मन्त्री बन्ने चर्चामा आएकी टासी ल्हाजोमको, नागरिकता र फ्री तिब्बत अभियान कनेक्सन छानविनको माग

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा जेन–जी समूहलबाट मन्त्री बन्न लागेको चर्चामा आएकी टासी ल्हाजोम विवादमा तानिएकी छन्। कर्णाली जेनजी संयोजक सुप्रिया शाहीले उनी जेन्जीबाट सिफारिस नभएको र ल्हाजोमको नागरिकता एवम् फ्री तिब्बत अभियानसँगको कनेक्सन छानविनको माग गरेकी छन् ।

कर्णाली जेनजी संयोजक शाहीले भनेकी छन्, – ‘टासी ल्हाजोमको नागरिकताको विवाद रहेकाले त्यस सम्बन्धि विषयमा तत्काल छानबिन गरियोस् ।’

त्यस्तै, ल्हाजोम फ्री तिब्बत अभियानसम्बन्धी कुनै गतिविधि वा राजनीतिक अभियानमा संलग्नताको समाचार प्राप्त भएको हुँदा नेपाल–चीन सम्बन्धका सन्दर्भमा संवेदनशीलता कायम राखी, कुनै अन्तर्राष्ट्रिय प्रभाव वा संलग्नता भए स्पष्ट पार्न पनि माग गरिएको छ ।

जेन–जी आन्दोलनमा ल्हाजोमको सहभागीता, योगदाना र कर्णाली प्रदेशका स्थानीय मुद्दा र विकासका क्षेत्रमा उनका योगदानबारे पनि प्रश्न उठाइएको छ । कर्णालीको प्रतिनिधित्व गर्ने कुरामा कर्णालीका जेन–जी समूहहरूसँग छलफल तथा परामर्श नगरी कुनै पनि निर्णय नगर्न पनि भनिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *