आगामी आर्थिक वर्षको बजेट: एक्काइस खर्ब २४ अर्ब

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्।

घोषित बजेटअनुसार पूँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ विनियोजन गरिएको छ भने वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ छुट्याइएको छ।

त्यस्तै चालु खर्चतर्फ सबैभन्दा ठूलो हिस्सा १२ खर्ब ७० अर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्रीले जानकारी दिएका छन्।

राजस्व संकलन १४ खर्ब ४ अर्ब रुपैयाँ रहने अनुमान गरिएको छ। यस्तै वैदेशिक अनुदान ६१ अर्ब ७४ करोड रुपैयाँ र वैदेशिक ऋण २ खर्ब ४७ अर्ब रुपैयाँ रहनेछ।

बजेट पूर्तिका लागि आन्तरिक ऋणमार्फत ४ खर्ब १० अर्ब रुपैयाँ उठाइने पनि सरकारको योजना छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *