोबार भएको छ । आज ७० कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य…

Read More

माण्डु हाइड्रोपावरको सेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा माण्डु हाइड्रोपावरको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । कम्पनीको १० प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयरमूल्य ७६३ रुपैयाँ ६४ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको…

Read More

नेप्सेमा सानिमा जीआईसीको पौने ११ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा जीआईसी इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ। कम्पनीले १० लाख ७५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो। उक्त सेयर कम्पनीले गत आर्थिक वर्षमा आफ्ना सेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस सेयर हो। बोनस सेयर सूचीकृत भएसँगै सम्बन्धित सेयरधनीले उक्त सेयर कारोबारका लागि प्रयोग गर्न सक्नेछन्।

Read More

हामी लोकरिझ्याइँका लागि सेयर बजार ‘बम्प’ गरेर ‘डम्प’ गर्न आएका होइनौँ : अर्थमन्त्री

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लोकरिझ्याइँका लागि सेयर बजारलाई कृत्रिम रूपमा उचाल्ने र गिराउने नीति सरकारको नरहेको बताएका छन्। बिहीवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताए। उनले नियमन, पारदर्शिता र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर सेयर बजारलाई व्यवस्थित बनाउने नीतिअनुरुप सरकारले काम गरिरहेको…

Read More

नेप्सेमा सानिमा जीआईसी इन्स्योरेन्सको १० लाख ७५ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा जीआईसी इन्स्योरेन्सको १० लाख ७५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षमा आफ्ना शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। सोही बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो। बोनस शेयर सूचीकृत भएसँगै अब कम्पनीका शेयरधनीले उक्त शेयर कारोबार गर्न सक्नेछन्।      

Read More

शेयर बजारमा ७ अंकको वृद्धि, ४ अर्ब ४० करोडकाे कारोबार

काठमाडौं । आज शेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ७.१७ अंकले बढेर २६२९.४० को विन्दुमा बन्द भएको छ । आज ३४५ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ४० करोड माथिको शेयर कारोबार भएको छ ।आज १३२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीकै शेयर मूल्य घटेको छ ।यो दिन १३ कम्पनीको शेयर…

Read More

स्वस्तिक लघुवित्तले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी भदौ २७ गते बोलाएको सातौं वार्षिक साधारणसभामा हकप्रद शेयर निष्कासनसम्बन्धी प्रस्ताव पेस गर्ने भएको हो । कम्पनीले नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ । हकप्रद…

Read More

सेयर कारोबारी दीपेन्द्र अग्रवाल, परिवार तथा साझेदारको बैंक खाता रोक्का

 काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सेयर कारोबारी दीपेन्द्र अग्रवाल सहित परिवार सदस्य तथा कारोबारमा संलग्न केही साझेदारको बैंक खाता रोक्का गरेको छ । सीआईबीले अग्रवाललाई सेयर मूल्य कृत्रिम रूपमा बढाएको र झुटो कारोबार तथा मूल्य प्रभावित कसुरमा अनुसन्धान गर्दै आएको थियो । यसअघि नेपाल धितोपत्र बोर्डले अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको…

Read More

शेयरबजारबाट सरकारलाई ठुलो क्षति, ७१ प्रतिशतले घट्यो पुँंजीगत लाभकर

काठमाडौं । पुँजीगत लाभकर झन्डै ७१ प्रतिशतले घटेको छ। धितोपत्र बजारवाट सरकारले आर्थिक वर्ष (आव) २०७९/८० मा जम्मा २ अर्ब ९७ करोड पूँजीगत लाभकर संकलन गरेको छ । सरकारले व्यक्तिगत लगानीकर्तातर्फ दीर्घकालीनवाट ९९ करोड ८५ लाख र अल्पकालीनबाट १ अर्ब ६४ करोड पूँजीगत लाभकर संकलन गरेको छ । त्यस्तै संस्थागत लगानीकर्ताबाट सरकारले आव २०७९/८० मा…

Read More

झिनो अंकले घट्यो नेप्से, कारोबार ३ अर्ब २९ करोड

काठमाडौँ। बुधबार सेयर बजार परिसूचक झिनो अंकले घटेको छ । अघिल्ले दिन दोहोरो अंकले घटेको बजार आज भने ०.२६ अंकले घटेको हो । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६२२.२२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १५० कम्पनीको सेयर मूल्य घटेको छ भने ११० कम्पनीको सेयर मूल्य बढेको छ । आज १८ कम्पनीको सेयर…

Read More

नेप्सेमा साल्ट ट्रेडिङको ३ लाख बढी कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ३ लाखभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत भएको छ। कम्पनीको ३ लाख ४ हजार ६८१ दशमलव १०७२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो। बोनस शेयर सूचीकृत भएसँगै कम्पनीका सम्बन्धित शेयरधनीले उक्त शेयर कारोबार गर्न सक्नेछन्। कम्पनीले अघिल्लो आर्थिक वर्षका लागि आफ्ना शेयरधनीलाई ९.५ प्रतिशत…

Read More