काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट पारित गर्न सरकारले आज मन्त्रिपरिषद् बैठक बोलाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ः३० बजे बस्ने बैठकले आगामी आर्थिक वर्षको आय–व्यय विवरण (बजेट) स्वीकृत गर्ने तयारी गरिएको हो ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आज दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । बजेट प्रस्तुत गर्नुअघि संवैधानिक व्यवस्था अनुसार मन्त्रिपरिषद्बाट बजेट पारित गरिनेछ ।
Artha Sanjal






