बाँकेकाे ३ ठाउँमा बम फेला, नेपाली सेनाद्वारा निष्क्रिय

नेपालगन्ज। अज्ञात समूहले बाँकेकाे तीन ठाउँमा बम राखेकाे छ।

काेहलपुर नगरपालिका वडा नम्बर ४ काे बेलनपुरस्थित सिक्टा सिंचाईकाे पुलमा, खजुरा गाउँपालिका वडा नम्बर ६ सिमलघारीकाे बाटाेमा र राप्तीसाेनारी गाउँपालिका वडा नम्बर ५ विनाैनाकाे सडकमा कुकर बम फेला परेकाे हाे।

तीनवटै ठाउँका बमलाई नेपाली सेनाले बिहान ६ देखि ७ बजेको बीचमा निष्क्रिय पारेकाे छ।

जिल्लामा ४ ठाउँमा बम राखेकाे हल्ला फैलाइएकाे छ। तर एक ठाउँकाे भने भेटिएकाे छैन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *