झापा। झापाको दमकस्थित चारआलीमा रहेको ग्लोबल आइएमई बैंकका शाखा प्रमुख पिताम्बर खड्काको मृत्यु प्रकरणले गम्भीर मोड लिएको छ।खड्काको मृत्युपछि सार्वजनिक भएका विवरण र जाहेरीका आधारमा घटनामा आर्थिक चलखेल र दबाबको प्रयास भएको आरोप लागेको छ।
खड्काले मृत्यु अघि बैंकका सीइओ सुरेन्द्र कुमार रेग्मीसहितका उच्च अधिकारीहरूको तस्बीर सार्वाजनिक गर्दै फेसबुकमा स्टाटस लेखेको र त्यसको केही घण्टामै उनी मृत अवस्थामा भेटिएपछि बैंकका उच्च अघिकारी अनुसन्धानको धेरामा तानिएका छन्। सीइओ रेग्मीसहितका ४ जना अधिकारी विरुद्द जाहेरी दर्ता भई अनुसन्धान भइरहेको प्रहरी बताउँछ। तर, सीइओ सहितका अघिकारी हालसम्म पनि पक्राउ नपर्नुले प्रहारी अनुसन्धानको निश्पक्षतामै प्रश्न उठाउन थालिएको छ।
मृतक खड्का परिवार निकट एक सदस्यका अनुसार बैंकका उच्च अधिकारीहरूले मुद्दा मिलाउन उनले लिएको होम लोन मिनाहा गरिदिने, एक करोड रुपैयाँ नगद र खड्काकी श्रीमतीलाई ग्लोबल आईईमइ बैंकमै जागिर दिने प्रस्ताव गरेको छ। तर, बैंकका उच्च अधिकारीको उक्त प्रस्तावमा परिवारभित्रै सहमति छैन। ती सदस्यका अनुसार जाहेरकर्ता रहेका खड्काका बाबु–आमाले कुनै पनि आर्थिक सम्झौता स्वीकार नगर्ने अडान लिएका छन्। त्यसो त कानुनी रूपमा आत्महत्या दुरुत्साहन मुद्दामा मिलापत्र गर्न मिल्दैन। जसका कारण यो मुद्दा थप जटिल बनेको छ।
खड्का आत्महत्या दुरुत्साहनको मुद्दामा बैंकका उच्च अधिकारी नै मुछिएकोले अनुसन्धान प्रक्रियामा समेत दबाब देखिन्छ। यस घटनामा उच्च तहबाटै अनुसन्धान प्रभावित पार्ने प्रयास भएकोले मृतकले नामै किटान गरि जाहेरी दर्ता हुँदासमेत आरोपीहरुलाई पक्राउ नगरि खुलेआम छोडिएको आशंका बलियो बनेको छ।
जाहेरकर्ता अर्थात् मृतककाअनुसार बैंक प्रसासनकले खडका जागिर छोड्न दवाव दिँदै अन्यथा दुर्गममा सरुवा गर्ने धम्की दिँदै आएको थियो। सोहिक्रममा उनलाई लामो समयदेखि जिम्मेवारीबिहीन समेत बनाइदिएको थियो। त्यसमाथि बैंकले उनलाई जागिर छोड्न मानसिक भन्दै लामो समयदेखि तनाव दिइएको थियो।
मृत्युको दिन फेसबुकमा “यी ४ जना हराम खोरले मलाई मर्न बाध्य बनाए”भन्दै पोस्ट आएको र केही घण्टामै खडका मृत भेटिएको जाहेरीको विवरण उल्लेख छ।
हाल सो घटनामाथि प्रहरी अनुसन्धान जारी रहेको बताईएको छ। तर, अनुसन्धान गरी दोषीमाथि कडाभन्दा कडा सजाय हुने आश्वासन दिई मृतक खडकाको अन्त्यष्टि गरेका परिवारले भने न्यायको अनुभूति गर्न पाएका छैनन्, आरोपीहरुसँग प्रहरीले सामन्य सोधपुछ सम्म गर्ने हिम्मत गरेको छैन।
घटना सार्वजनिक भएपछि सीइओ सुरेन्द्रकुमार रेग्मी, डेपुटी सीइओ सुमन पोखरेलसहितका आरोपी पदाधिकारी भने सम्पर्क विहीन छन्।







