आजदेखि खुल्याे नेको इन्सुरेन्सको २५ प्रतिशत हकप्रद सेयर

काठमाडौं। नेको इन्सुरेन्सले २५ प्रतिशत हकप्रद सेयर आजदेखि बिक्री खुला गरेको छ। कम्पनीले ४ः१ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर जारी गरेको हो। १ सय अंकित मूल्यमा ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरिएको छ।

हकप्रद सेयरको लागि माघ १८ गते बुक क्लोज गरिसकेको छ। त्यसैले त्यसभन्दा अघिसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न सक्नेछन्। आवेदन दिनको अन्तिम मिति फागुन २८ गतेसम्म रहेको छ।

सानिमा क्यापिटलले यस हकप्रद सेयरको बिक्री प्रबन्धकको काम गरेको छ। आवेदन सानिमा क्यापिटलको नक्साल शाखा र नेको इन्सुरेन्सका तोकिएका शाखा कार्यालयबाट गर्न सकिन्छ।

साथै, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक र वित्तीय संस्थाहरू र मेरो सेयरमार्फत पनि आवेदन दिन सकिन्छ। कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ रहेको छ। हकप्रद सेयर बिक्रीपछि यो २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *