मन्त्री बन्ने चर्चामा आएकी टासी ल्हाजोमको, नागरिकता र फ्री तिब्बत अभियान कनेक्सन छानविनको माग

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा जेन–जी समूहलबाट मन्त्री बन्न लागेको चर्चामा आएकी टासी ल्हाजोम विवादमा तानिएकी छन्। कर्णाली जेनजी संयोजक सुप्रिया शाहीले उनी जेन्जीबाट सिफारिस नभएको र ल्हाजोमको नागरिकता एवम् फ्री तिब्बत अभियानसँगको कनेक्सन छानविनको माग गरेकी छन् । कर्णाली जेनजी संयोजक शाहीले भनेकी छन्, – ‘टासी ल्हाजोमको नागरिकताको विवाद रहेकाले त्यस सम्बन्धि…

Read More

जेनजी आन्दोलनमा ६१ भीआईपीको सेनाद्वारा उद्धार

काठमाडौं । नेपाली सेनाले भदौ २४ गते जेनजी आन्दोलनका क्रममा ६१ जना भीआईपी तथा तिनका परिवारको हेलिकप्टरबाट उद्धार गरेको जनाएको छ । त्यस्तै २३ जना प्रहरीको पनि सेनाले हेलीबाटै उद्धार गरेको थियो । शुक्रबार पत्रकार सम्मेलन गर्दै सेनाले विभिन्न ढंगले फसेका थप १२९ जनालाई जमिनबाट सुरक्षित उद्धार गरिएको जनाएको छ । सेनाले दिएको विवरण अनुसार…

Read More

सरकारको तेस्रो महिनामै खर्च आम्दानीभन्दा १ खर्ब ११ अर्बले बढी, विकास बजेट खुम्चियो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमै सरकारको खर्च आम्दानीभन्दा १ खर्ब ११ अर्ब रुपैयाँले बढी भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज मसान्तसम्म सरकारको कुल खर्च ३ खर्ब ६४ अर्ब ५८ करोड पुगेको छ भने आम्दानी (राजस्व, अनुदानसहित) २ खर्ब ५३ अर्ब १८ करोडमा सीमित छ। चालु खर्चमा व्यापक वृद्धि देखिए पनि…

Read More

मेची भन्सारबाट तीन महिनामा ४ अर्ब १५ करोड राजस्व सङ्कलन

काठमाडौं । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२र८३ को प्रथम त्रैमासिक अवधिमा लक्ष्यको ९५ प्रतिशत राजस्व असुली गरेको जनाएको छ। पूर्वी नाका काँकडभिट्टास्थित भन्सार कार्यालयले चालु आवको साउन, भदौ र असोज महिनामा चार अर्ब ३६ करोड २८ लाख ५५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा चार अर्ब १५ करोड २० लाख आठ हजार असुली गर्न…

Read More

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्यु दण्डको सजाय

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्यु दण्डको सजाय तोकिएको छ । बंगलादेशको अदालतलेले गत वर्ष सरकार विरोधी प्रदर्शनमा गरिएको दमनको आरोपमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको हो । मानवताविरुद्धका विभिन्न अपराधमा दोषी ठहरिएकी हसिनालाई उनको अनुपस्थितिमा मुद्दा चलाइएको थियो । उनी भारतमा निर्वासनमा बसिरहेकी छिन् ।

Read More

एनआईसी एशिया बैंकका साखा प्रबन्धकसहित तीन जना कर्मचारी निलम्बित

काठमाडौं । मदिरा पदार्थ सेवन गरी कार्यकक्षमै जुवातास खेलिरहेको अवस्थामा भेटिएका एनआईसी एशिया बैँक लिमिटेडका तीन जना कर्मचारी निलम्बित भएका छन्। कपिलवस्तु जिल्लाको तौलिहवास्थित शाखामा गत असोज ३१ गते शुक्रबार राती बैंकका शाखा प्रबन्धक निरज भुसालसहितका कर्मचारी मदिरा सेवन गर्दै जुवातास खेलिरहेको आपत्तिजनक अवस्थामा भेटिएका थिए। उक्त घटना सार्वजनिक भएपछि बैंक तथा वित्तीय सँस्थाको सुशासनमाथि…

Read More

चौतर्फी दवावपछि राजीनामा दिने मुडमा कुलमान घिसिङ,

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ दलीय राजनीतिमा खुलेआम सक्रिय रहँदै आए पनि मन्त्री पद नछाड्ने अडानमा देखिएपछि सरकारको ‘नागरिक चरित्र’माथि नै प्रश्न उठेको छ। प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार मन्त्रिपरिषद् बैठकमै दलीय गतिविधिमा संलग्न मन्त्रीहरूलाई राजीनामा दिन सुझाव दिए पनि घिसिङले सार्वजनिक रूपमा त्यसलाई अस्वीकार गर्दै आएका छन्। आफ्नै अगुवाइमा ‘उज्यालो नेपाल पार्टी’…

Read More

देउराली जनता फर्मास्युटिकल्सले कमायो एक बर्षमै झन्डै २ अर्ब नाफा

काठमाडौँ। करिब साढे तीन दशकदेखि औषधि उत्पादन क्षेत्रमा सक्रिय देउराली जनता फर्मास्युटिकल्स प्रालिले आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ३५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा उल्लेख्य बढेको हो। प्रतिवेदनका अनुसार कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब २ करोड ३० लाख रुपैयाँ…

Read More

छ महिनामा मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५.४१ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार मंसिरदेखि बढ्न थालेको मुद्रास्फीति पुस मसान्तसम्म आइपुग्दा १.६६ प्रतिशतबाट थप बढेको हो । समीक्षा अवधिमा…

Read More

आजदेखि भारत–श्रीलंकामा आईसीसी टी–२० विश्वकप, नेपालको सबै खेल मुम्बईमा

काठमाडौं । विश्व क्रिकेटको महाकुम्भ मानिने आईसीसी टी–२० विश्वकप आजदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार यस संस्करणमा कुल ५५ खेल खेलाइनेछन्। विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ। नेपाल रहेको समूहमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन्। समूह चरणपछि शीर्ष दुई टोली सुपर–८ मा प्रवेश गर्नेछन्।…

Read More

कनिष्ठको पोल्टामा टेलिकमको नेतृत्व, निर्णय सच्याउन प्रधानमन्त्रीलाई कर्मचारी संगठनको चेतावनी

काठमाडौं। विधि र प्रक्रिया मिचेर नेपाल टेलिकममा नियमविपरीत निमित्त प्रबन्ध निर्देशक नियुक्त गरिएको भन्दै सो निर्णय तत्काल सच्याउन माग गर्दै कर्मचारी संगठनहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। नेपाल टेलिकमको विनियमावलीमा भएको व्यवस्थाविपरीत कनिष्ठ एवम् अयोग्य कर्मचारी रीना डंगोललाई निमित्त प्रमुख नियुक्त गरेपछि टेलिकमका कर्मचारी संगठनहरुले उनको नियुक्त बदर हुनुपर्ने लगायतका मागसहित आज प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण…

Read More

सुपर खुदी हाइड्रोपावरको आईपीओमा २३ गुणा बढी आवेदन

सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओमा माग भन्दा बढी आवेदन परेका छन् । कम्पनीको आईपीओमा २३ गुणा बढी आवेदन परेका हुन् । कम्पनीले १२ करोड ८६ लाख ५० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको हो । जसमा २७ लाख ६ हजार ८७९ जना आवेदकले तीन…

Read More

निर्धक्क मतदान गर्न निर्वाचन आयोगको आह्वान निर्वाचन आयोग ले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र निर्भय भई मतदान गर्न मतदातालाई आह्वान गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी तथा आयुक्तहरू डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबरा ले छुट्टाछुट्टै सन्देश जारी गर्दै शतप्रतिशत मतदान सुनिश्चित गर्न आग्रह गरेका हुन्।…

Read More

बाँकेकाे ३ ठाउँमा बम फेला, नेपाली सेनाद्वारा निष्क्रिय

नेपालगन्ज। अज्ञात समूहले बाँकेकाे तीन ठाउँमा बम राखेकाे छ। काेहलपुर नगरपालिका वडा नम्बर ४ काे बेलनपुरस्थित सिक्टा सिंचाईकाे पुलमा, खजुरा गाउँपालिका वडा नम्बर ६ सिमलघारीकाे बाटाेमा र राप्तीसाेनारी गाउँपालिका वडा नम्बर ५ विनाैनाकाे सडकमा कुकर बम फेला परेकाे हाे। तीनवटै ठाउँका बमलाई नेपाली सेनाले बिहान ६ देखि ७ बजेको बीचमा निष्क्रिय पारेकाे छ। जिल्लामा ४…

Read More

आइसिसी टी ट्वान्टी विश्वकप: लगातार तेस्रोपल्ट सेमिफाइनलमा खेल्दै भारत र इङ्ल्यान्ड

आयोजक राष्ट्र भारत र इङ्ल्यान्ड तेस्रोपल्ट आइसिसी ट्वान्टी विश्वकपको उपाधि उचाल्न दुई कदम मात्र पछाडि छन्। यी दुई राष्ट्र बिहीबार मुम्बई शहरमा हुने सेमिफाइनलमा जित निकाल्ने लक्ष्यसहित एकअर्काविरुद्ध चुनौती प्रस्तुत गर्दैछन्। समान दुईपल्ट च्याम्पियन भारत र इङ्ल्यान्ड तेस्रोपटक छोटो फरम्याटको विश्वकप उपाधि उचाल्ने दाउमा छन्। दुवै टोली समान एकपल्ट हार बेहोर्दै सेमिफाइनलसम्म आइपुगेका हुन्। भारतले…

Read More

मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर समर्थकहरूको भीड

हेटौँडा । मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी चिन्ह) का उम्मेदवारले अग्रता कायमै राखेका छन् । जारी मतगणनाको पछिल्लो परिणामअनुसार क्षेत्र नम्बर–१ र क्षेत्र नम्बर–२ दुवै क्षेत्रमा घन्टीले अग्रता कायम राखेको हो । मतगणना जारी रहँदा हेटौँडास्थित मतगणनास्थल बाहिर समर्थकहरूको भीड बढ्दै गएको छ । घन्टी पक्षधरहरूले मतगणनास्थल बाहिर नाराबाजी गर्दै उत्साह…

Read More

वीरगन्जबाट ७ महिनामा १ खर्ब ४ अर्बको पेट्रोलियम आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै एक खर्ब चार अर्ब ७६ करोड मूल्य बराबरको बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्वाइन फ्युल (एटिएफ), मट्टितेल आयात भएको छ । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा ८४ करोड बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । वीरगञ्ज भन्सार कार्यालयका…

Read More

आजको विदेशी मुद्रा विनिमय दर: कुन देशको मूल्य कति ?

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ । केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ पाँच पैसा, युरोपियन युरो एकको खरिददर एक सय…

Read More

आजदेखि खुल्याे नेको इन्सुरेन्सको २५ प्रतिशत हकप्रद सेयर

काठमाडौं। नेको इन्सुरेन्सले २५ प्रतिशत हकप्रद सेयर आजदेखि बिक्री खुला गरेको छ। कम्पनीले ४ः१ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर जारी गरेको हो। १ सय अंकित मूल्यमा ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरिएको छ। हकप्रद सेयरको लागि माघ १८ गते बुक क्लोज गरिसकेको छ। त्यसैले…

Read More