नेप्सेमा चन्द्रागिरि हिल्स र अपर हेवाखोला हाइड्रोको बोनस सेयर सूचीकृत

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। अपर हेवाखोला हाइड्रोको १५ प्रतिशत र चन्द्रागिरि हिल्सको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

अपर हेवाखोलाको ७ लाख ५० हजार कित्ता र चन्द्रागिरि हिल्सको ७ लाख ६७ हजार ४५ दशमलव ५० कित्ता बोनस सेयर सूचीकृत भएको हो।

अपर हेवाखोलाको गत पुस ३० र चन्द्रागिरि हिल्सको गत पुस २३ मा सम्पन्न वार्षिक साधारणसभाबाट उक्त बोनस सेयर पारित गरेका थिए। सूचीकृत सेयर आगामी आइतबारदेखि कारोबारयोग्य हुनेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *