सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार

सिरहा । सिरहामा प्रहरीले एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । बरामद गाँजाको तौल १०५ किलो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीका अनुसार भदौ ३० गते राति करिब ८ बजे चोहर्वातर्फबाट एम्बुलेन्समा गाँजा लोड गरी सिरहातर्फ ल्याउँदै गरेको गोप्य सूचना प्राप्त भएपछि प्रहरीले उक्त एम्बुलेन्सलाई पछ्याएको थियो । सिरहा नगरपालिका–१ स्थित…

Read More

किस्पाङ गाउँपालिका अध्यक्षविरुद्ध बैंकिङ कसुर र ठगीका १० मुद्दा

काठमाडौं । सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठकमा उपस्थित भएर निस्किने क्रममा पक्राउ परेका नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङविरुद्ध १० वटा मुद्दामा अनुसन्धान भइरहेको खुलेको छ । बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहले राखेको बैठकमा हिजो तामाङ पनि सहभागी भएका थिए र बैठकलगत्तै उनलाई सिंहदरबारबाटै पक्राउ गरिएको थियो । उनीविरुद्ध जिल्ला प्रहरी परिसरले अनुसन्धान…

Read More

चोरीका गरगहना खरिद गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ

सर्लाही । सर्लाहीमा चोरीका गरगहना खरिद गरेको आरोपमा एक ज्वेलर्स सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पर्सा गाउँपालिका–२, संग्रामपुरस्थित मौजे ज्वेलर्सका सञ्चालक विश्वनाथ साह सोनारलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो । चोरीको घटनामा पक्राउ परेका एक व्यक्तिले दिएको बयानका आधारमा अनुसन्धान गर्दै साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका…

Read More

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर

काठमाडौं — विज्ञापन बोर्डको अध्यक्ष नियुक्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन खुलाएको छ। मन्त्रालयले बुधबार सूचना प्रकाशित गर्दै योग्य उम्मेदवारलाई साउन ८ गतेभित्र दरखास्त पेश गर्न आह्वान गरेको हो। मन्त्रालयका अनुसार अध्यक्ष पदका लागि आवश्यक योग्यता, आवेदन फाराम र संलग्न गर्नुपर्ने कागजातको विस्तृत विवरण मन्त्रालयको वेबसाइटमा राखिएको छ। विज्ञापन बोर्ड सार्वजनिक हितसम्बन्धी सरकारी…

Read More

धनकुटामा १७५ किलो गाँजासहित किशोर पक्राउ

काठमाडौं । धनकुटामा करिब १७५ किलो गाँजासहित एक किशोर पक्राउ परेका छन्। जिल्ला प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका–६ माङमायामा शनिबार राति लागूऔषध गाँजा १७५ किलो ५७० ग्रामसहित महालक्ष्मी नगरपालिका–४ का १७ वर्षीय किशोरलाई पक्राउ गरिएको हो। प्रहरी चौकी लेगुवाबाट खटिएको टोलीले चानुवाबाट लेगुवातर्फ जाँदै गरेको को.२ त ४८९८ नम्बरको ट्याक्टर जाँच गर्ने क्रममा २२ वटा बोरामा…

Read More

डेढ करोड बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं ।नेपाल प्रहरीले करिब १ करोड ४९ लाख रुपैयाँ बराबरको अवैध क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभन देखाएर ठगी गरेको रकम क्रिप्टोकरेन्सीमा रूपान्तरण गरी कारोबार गरेको आरोपमा भक्तपुरको मध्यपुर थिमी–५ निवासी २५ वर्षीय मुकेश प्रजापतिलाई पक्राउ गरेको हो। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका…

Read More

वैदेशिक रोजगार विभागमा २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको विवरण अनुसार विभागको विभिन्न शाखाहरूबाट कार्यसम्पादन र उजुरी सुनुवाइ भएको छ। मुद्दा तथा अनुसन्धानमा सक्रियता विभागको मुद्दा तथा अनुसन्धान शाखामा आज एकैदिन २६ वटा नयाँ जाहेरी दर्ता भएका छन्। सोही अवधिमा शाखाले २५ वटा पक्राउ पुर्जी जारी गरेको छ भने २६ वटा पक्राउ अनुमति दिइएको छ।…

Read More

सिन्धुपाल्चोकमा करोडौँ मूल्यका अवैध भेपसहित एक पक्राउ

काठमाडौं। सिन्धुपाल्चोक प्रहरीले ठूलो परिमाणमा अवैध रूपमा भित्र्याइएका विद्युतीय चुरोट (भेप) बरामद गरेको छ। जिल्लाको बाह्रबिसे नगरपालिका–३ खाग्दल क्षेत्रबाट ७ हजार ७०० वटा भेपसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बरामद गरिएका भेपको अनुमानित बजार मूल्य करिब २ करोड ६९ लाख ५० हजार रुपैयाँ रहेको छ। पक्राउ पर्ने व्यक्ति जुगल…

Read More

लागुऔषधसहित वडासदस्य पक्राउ

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानस्थित गौरा मन्दिर टोलबाट प्रहरीले अवैध लागुऔषधसहित वडासदस्य पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतअनुसार शनिबार उक्त क्षेत्रमा अवैध लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले भीमदत्त–१८ निवासी तथा सोही वडाकी वडासदस्य रूपा जैरूलाई शङ्कास्पद अवस्थामा नियन्त्रणमा लिएको हो। प्रहरीले आज जारी गरेको विवरणअनुसार उनको शरीर खानतलासी…

Read More

२१ किलो गाँजासहित एक जना पक्राउ

सिरहा। सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलो गाँजासहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार धनगढीमाई नगरपालिका—१४ का उमेशकुमार मगरलाई शनिबार पक्राउ गरिएको हो। लागूऔषध नियन्त्रण ब्यूरोबाट परिचालन भएको प्रहरी टोलीले शंका लागेर मोटरसाइकलमा सवार मगरको खानतलासी गर्दा निजबाट उक्त परिमाणको गाँजा बरामद भएको हो।

Read More

बैंकिङ कसुरका १४ वटा मुद्दामा फरार राजु मिजार पक्राउ, करिब ३ करोड ठगी

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसुर तथा चेक अनादरसम्बन्धी १४ वटा मुद्दामा दोषी ठहर भएपछि फरार ४७ वर्षीय राजु मिजारलाई पक्राउ गरेको छ। सीआईबी टोलीले बूढानीलकण्ठ नगरपालिका–५ बस्ने मिजारलाई काठमाडौं महानगरपालि–४ धुम्बाराही क्षेत्रबाट पक्राउ गरेको हो। सीआईबीका सह–प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार मिजारविरुद्ध काठमाडौं जिल्ला अदालतमा १२ वटा बैंकिङ कसुर…

Read More

बैंकिङ कसुरसहित १४ मुद्दाका फरार अभियुक्त पक्राउ, २ करोड ५८ लाख बिगो

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुरसहित १४ मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । सीआईबीका अनुसार बूढानीलकण्ठ नगरपालिका–५ का ४७ वर्षीय राजु मिजारलाई पक्राउ गरिएको हो। उनीविरुद्ध १२ वटा बैंकिङ कसुर र २ वटा चेक अनादारसम्बन्धी मुद्दा रहेका छन्। प्रहरीका अनुसार उनको कुल बिगो २ करोड ५८ लाख ६२ हजार ७१६ रुपैयाँ रहेको…

Read More

३ करोड मूल्यबराबरकाे सुनसहित व्यापारी अग्रवाल पक्राउ

कर्णाली। सुर्खेत प्रहरीले ३ करोड बराबरको सुनसहित व्यापारी श्यामसुन्दर अग्रवाललाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले जेठ १८ गते वीरेन्द्रनगर नगरपालिका–६ राजाचोक नजिकस्थित ‘शिव इम्पोरियम’ पसलबाट ३ करोड बराबरका सुनचाँदीका गहनासहित अग्रवाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए। उनका अनुसार व्यापारी अग्रवालबाट विभिन्न दरका…

