शेयर बजारमा गिरावट, ४ अर्ब १६ करोड माथिको कारोबार

काठमाडौं । आज साताको अन्तिम कारोबार पनि शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १०.६७ अंकले घटेर २६१८.७२ को विन्दुमा बन्द भएको छ ।

आज ३४४ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब १६ करोड माथिको शेयर कारोबार भएको छ । आज ७० कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य बढेको छ । यो दिन १० कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको २४ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको १८ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । पञ्चकन्यामाई हाइड्रोका लगानीकर्ताले १३.८६ प्रतिशतका दरले कमाएका छन् । राप्ती हाइड्रोका लगानीकर्ताले ५.५१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै धौलागिरी लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस लघुवित्तका लगानीकर्ताले ५.२६ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *