काठमाडौं । आज शेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ७.१७ अंकले बढेर २६२९.४० को विन्दुमा बन्द भएको छ ।
आज ३४५ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ४० करोड माथिको शेयर कारोबार भएको छ ।आज १३२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीकै शेयर मूल्य घटेको छ ।यो दिन १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै एग्रिकल्चर बोन्डको कारोबार भएको छ । आज यसको ५० करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको ३० करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको २२ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै माउन्ट एभरेष्ट र सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन् । एनआइसी एशिया सेलेक्ट फन्डका इकाईधनीले ६.६३ प्रतिशतका दरले कमाएका छन् । मान्डु हाइड्रोका लगानीकर्ताले ४.८७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै कुमारी धनवृद्धि योजनाका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ९.७७ प्रतिशतका दरले गुमाएका हुन् ।