Read More

न्युरोडको आरबी कम्प्लेक्स गोदाममा प्रहरीको छापा, करिब ६ करोड मूल्य बराबरको भेप बरामद

काठमाडौं। उपत्यका अपराध अनुसन्धान कार्यालयकाे प्रहरी टाेलीले न्युरोडमा अवस्थित आरबी कम्प्लेक्समा सञ्चालित स्माइल योर च्वाइस र दुई गोदाममा छापा मारेको छ। छापा हान्दा एक गोदाममा ठूलो परिमाणमा (इलेक्ट्रिक चुरोट) भेप बरामद भएको छ। प्रहरीका अनुसार  हजार ५ सय थान भेप बरामद गरिएकाे हाे। प्रहरीले अवैध रूपमा भेप निर्यातमा संलग्न ललितपुरको महालक्ष्मी नगरपालिका–८ का नवीन खड्कालाई…

Read More

४३ हजार अमेरिकी डलरसहित गुरुङ पक्राउ

रसुवा। रसुवा प्रहरीले ठूलो परिमाणको विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको गंगा जमुना गाउँपालिका–५ का ३७ वर्षीय सुशील गुरुङ रहेका छन्। प्रहरीका अनुसार गुरुङलाई भारतीय तीर्थयात्रीको पथप्रदर्शक (गाइड) बनेर मानसरोवर कैलाश यात्रामा जाँदै गर्दा सुरक्षा जाँचका क्रममा रसुवाको बेत्रावती क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक…

Read More

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेको छ । काठमाडौं महानगरपालिका-२२ बस्ने ५३ वर्षीय प्रणव लाल सिंह शुक्रबार प्रहरीले पक्राउ परेका छन् । जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१३ छाउनीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा…

Read More

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-३ बस्ने झापा दमक नगरपालिका-२ घर भएका ३७ वर्षीय सागर गौतम, काठमाडौं टोखा…

Read More

ऋणी भेला पारेर बैंकले रकम मागे लखेट्नु भन्दै उक्साउने व्यक्ति पक्राउ

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीहरू भेला पारेर रकम माग्न आएमा लखेट्नु भनेर अभिव्यक्ति दिने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको अर्जुनधारा घर भई भक्तपुरको ठिमी बस्दै आएका ४५ वर्षीय देवीप्रसाद संग्रौला रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। उनले सामाजिक सञ्जाल तथा निगरानी अनलाइन…

Read More

बैंक कर्मचारीमाथि आक्रमण र कालो मोसो दल्न उक्साउने पक्राउ

काठमाडौं। नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टोलीले पक्राउ गरेको छ। बैंक तथा वित्तीय संस्थाका कर्मचारी घरमै पुगेर ऋण असुली गर्दा कालो मोसो दल्ने र भौतिक आक्रमण गर्नेजस्ता उत्तेजक अभिव्यक्ति दिएको आरोपमा ४५ वर्षीय देवीप्रसाद संग्रौलालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार संग्रौलाले सामाजिक सञ्जाल तथा निगरानी टेलिभिजनमार्फत बैंक तथा वित्तीय संस्थाविरुद्ध उत्तेजक अभिव्यक्ति…

Read More

निर्माण व्यवसायी गौली पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले निर्माण व्यवसायी ऋषिकेश गौलीलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोकाे टाेलीले गौलीलाई काठमाडौंको पुरानो बानेश्वरबाट पक्राउ गरेकाे हाे । सार्वजनिक खरिद अनुगमन कार्यालयको डाटा प्रणालीमा अनाधिकृत पहुँच बनाएर ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु अघि नै त्यस्ता प्रस्तावको डकुमेन्ट परिवर्तन गर्ने कार्य गरेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा…

Read More