नेप्सेमा सानिमा जीआईसीको पौने ११ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा जीआईसी इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ।

कम्पनीले १० लाख ७५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो। उक्त सेयर कम्पनीले गत आर्थिक वर्षमा आफ्ना सेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस सेयर हो।

बोनस सेयर सूचीकृत भएसँगै सम्बन्धित सेयरधनीले उक्त सेयर कारोबारका लागि प्रयोग गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *