काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म नेपालका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले कुल १९ अर्ब ८० करोड ९० लाख रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेका छन्। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १९.९१ प्रतिशतले बढी हो।
समिक्षा अवधिमा सबैभन्दा धेरै दाबी भुक्तानी गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ। यस कम्पनीले तेस्रो त्रैमाससम्ममा ३ अर्ब २ करोड ५९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। सबैभन्दा धेरै दाबी भुक्तानी गर्ने दोस्रोमा शिखर इन्स्योरेन्स छ। समिक्षा अवधिमा यस कम्पनीले २ अर्ब ७१ करोड ७५ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ। त्यस्तै, तेस्रोमा रहेको एनएलजी इन्स्योरेन्सले पनि २ अर्ब २ करोड ९१ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ।
समिक्षा अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ८३ करोड ३० लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ६७ करोड ८८ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ५८ करोड ४८ लाख रुपैयाँ तथा नेको इन्स्योरेन्सले १ अर्ब ३३ करोड २८ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्।
त्यसैगरी, ओरियन्टल इन्स्योरेन्सले १ अर्ब २९ करोड ६७ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सले १ अर्ब २५ करोड २९ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ६ करोड ३६ लाख रुपैयाँ तथा नेपाल इन्स्योरेन्सले ९४ करोड ४५ लाख रुपैयाँ , नेशनल इन्स्योरेन्सले ५० करोड ३४ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ३६ करोड २१ लाख रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले १८ करोड ३५ लाख रुपैयाँ दाबी भुक्तानी दाबी भुक्तानी गरेका छन्।
वृद्धिदरका आधारमा सानिमा जिआइसी इन्स्योरेन्सको दाबी भुक्तानी सबैभन्दा धेरै अर्थात् ९५.१३ प्रतिशतले बढेको छ भने नेपाल इन्स्योरेन्सको ७४.१४ प्रतिशत र ओरियन्टल इन्स्योरेन्सको ६९.३५ प्रतिशत रहेको छ। समिक्षा अवधिमा आइजिआई प्रुडेन्सियल, युनाइटेड अजोड र राष्ट्रिय बीमा कम्पनीको दाबी भुक्तानी भने गत वर्षको तुलनामा उलेख्य मात्रामा घटेको छ।
प्राधिकरणको तथ्यांकअनुसार प्राकृतिक विपत्ति, आन्दोलनजन्य क्षति र जोखिम बढ्दै जाँदा निर्जीवन बीमा कम्पनीहरूको दाबी व्यवस्थापनमा थप दबाब परेको देखिएको छ। पछिल्ला केहि घटनाहरुले कम्पनीहरूको दायित्व बढ्दै गएको उल्लेखित तथ्यांकले देखाउँछ। विशेषगरी भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन तथा अविरल वर्षापछि आएको बाढी–पहिरोका कारण निर्जीवन बीमा कम्पनीहरुको दाबी भुक्तानी उच्च दरले बढेको देखिन्छ।
कुन इन्स्योरेन्सले कति बुझाए ? तथ्यांकमा हेर्नुहोस्







