काठमाडौं । आज साताको दोस्रो कारोबार दिन पनि शेयर बजार घटेको छ । नेप्से परिसूचक ५.३० अंकले घटेर २५९४.२७ को विन्दुमा बन्द भएको छ ।
आज ३५७ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब १० करोड माथिको शेयर कारोबार भएको छ । आज ७८ कम्पनीको शेयर भाउ बढेको छ भने १८७ कम्पनीको घटेको छ । यो दिन १२ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज मकर जितुमाया हाइड्रोको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ९० करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १७ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ । सोलु हाइड्रोको १३ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन् । क्रेष्ट माइक्रो लाइफका लगानकिर्ताले १४.९५ प्रतिशतका दरले कमाएका छन् । नाडेप लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । एभरेष्ट कलरका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएकाछन् ।
आज धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज यस लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।




