काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ३ लाखभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत भएको छ।
कम्पनीको ३ लाख ४ हजार ६८१ दशमलव १०७२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो। बोनस शेयर सूचीकृत भएसँगै कम्पनीका सम्बन्धित शेयरधनीले उक्त शेयर कारोबार गर्न सक्नेछन्।
कम्पनीले अघिल्लो आर्थिक वर्षका लागि आफ्ना शेयरधनीलाई ९.५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। सोही बोनस शेयर नेप्सेमा सूचीकृत गरिएको हो।




